SKIP TO MAIN CONTENT

कथित बलात्कार पछि अमेरिका भागेका नेपालीलाई सिड्नी ल्याईयो

दक्षिण सिड्नीमा एक महिलाको कथित बलात्कार गरेर अमेरिका भागेको आरोप लागेका बलराम शिव नामक एक नेपाली नागरिकलाई प्रहरीद्वारा पक्राउ गरी अस्ट्रेलिया फिर्ता ल्याइएको छ।

A Nepali national was extradited from the US to Sydney by New South Wales police over allegations of sexual assault in 2017.
The Nepali national was extradited from the US to Sydney by New South Wales police over allegations of sexual assault in 2017. Source: NSW Police

1 min read

Published

Updated

By SBS Nepali

Source: AAP, SBS



Skip to article content

न्यु साउथ वेल्स प्रहरीका अनुसार पर्यटन भिसामा अस्ट्रेलिया आएका ३५ वर्षीय बलराम शिवले सन् २०१७ को जुन महिनामा कार्लटन स्थित अपार्टमेन्टमा एक २१ वर्षीय महिला माथि कथित यौन हमला गरेको आरोप रहेको छ।

घटना भएको केही घटना पछि आरोपित व्यक्ति संयुक्त राज्य गएको प्रहरीको भनाइ छ।

संयुक्त राज्यसँगको सुपुर्दगी सन्धिकासाथ सङ्घीय महान्याधिवक्ता समक्ष बुझाइएको आवेदन पछि प्राप्त वारेन्टको आधारमा न्यु साउथ वेल्स प्रहरीका सेन्ट जर्ज इलाका कमाण्डका केही सदस्य न्युयोर्क पुगेका थिए।

१७ जनवरी २०१९ मा न्युयोर्क प्रहरीद्वारा हिरासतमा लिइएका उक्त पुरुषलाई लस एन्जलस लागिएको थियो र गए मे २ को दिन न्यु साउथ वेल्स प्रहरी समक्ष सुपुर्दगी गरिएको थियो।

शनिवार सिड्नी ल्याइएका उक्त पुरुष माथि प्रहरीद्वारा अनुमति बिना यौन सम्पर्क राखेको दुई आरोप र अभद्र क्रियाकलापमा संलग्न भएको पाँच ओटा आरोप लगाएको हो।

जमानत नदिइएको उक्त पुरुषलाई आइतबार पश्चिम सिड्नीको पारामाटा अदालत समक्ष पेस गरिएको थियो जहाँ उनले जमानतको लागि आवेदन नहाले पछि आगामी सुनवाई सम्म हिरासतमा राखिने छ।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now