एक नयाँ अध्ययनले त्यस्ता महिलाहरूमा देखिने विशेष गरी जेस्टेश्नल डायबिटिज (वंशाणुगत र खाना सँग सम्बन्धित) को अवस्थाले गर्भावस्था पछिका दिनहरूमा पनि असर पार्ने देखाएको छ।
मेलबर्नमा बसोबास गर्ने दुई बच्चाकी आमा कार्ला जेन्निग्सलाई मधुमेहको टाइप २ भएको झन्डै चार वर्ष भइसक्यो।
उनले पहिलो पटक केही गडबड रहेको भनेर आफ्नो छोरी गर्भमा रहँदा थाहा पाएकी थिइन।
"मलाई पहिलो बच्चा गर्भमा रहँदा २६ औँ हप्तामा जेस्टेश्नल डायबिटिज भएको देखियो, म सबैले प्राय: गर्ने जस्तै स्वास्थ्य जाँच गर्न २६ औँ हप्तामा गएको थिए र यो अवस्थाका अब नरहेको भन्ने बाहेकको नतिजा आउला भन्ने सोचेकै थिइन किनभने म मा डायबिटिजका कुनै पनि लक्षण देखिएको थिएन।"
अस्ट्रेलियाको हेल्थ एन्ड वेलफेयर इन्स्टिच्युटको नयाँ खोजले पछिल्लो वर्ष बच्चा जन्माउने ४० हजार भन्दा बढी महिलाहरूमा, गर्भावस्थामा रगतमा चिनीको मात्रा बढेको अवस्था वा जेस्टेश्नल मधुमेह देखिएको थियो।

यो अवस्था बच्चा जन्मी सकेपछि आफैँ हराउने भए पनि, यो पछि गर्भवती हुँदा फेरी दोहोरिन सक्छ।
र कार्ला जेन्निङ्ग्सलाई जस्तै केही आमाहरूमा यो झन् बढ्दै टाइप २ मधुमेह हुन सक्छ।
अस्ट्रेलियन हेल्थ एन्ड वेलफेयर इन्स्टिच्युट को अनुसन्धानकर्ता मिरिएम लम् -अन भन्छिन् जेस्टेश्नल मधुमेह प्राय गर्भावस्थाको दोस्रो वा तेस्रो त्रैमासिकको बेलामा देखिन्छ र यदि यसको उपचार नगरे आमा र बच्चा दुबैमा गम्भीर स्वास्थ्य जटिलता हुन सक्छ।
"जेस्टेश्नल डायबिटिज भएका महिलाहरूमा यसका कारण हुने समस्याहरू विशेष गरी गर्भावस्था र बच्चा जन्माउने समयमा देखिन्छ, जस्तै प्रि-एक्लाम्प्सिया अथवा सुत्केरी व्यथा सुरु गराउन सुई लगाउनु पर्ने अवस्था (इन्ड्युस) वा सिजरियन गर्नुपर्ने अवस्था साथै समय पूर्व नै सुत्केरी व्यथा लाग्छ।"
यो पनि पढ्नुहोस्

अस्ट्रेलियाली निर्देशिकाले ल्याउने बाँझोपनको उपचारमा सुधार
उक्त अध्ययनले ७ गर्भवती महिला मध्ये एक जनामा जेस्टेश्नल मधुमेहको निदान हुने गरेको बताएको छ जुन सन् २,००० मा भन्दा १० प्रतिशतले वृद्धि भएको हो।
आदिवासी महिलाहरूमा ३२ प्रतिशतमा यो रोग बढ्ने सम्भावना देखिन्छ भने एसिया, उत्तर अफ्रिका र मध्ये पूर्वी राष्ट्रहरूबाट अस्ट्रेलिया आएका गर्भवती महिलाहरू यसको उच्च जोखिममा रहने गर्दछन्।
डायबिटिज अस्ट्रेलियाकी प्रवक्ता रेन्ज़ा सिबिल्लिया भन्छिन् वंशाणुगत अवस्था पनि यसको कारक हुन सक्छ।

गर्भवती महिलाहरू जो चालिस वर्षको मध्य वा अन्त्यतिरका छन् उनीहरूमा पनि जेस्टेश्नल मधुमेह कम उमेरका गर्भवतीहरूमा भन्दा ४ गुणा बढी देखिने सम्भावना हुने गर्दछ।
गर्भावस्थामा हुने जटिलताहरू बढाउनमा अत्यधिक वजन हुनुले पनि ठुलो भूमिका खेल्छ।
विज्ञहरूका अनुसार गर्भवती हुनु पूर्व नै स्वस्थ जीवन यापन गर्नु यसबाट जोगिने उपाय हो।




