SKIP TO MAIN CONTENT

पहिलो पटक समुदायमा "डेल्टा" भेरिएन्टको कोभिड-१९ देखिनु "ठुलो चिन्ताको विषय"

भिक्टोरियामा "डेल्टा" भेरिएन्टको कोरोनाभाइरस पहिलो पटक होटेल क्वारेन्टिन बाहिर देखिएको छ।

Victorian Chief Health Officer Brett Sutton speaks to the media during a press conference in Melbourne, Friday, June 4, 2021. Victoria has recorded four new locally acquired cases of coronavirus in the past 24 hours. (AAP Image/James Ross) NO ARCHIVING
Victorian Chief Health Officer Brett Sutton speaks to the media during a press conference in Melbourne, Friday, June 4, 2021. Source: AAP

2 min read

Published

Updated



Skip to article content

मेलबर्नमा शुक्रवार बिहान आयोजित एक नियमित कोभिड-१९ पत्रकार सम्मेलनका क्रममा भिक्टोरियाका प्रमुख स्वास्थ्य अधिकारी ब्रेट सटनले उक्त जानकारी सार्वजनिक गरेका हुन्।

नेपाल लगायत भारतीय उपमहाद्विपबाट फैलिएको विश्वास गरिएको उक्त भेरिएन्टलाई विश्व स्वास्थ्य सङ्गठन - डब्लुएचओले "डेल्टा" भनी नामकरण गरेको छ।

कोरोनाभाइरसको पनि अति फैलन सक्ने भनिएको उक्त भेरिएन्टबाट पश्चिमी मेलबर्नका दुई जना सङ्क्रमित भएको जिनोमिक सिक्वेन्सिङद्वारा पत्ता लागेको सटनले बताएका छन्।

उनी भन्छन् कि चार जना सदस्य भएको उक्त परिवार केही दिन अघि मात्र छिमेकी राज्य न्यु साउथ वेल्सको जेर्भिस बेको यात्रा सकेर मेलबर्न फर्केका थिए।

"भाइरसको यो प्रकारबाट थप गम्भीर बिरामी हुने भन्ने बारे हामीसँग खासै केही जानकारी छैन," भिक्टोरियाली स्वास्थ्य अधिकारीले भने।

उक्त परिवार कसरी सङ्क्रमित भयो भनेर अनुसन्धान जारी नै रहेको पनि भिक्टोरियाली अधिकारीहरूको भनाई छ।

विशेष गरेर, परिवारका कोही सदस्य पनि उच्च जोखिम भएको स्थानमा काम नगर्ने भएकाले, यस मामिलालाई निकै गम्भीरतापूर्वक लिनुपरेको पनि बताइएको छ।

भिक्टोरियाका कोभिड-१९ परीक्षण कमान्डर जेरोन वाइमर भन्छन् कि देशभरका समकक्षीहरूसँग सम्भावित सङ्क्रमित मानिसहरू बारे छलफल जारी छ।

"कूटनैतिक नियोगका मानिसहरू, जहाज वा अन्य कुन स्रोतबाट सो भाइरस अस्ट्रेलिया आयो भनेर हामीले खोजी गरिरहेका छौँ," उनले भने।

शुक्रवार थप चार जना सङ्क्रमित थपिएको पुष्टिसँगै भिक्टोरियामा गत केही हप्ता यता जारी कोरोनाभाइरस सङ्क्रमणको लहरबाट कुल ६५ जना सङ्क्रमित भइसकेका छन्।

ती मध्ये हाल तीन जनाको अस्पतालमा उपचार भइरहेको छ।

विशेष क्वारेन्टिन केन्द्र स्थापना हुने

भिक्टोरियाली राज्य सरकारद्वारा प्रस्तावित विशेष क्वारेन्टिन केन्द्रलाई बिहीवार अबेर सङ्घीय सरकारले स्वी‍कृती दिएपछि, मेलबर्न भन्दा केही टाढा उक्त सुविधा निर्माण हुने बताइएको छ।

राज्यका कार्यवाहक प्रिमियर जेम्स मेलिनोका अनुसार सरुवा रोग क्वारेन्टिन गर्ने मुख्य उदेश्यकासाथ स्थापना हुने उक्त केन्द्रको ढाँचा र योजना बारे काम सुरु भइसकेको छ।

आफूहरूले उत्तरी मेलबर्न स्थित मिकेलह्यामलाई क्वारेन्टिन केन्द्र स्थापनका लागि प्राथमिकतामा राखेता पनि मोरिसन सरकारले भिक्टोरियाको दोस्रो ठुलो सहर जिलङ नजिकैको एभलनलाई छानेका कारण हाल उक्त सुविधा कहाँ निर्माण हुने भन्ने बारे अन्तिम निर्णय भई नसकेको पनि उनले बताए।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now