

Published
Updated
माओवादी केन्द्रका अध्यक्ष समेत रहेका दाहालले, पछिल्लो आम निर्वाचन पछि बनेको आफ्नो सरकारलाई समर्थन गरेका नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले समर्थन फिर्ता लिएपछि, सोमवार २० मार्चमा फेरी दोस्रो पटक विश्वासको मत लिएका हुन्।
सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीको विश्वासको मत सम्बन्धी प्रस्ताव गरेका थिए।
उक्त प्रस्तावको पक्षमा १७२ जना र विपक्षमा ८९ सांसदले मत हाले थिए र संसद् सचिवालयका अनुसार १ सांसद भने मतदानमा भाग लिएनन्।
प्रधानमन्त्रीले सोमबार विश्वासको मत छ भनी राखेको प्रस्तावमा तीन महिना नपुग्दै दोस्रो पटक विश्वासको मत लिनु परेको र अब फेरी चाँडै तेस्रो लिन सक्ने भनी प्रतिपक्षी दलले गरेको व्यङ्ग गरेका थिए।
नेकपा एमालेसँग एजेन्डा नमिलेकोले सहकार्य टुटेको र यस पटक विश्वासको मत लिँदा प्रतिरक्षात्मक देखिएका पुष्पकमल दाहालले पछिल्लो गठबन्धनका दलहरूको एजेन्डा मिलेकाले त्यस्तो स्थिति नआउनु बताए।
अहिलेको गठबन्धन टिक्ने प्रचुर सम्भावना छ किनभने एजेन्डाको हिसाबले एकै ठाउँमा छौँ।पुष्पकमल दाहाल
यस्तै उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई दुई पटक प्रधानमन्त्री बनाएको र त्यस हिसाबमा ओलीले उनलाई अझै एक पटक प्रधानमन्त्री बनाउन बाँकी रहेको बताए।
विश्वासको मत रहेको प्रस्ताव पेस गर्दे सङ्क्रमणकालीन न्यायलाई टुङ्गोमा पुर्याउनु पर्ने जिम्मेवारी सरकारको रहेको पनि नेपाली प्रधानमन्त्रीको भनाई थियो।
नेपालमा राष्ट्रपतिको उम्मेदवारको विषयलाई लिएर निर्वाचन लगत्तै बनेको गठबन्धन सरकारको समीकरण फेरिएको हो।
मङ्सिरमा सम्पन्न निर्वाचनबाट तेस्रो ठुलो दल बनेको माओवादी केन्द्रको अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वको सरकारलाई समर्थन गर्दे नेकपा एमाले र राप्रपा सरकारमा प्रवेश गरेका थिए।
उक्त सरकार बनाउँदा राष्ट्रपति नेकपा एमालेले पाउने सहमति भएको दाबी एमालेका शीर्ष नेताहरूले सार्वजनिक रूपमै गरेका थिए तर नेपाली काँग्रेसका उम्मेदवार पौडेललाई माओवादी केन्द्रले समर्थन गरेपछि नेकपा एमाले र राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता भएको थियो।
पुस १० गते प्रधानमन्त्री नियुक्त भएका पुष्पकमल दाहालले पुस २६ गते पहिलो पटक विश्वासको मत लिएका थिए जुन बेला उनको पक्षमा २६८ सांसदले मत खसेको थियो।

पुस २६ गते दाहाललाई विश्वासको मत नदिएको जनमोर्चाले यस पटक भने आफ्नो समर्थन दिएको छ।
तर उनलाई एमाले, राप्रपा र नेमकिपाले यो पटक मत दिएनन्।
पुष्पकमल दाहालले उपराष्ट्रपतिको निर्वाचन पछि विश्वासको मत लिने बताउँदै आएका थिए।