अस्ट्रेलियाको सबैभन्दा धनीको सूचिमा घले दम्पती पहिलो १०० मा परेनन्

शेष घले र जमुना गुरुङ यसपालि अस्ट्रेलियाको सर्वाधिक धनाढ्यहरूको सूचिमा ११९ औँ र १२० औँ स्थानमा परेका छन्।

Nepal born Australian billionaire couple Shesh Ghale and wife Jamuna Gurung

Nepal born Australian billionaire couple Jamuna Gurung and Shesh Ghale Source: Shesh Ghale Facebook

सन् २०२१ को सर्वाधिक धनी २५० अस्ट्रेलियालीहरूको नयाँ सुची दी अस्ट्रेलियन बिजनेस रिभ्यु (एबीआर)ले प्रकाशित गरेको हो।

अन्य सामान्य वर्षहरूमा आफ्ना लगानीबाट निकै राम्रो नाफा कमाउन सफल रहेता पनि, महामारीका कारण यस पटक उनीहरूको आय खुम्चिएको देखिन्छ।

सन् २०१९ मा अस्ट्रेलियाका ८५ र ८६ औँ धनी रूपमा सो लिस्टमा पर्न सफल भएका शेष घले र जमुना गुरुङ, गत साल ९० औँ तथा ९१ औँ स्थानमा झरेका थिए।

यसका साथै उनीहरूको सम्पत्ति अघिल्लो वर्षको तुलनामा घटेको जनाउँदै हाल दम्पतीसँग एक अर्ब ३ करोड डलर बराबरको कुल सम्पत्ति रहेको बताएइको छ।

न्युज कर्पद्वारा प्रकाशित उक्त वार्षिक रिपोर्टका अनुसार, अघिल्लो वर्ष घले-गुरुङ दम्पतीसँग एक अर्ब २६ करोड वा १.२६ बिलियन डलर कुल सम्पत्ति रहेको थियो।

अस्ट्रेलिया र नेपाल लगायत युरोपमा समेत होटेल व्यवसायमा लगानी गरेका शेष घलेको मेलबर्नमा एक निजी शैक्षिक संस्था - मेलबर्न इन्स्टिच्युट अफ टेक्नोलोजी - सञ्चालित छ ।

Melbourne CBD.
Melbourne CBD. Source: Linh_rOm

यसका साथै, अस्ट्रेलियामा बसाइँ सरेका अत्यधिक सफल जोडी मध्येका एक मानिएका घले तथा गुरुङको लगानी,  मेलबर्नको कमर्सियल रियल स्टेट वा व्यावसायिक भवनहरूमा पनि रहेको छ।

अन्य सामान्य वर्षहरूमा आफ्ना लगानीबाट निकै राम्रो नाफा कमाउन सफल रहेता पनि, महामारीका कारण यस पटक उनीहरूको आय खुम्चिएको देखिन्छ।

एबीआरका अनुसार ५० करोड डलरको लागत रहेको एक होटेल तथा कार्यालय भवन सम्बन्धी आयोजना हाल शेष घले र जमुना गुरुङले स्थगित अवस्थामा राखेका छन्।

मेलबर्न स्थित क्वीन भिक्टोरिया मार्केट नजिकै एक होटेल तथा व्यावसायिक प्रयोजनका लागि बन्ने भवनमा उनीहरूले लगानी गर्ने बताइएको थियो।

Queen Victoria Market
Queen Victoria Market in Melbourne Source: QVM

घलेले अन्तर्राष्ट्रिय विद्यार्थीहरूको आगमन ठप्प भएकोमा चिन्ता व्यक्त गरेको पनि एबीआरले उल्लेख गरेको छ।

केही समय अघि, एसबीएस नेपालीसँग कुरा गर्दै उनले, अस्ट्रेलियाली नीति निर्माताहरूका लागि नेपाल धेरै पर रहेका कारण, अस्ट्रेलियालीहरूले नेपालको व्यावसायिक आकाङ्क्षा बारे कहिल्यै नसोचेको बताएका थिए।

यस सुचीमा अघिल्लो वर्ष पहिलो नम्बरमा परेका भिसी कार्डबोर्ड बक्सा निर्माण गर्ने प्राट इण्डस्ट्रिजका एन्थोनी प्राट चार स्थान तल झरेर पाँचौँ नम्बरमा पुगेका छन्।

उनको कुल सम्पत्ति अघिल्लो वर्ष भन्दा लगभग दुई अर्ब बढ्दै २१.२७ अर्ब पुगे पनि, सन् २०२० मा दोस्रो धनी व्यक्तिको रूपमा उक्त सुचीमा पर्न सफल भएकी ह्यान्कक प्रस्पेक्टिङ्गकी जिना राइनहार्ट यसपालि अस्ट्रेलियाको सबैभन्दा धनी व्यक्तिको रूपमा सूचीकृत भएकी छिन्।

राइनहार्टको कुल सम्पत्तिमा २० अर्ब डलर भन्दा बढी बढोत्तरी भएको जनाइएको छ।

विशेष गरेर वेस्टर्न अस्ट्रेलियाको पिलबरा स्थित रोय हिल फलाम खानीबाट पछिल्लो वर्ष निकै नाफा कमाउन सफल रहेको ह्यान्कक प्रस्पेक्टिङ्गमा आफ्नो शेयरका कारण राइनहार्टले रेकर्ड तोड कमाई गर्न सफल भएकी हुन्।

गर फेब्रुअरीको मसान्त तिरसम्म उनीसँग ३६ अर्ब डलर भन्दा बढी पुँजी जम्मा रहेको एबीआरले बताएको छ।

Five of the top 10 richest Australian's were born overseas, according to a new study.
Five of the top 10 richest Australian's were born overseas, according to a new study. Source: AAP

अन्य सर्वाधिक १० धनीहरू र उनीहरूको प्राथमिक आय स्रोत:

२। एन्ड्रु फरेस्ट (फोर्टेस्क्यु मेटल ग्रुप) : २९.६१ अर्ब

३। माइक कानन-ब्रूक्स (एट्लासिएन सफ्टवेयर) : २१.९९ अर्ब

४। स्कट फारकुहार ( एट्लासिएन सफ्टवेयर): २१.९५ अर्ब

६। ह्यारी ट्रिगुबफ (मेरिटनका संस्थापक) : १७.२ अर्ब

७। हुइ विङ्ग माउ (शिमाओ प्रपर्टी): १०.१५ अर्ब

८। क्लाइभ पार्मर (मिनरलोजी) : ९.७६ अर्ब

९। फ्र्याङ्क लोई (वेस्टफिल्ड): ८.८२ अर्ब र

१०। केरी स्टोक्स (सेभेन ग्रुप): ७.२६ अर्ब

यी सर्वाधिक धनी अस्ट्रेलियालीहरू प्रत्येकसँग औसत रूपमा झन्डै १.८८ अर्ब सम्पत्ति रहेको छ भने २७ महिला सहित १२२ जना त अर्ब पति नै छन्।

 


Share

3 min read

Published

Updated




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now