म्याक्डोनल्ड्सको खाना लिएर अस्ट्रेलिया आउँदा २,६६४ डलर फाइन!

पशुमा देखिने 'फुट एन्ड माउथ' सङ्क्रामक रोग फैलिरहेको इन्डोनेसियाबाट अस्ट्रेलिया फर्केका एक यात्रुलाई, जैविक सुरक्षा नियम उल्लङ्घन गरेको भन्दै २,६६४ डलरको जरिवाना नोटिस जारी गरिएको छ।

The meat products will be tested for food and mouth disease (FMD) before they’re destroyed.

The meat products will be tested for food and mouth disease (FMD) before they’re destroyed. Source: Supplied

आगमन फारम भर्दा आफूले ल्याएको खानेकुराका बारे जानकारी नगराएको भन्दै अधिकारीहरुले ती यात्रु माथि जरिवाना लगाएका हुन्।

डार्बिन विमानस्थलमा जिन्टा नामक एक गन्धबाट सामान पत्ता लगाउने कुकुरलाई बायोसेक्युरीटीका लागि खटाइएको थियो।

यात्रुको लागेजमा रहेको 'ह्याम क्रँस' र 'एग एन्ड बिफ ससेज म्याकमफिन'को गन्धले सो कुकुरलाई आकर्षित गरेपछि अधिकारीहरूले छानबिन सुरू गरेको बताइएको छ।

उक्त व्यक्तिले ल्याएको मासुजन्य खानेकुरा ल्याब परीक्षण पश्चात् उचित तरिकाले नष्ट गरिने बताइएको छ।

बायोसेक्युरीटीका हिसाबले जोखिमपूर्ण बस्तु भित्राएको एवम् भ्रामक कागजात उपलब्ध गराएको भन्दै उनी माथि कारबाही भएको हो।

Zinta
Zinta – Darwin Airport’s new biosecurity detector dog – with her carer. Source: Supplied

प्लेन भाडा भन्दा दोब्बर जरिवाना

अस्ट्रेलिया फुट एन्ड माउथ रोग मुक्त रहेकाले यसलाई रोक्ने प्रत्येक कदम महत्त्वपूर्ण हुने बताउँछन्, सङ्घीय कृषि मन्त्री मर्री वाट।

मन्त्री वाटले उक्त यात्रुले 'म्याकाज' खानाको लागि निकै ठुलो मूल्य चुकाउनु परेको भन्दै, जारी गरिएको जरिवाना, बालीदेखि अस्ट्रेलियाको हवाई भाडाभन्दा दोब्बर रहेको बताए।

“तर अस्ट्रेलियाको बायोसेक्युरीटी कानून उल्लङ्घन गर्ने प्रति मलाई कुनै सहानुभूति छैन," उनले भने।

"गलत काम गर्दा तपाईं पक्राउपर्नुहुन्छ भन्ने यो नै एक पछिल्लो उदाहरण हो,” उनले भने।

कृषि, माछा पालन एवम् वन सम्बन्धी मन्त्रालयको वेबसाइटका अनुसार यात्रुहरूले क्यान वा जारमा रहेको मासु जन्य पर्दाथ भित्राउन सक्ने भएता पनि, खुला मासु भने न्युजिल्यान्ड बाहेकका मुलुकबाट भित्राउन नमिल्ने उल्लेख छ।

“जैविक सुरक्षा कुनै मजाक होइन, यसले हाम्रो रोजगारी, खेती, खाना र अर्थव्यवस्थालाई समर्थन गर्छ,” मन्त्री वाटले भनेका छन्।

“यात्राका लागि हिड्ने जो कोहीले अस्ट्रेलिया भित्रँदाका सर्तहरूलाई राम्ररी पालना गर्नुपर्छ, यहाँको जैविक सुरक्षाका उपायहरूलाई अवलम्बन गर्नु पर्दछ।”

डिटेक्टर डग जिन्टाको काम प्रति पनि मर्री वाटले एक विज्ञप्ति मार्फत प्रशंसा गरेका छन्।

“एल्बानिजी सरकारको कडा जैविक सुरक्षाको एक भागका रूपमा जिन्टालाई बिमानस्थलमा खटाइएको थियो, र उनले देशलाई सुरक्षित राख्नका लागि योगदान गरिरहेकी छन् भन्दा खुसी लागेको छ।”


2 min read

Published

Updated



Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now