SKIP TO MAIN CONTENT

सगरमाथामा जलवायु परिवर्तनको प्रभाव बारे अध्यन

हिमालय पर्वत शृङ्खला तथा त्यहाँ रहेका हिमनदीहरूमा प्रदूषणले पुराइरहेको प्रभावहरूबारे बुझ्न अमेरिकी वैज्ञानिकहरूको एक समूहले आगामी मे महिनामा सगरमाथा आरोहण गर्ने तयारी गरिरहेको छ।

International trekkers at the Mt Everest base camp
International trekkers at the Mt Everest base camp. Source: AAP

2 min read

Published

Updated

By SBS Nepali

Source: SBS



Skip to article content

वेस्टर्न वाशिङ्ग्टन विश्वविद्यालयका जोन अलले नेतृत्व गर्ने त्यो टोलीले सगरमाथा तथा त्यस वरपर तीन महिनासम्म बसेर नमुनाहरू सङ्कलन गर्नेछन्। त्यसका साथै, उनीहरूले उक्त क्षेत्र वरिपरिका हिउँ, बरफ तथा वनस्पतिहरूको अध्यन गर्ने बताइएको छ।

यो टोली सगरमाथाको साथसाथै नजिकै रहेको लोत्से हिमाल पनि चढ्ने छ।

एसोसिएटेड प्रेससँगको कुराकानीमा टोलीका नाइके जोन अलले भने, “जलवायु परिवर्तनले वनस्पतिलाई कसरी प्रभाव पारेको छ भन्ने कुरालाई हामी नियाल्ने छौँ।”

“अनि, जलवायु परिवर्तनका कारण हिउँ पग्लेर बन्ने पानीले स्थानीयवासीहरुलाई कस्तो असर पारेको छ, त्यो पनि हामी अध्यन गर्नेछौँ।”

अलको अनुसन्धान टोलीले हिमनदी माथि प्रकाश परावर्तन गरी त्यसको सतहमा रहेको फोहरहरूको सङ्ख्या निर्धारण गर्ने बताइएको छ।

09146382-ba8a-42cf-9b6f-8400630fdf89

“यदि हिमनदी फोहोर भए हामीले पठाएको प्रकाश त्यसले शोष्ने छ र सफा भएमा चाहिँ हिमनदीको सतहमा ठोक्किएर हामी पट्टि नै ती प्रकाशका किरणहरू फर्कनेछन्।”

उनको अनुसार, त्यसरी प्रकाश पठाउँदा हिमनदी फोहोर भए छिट्टै पग्लने छ।

जोन अलले यसभन्दा अघि सन् २००९ मा पनि सगरमाथा क्षेत्रको अनुसन्धान गरेका थिए।

त्यसको अर्को साल, उनले विश्व कै अग्लो शिखर भनेर पनि चिन्ने उक्त हिमालको सफल आरोहण गरेका थिए।

 

जोखिम उठाउनु पर्ने कार्य

A young Australian climber hopes to scale Mount Everest despite last week's deadly avalanche. (AAP)
A young Australian climber hopes to scale Mount Everest despite last week's deadly avalanche. (AAP) Source: AAP

तर, सन् २०१४ मा पनि अनुसन्धान गर्न भनेर सगमाथा क्षेत्र जाँदा, १६ नेपाली शेर्पा गाइडहरूको हिउँ पहिरोमा परि मृत्यु भएपछि त्यो अनुसन्धान यात्रा स्थगित भएको थियो।

त्यसै घटनामा, जोन अल चाहिँ क्रिभास भनिने एक हिम्खाल्डोमा खसेका थिए। उनी बाँचे, तर उनको दाहिने हात र करङका केही हाडहरू भाँचियो। रातभर त्यस खाल्डोमा परेका उनी भोलिपल्ट बिहान बल्लतल्ल एक प्वालबाट निस्कन सफल भए र एक उद्धार टोलीले उनलाई बचायो।

“मैले दोस्रो मौका पाएको छु, संसारका निम्ति राम्रो हुने केही गरौँ भन्ने मनमा लागेको छ,” उनले भने।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now