न्यु साउथ वेल्स प्रहरीका अनुसार पर्यटन भिसामा अस्ट्रेलिया आएका ३५ वर्षीय बलराम शिवले सन् २०१७ को जुन महिनामा कार्लटन स्थित अपार्टमेन्टमा एक २१ वर्षीय महिला माथि कथित यौन हमला गरेको आरोप रहेको छ।
घटना भएको केही घटना पछि आरोपित व्यक्ति संयुक्त राज्य गएको प्रहरीको भनाइ छ।
संयुक्त राज्यसँगको सुपुर्दगी सन्धिकासाथ सङ्घीय महान्याधिवक्ता समक्ष बुझाइएको आवेदन पछि प्राप्त वारेन्टको आधारमा न्यु साउथ वेल्स प्रहरीका सेन्ट जर्ज इलाका कमाण्डका केही सदस्य न्युयोर्क पुगेका थिए।
१७ जनवरी २०१९ मा न्युयोर्क प्रहरीद्वारा हिरासतमा लिइएका उक्त पुरुषलाई लस एन्जलस लागिएको थियो र गए मे २ को दिन न्यु साउथ वेल्स प्रहरी समक्ष सुपुर्दगी गरिएको थियो।
शनिवार सिड्नी ल्याइएका उक्त पुरुष माथि प्रहरीद्वारा अनुमति बिना यौन सम्पर्क राखेको दुई आरोप र अभद्र क्रियाकलापमा संलग्न भएको पाँच ओटा आरोप लगाएको हो।
जमानत नदिइएको उक्त पुरुषलाई आइतबार पश्चिम सिड्नीको पारामाटा अदालत समक्ष पेस गरिएको थियो जहाँ उनले जमानतको लागि आवेदन नहाले पछि आगामी सुनवाई सम्म हिरासतमा राखिने छ।