SKIP TO MAIN CONTENT

‘चार वटा गोली लागेको थियो’: जेन जी आन्दोलनका घाइते नयाँ सरकारलाई के भन्छन्

NEP GEN Z BIKASH KUMAR YADAV
Bikash Kumar Yadav was injured during the 2025 Gen Z protests in Nepal. Credit: SBS Nepali/Pratichya Dulal

गत वर्ष नेपालमा भएको जेन जी आन्दोलनमा घाइते भएका व्यक्तिहरू मध्ये एक हुन्, विकासकुमार यादव।


Published

By Pratichya Dulal

Source: SBS



Skip to podcast episode content

गत वर्ष नेपालमा भएको जेन जी आन्दोलनमा घाइते भएका व्यक्तिहरू मध्ये एक हुन्, विकासकुमार यादव।


नेपालमा जेन जी आन्दोलन भएको एक वर्ष पूरा भएको छ।

सुशासन र भ्रष्टाचारविरुद्ध आवाज उठाउने क्रममा गत वर्ष सेप्टेम्बर ८ मा काठमाण्डू लगायत देशका विभिन्न स्थानमा भएका प्रदर्शनहरूमा स्कुले विद्यार्थीसहित हजारौँ युवाले भाग लिएका थिए। उक्त जेन जी प्रदर्शनमाथि तत्कालीन सरकार र प्रशासनले बल प्रयोग गर्दा दर्जनौँको ज्यान गएको थियो भने धेरै जना घाइते भएका थिए।

तिनै मध्य एक, सप्तरीका २५ वर्षीय विकासकुमार यादवका अनुसार आन्दोलनका क्रममा उनको बायाँ आँखामा र शरीरका विभिन्न भागमा गोली लागेको थियो।

पेसाले आईटी इन्जिनियर रहेका यादवलाई चिकित्सकहरूले अहिले कम्प्युटरको स्क्रिनमा धेरै समय नबिताउन सल्लाह दिएका छन्। त्यसपछि नयाँ सीप सिक्ने अवसरको खोजीमा लागेको उनले बताए। यादवसँग नेपाल संवाददाता प्रतिक्षा दुलालले गर्नुभएको कुराकानी सुन्नुहोस्।

नोट: यस सामाग्रीमा समावेश केही विवरणहरूले केही श्रोताहरूलाई विचलित बनाउन सक्छ। साथै, हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्‌का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।

मानसिक स्वास्थ्य सम्बन्धि सहयोग चाहिएको अवस्थामा यी सेवाहरूलाई सम्पर्क गर्न सक्नु हुन्छ: लाइफलाइन: १३ ११ १४, बियन्ड ब्लु: १३०० २२ ४६३६, सुसाइड कल ब्याक सर्भिस: १३०० ६५९ ४६७ र पाँचदेखि २५ वर्ष उमेर समूहका लागि किड्स हेल्पलाइन: १८०० ५५ १८०० मा सम्पर्क गर्नुहोस्। दोभाषे सेवाका लागि १३ १४ ५० मा फोन गर्नुहोस्। आपतकालीन अवस्थामा भने ट्रिपल जिरो अर्थात् ००० मा फोन गर्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now