प्रत्येक वर्ष अस्ट्रेलियामा लगभग ३ लाखको सङ्ख्यामा बालबालिकाहरू जन्मिन्छन् ।
तर, जनसङ्ख्या सम्बन्धी भर्खरै भएको एउटा अनुसन्धानले भविष्यवाणी गरेको छ कि अब यस्तो समय आउने छ जहाँ, अहिलेको तुलनामा निकै कम मात्र बच्चाहरू जन्मिनेछन् ।
साथै, सो अध्ययनका अनुसार अबको ५ वर्षमा औसत प्रजनन दर निकै तल्लो तहमा झर्नेछ।

अस्ट्रेलिया नेशनल युनिभर्सिटी (एएनयु) का तथ्याङ्कविद् प्राध्यापक पिटर म्याकडोनाल्डले सरकारी जनसङ्ख्या केन्द्रका लागि विश्लेषणात्मक तथ्याङ्क पेस गरेका छन् ।
प्रोफेसर म्याकडोनाल्डका अनुसार सन् २०१९ मा १.७ मा रहेको दर कम भएर १.६ मा रहने सम्भावना छ।
कोभिडका कारण पनि यसमा असर देखिएको छ यसको मतलब अहिलेको तुलनामा आगामी वर्ष करिब ५६ हजार कम बालबालिकाहरू जन्मनेछन्।
संघिय विपक्षी कोषाध्यक्ष जिम चामर्स यसमा घाटा देख्छन्।
उनी भन्छन् “यसले सरकारको कोरोनाभाईरसबाट बाहिर निस्कनका लागि गरेको आर्थिक योजनामा यसको गम्भीर असर पर्न सक्छ।”

धेरै अभिभावकहरुका लागि काम र बालबच्चाको हेरचाहका बीच तालमेल मिलाउन निकै धौ-धौ परीरहेको छ ।
केही आप्रवासी अभिभावकहरुले भने सरकारले कोभिडका कारण गरेको सिमा बन्दको असर आफुहरुलाई परेको बताउँछन्।
आफूलाई सबैभन्दा बढि आवश्यक परेको समयमा आफ्ना परीवारीक सदस्यहरु नभएर उनीहरुको सहयोगबाट आफुहरु बन्चित बनेको बताउँछन्।
सोनल त्यानत्रिअमा गत फेब्रअरीमा मात्र न्यूजल्याण्डबाट अस्ट्रेलिया बसाई सरेकी हुन् ।
हाल उनी अर्को बच्चा बनाउने मनस्थितीमा छैनन् किनकी उनका परीवारका सदस्यहरु यतिखेर उनीसँग छैनन्।
जतिबेला उनी पहीलो बच्चाको आमा बनेकी थिईन् उनको सहयोगका लागि उनको सम्पूर्ण परीवार उनीसँगै थियो ।

अर्थशास्त्री एन्जेला ज्याक्सन भन्छिन् “सरकारले परीवारको आबश्यकतामा बढी ध्यान दिनु जरुरी छ, बालबालिका जन्मीएपछि पाउने प्यारेन्टीयल बिदा लगायतका अन्य सुबिधा बिस्तार भए, अभिभावकका लागि बच्चा कसरी हुर्काउने वा समय कसरी मिलाउने भन्ने कुराको दोधार कम हुन जान्छ, जसको परीणाम मानिसहरु बच्चा जन्माउनका लागि उत्साहित हुनेछन्।”
संघिय ट्रेजर जोश फ्राइडेनबर्गले गत जुलाईमा नेशनल प्रेस क्लबमा भएको भएको एक कार्यक्रममा प्रजननदर बढाउने सबैभन्दा उत्तम उपाय भनेको अस्ट्रेलियाको आर्थिका भबिष्य बारेमा जनतालाई बढि बिश्वस्त बनाउनु रहेको बताएका थिए र उनी यतिखेर अक्टोबार ६ मा आउने नयाँ बजेटका बारेमा छलफलका बारेमा व्यस्त छन् ।







