SKIP TO MAIN CONTENT

अस्ट्रेलिया बजेट: आर्थिक गतिविधिलाई प्रोत्साहन र पूर्वाधारमा अरबौँ रकम खर्च गरिने

संघीय ट्रेजरर जोस फ्राईडनबर्गले आर्थिक गतिविधिलाई प्रोत्साहन गर्न आप्रवासन नीतिमा समेत बिचार विमर्श गरिरहेको बताए ।

Treasurer Josh Frydenberg addresses the media during a federal budget update.
Treasurer Josh Frydenberg addresses the media during a federal budget update. Source: AAP

2 min read

Published

Updated

Presented by Krishna Pokharel



Skip to article content

संघीय ट्रेजरर जोस फ्राईडन बर्गले मङ्गलवार सार्वजनिक हुने बजेटमा आगामी वर्ष कोरोना भाइरस विरुद्धको भ्याक्सिन आइसक्ने पूर्वानुमान गरिएको बताएका छन् ।

यस पटकको बजेटमा अस्ट्रेलियाले करिब २ सय अर्व डलर बराबरको बजेट घाटा बेर्होनुपर्ने पनि उनले बताए । विगत २९ वर्षमा अस्ट्रेलिया पहीलोपटक आर्थिक मन्दीको सिकार बनेको हो ।

फ्राईडनबर्गले एस बी एस न्युज सँगको कुराकानीका क्रममा सङ्घीय सरकारले आर्थिक गतिविधिलाई प्रोत्साहन गर्न आप्रवासन नीतिमा समेत विभिन्न बिचार विमर्श गरिरहेको बताए ।

फ्राईडनबर्ग भन्छन् “संसारभर बाट योग्य मानिसलाई अस्ट्रेलियामा ल्याउन र व्यापार व्यवसायमा संलग्न गराउनका लागि सहयोग गर्ने बताइरहेका छौ ।”

Treasurer
Australian Treasurer Josh Frydenberg. Source: AAP

यसैबिच सरकारले एप्रेन्टेशिप कार्यक्रमका लागि १ दशमलव २ अर्व डलर छुट्टाएकोमा व्यापारिक प्रतिष्ठानहरुले यसको स्वागत गरेका छन् ।

अक्टोबर ५ देखि लागु हुने गरी प्रशिक्षार्थी कामदारका रूपमा आउने नयाँ भर्तीलाई तलबमानको ५० प्रतिशत सरकारले बेहोर्ने छ ।

रोजगार मन्त्री मिसेलिया क्यासले भन्छीन “यो कार्यक्रमले अस्ट्रेलियामा एक लाख अप्रेन्टिसशिप र ट्रेनिशिप सिर्जना गर्न मद्दत पुर्‍याउने छ । ”

The federal government says the $1.2 billion package will help create 100,000 apprenticeships.
The federal government says the $1.2 billion package will help create 100,000 apprenticeships. Source: SBS

अस्ट्रेलियन चेम्बर अफ कर्मशले सरकारी योजनाको स्वागत गरेको छ , उसले महामारीको समयमा युवा उमेर समूहका मानिसलाई महामारीमा पहिलो रोजगारी खोज्न सहजता प्रदान गर्नेछ ।

ट्रेड्सउमन अस्ट्रेलियाकी फियोना म्याकडोनाल्ड भन्छिन् “यो कार्यक्रमले महिलाहरूलाई व्यापारका नयाँ क्षेत्रमा रोजगारी खोज्नका लागि मद्दत पुर्‍याउने छ”


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now