अस्ट्रेलियामा कोभिड-१९ खोपको बारेमा नयाँ सूचना अभियान सुरु

अस्ट्रेलियामा फेब्रुअरी महिनादेखि कोरोना भाइरस विरुद्धको खोपको वितरण सुरु हुँदै छ। यसको बारेमा रहेका प्रश्नहरूका लागि एउटा राष्ट्रिय सूचना अभियान सुरु गरिएको छ।

A woman receives her first dose of the COVID-19 vaccine.

A woman receives her first dose of the COVID-19 vaccine. Source: AAP

संघीय सरकारको यस नयाँ २ करोड ३९ लाख डलर बराबर सूचना अभियानले आदिवासी समुदाय, आप्रवासी समुदाय र अशक्तता भएका मानिसहरूलाई केन्द्रित गर्ने छ।

यस हप्ताको सुरुवातमा थेराप्युटिक गुड्स प्रशासनले १६ वर्ष भन्दा माथिका अस्ट्रेलियालीहरूका लागि फाइजरको कोभिड-१९ खोप प्रयोग गर्नका लागि स्वीकृति दिएको थियो। फेब्रुअरी महिनाको अन्त्यदेखि भ्याक्सिन वितरण सुरु गरिने संघीय सरकारले बताएको छ।

उक्त सूचना अभियानमा खोप वितरण बारे - प्राथमिकता कसलाई दिइने छ, कहिले, कहाँ र कसरी खोप लगाउन सकिन्छ - भन्ने विषयहरूमा विस्तृत जानकारी दिइएको छ।

खोपको बारेमा आदिवासी र आप्रवासी समुदायहरूले तथा अशक्तता भएका मानिसहरूले आवश्यक जानकारी पाएको सुनिश्चित गर्नका लागि विशेष समितिहरू गठन गरिएका छन्।

स्वास्थ्य मन्त्री ग्रेग हन्टले भने, 'यस सूचना अभियानले प्रत्येक अस्ट्रेलियालीलाई खोपले कसरी काम गर्छ र आफू र आफ्नो परिवारलाई कसरी सुरक्षित राख्छ भन्ने बारेमा जानकारी पाउने छन्।'

त्यस्तै, अस्ट्रेलियामा खोप आपूर्तिको विषयमा ढिलो हुन सक्ने चिन्ताहरू रहेका थिए, तर त्यो चिन्ताको विषय नरहेको संघीय सरकारले बताएको छ।

तर युरोपेली सङ्घले आफ्नो सीमा भित्र उत्पादन भएका खोपहरूको निर्यातमाथि नियन्त्रण गर्न सक्ने धम्की दिए पछि औषधी कम्पनीहरू भने युरोपेली सङ्घसँग केही विवादमा परेका थिए।

यद्यपि, यसले अस्ट्रेलियाले बेल्जियमबाट खरिद गरेको फाइजर खोपका १ करोड डोजहरू र एस्ट्राजेनेका खोपको आयातमा कुनै ढिलाइ नपुराउने ट्रेजरर जोश फ्राईडनबर्गले बताएका छन्।

'अहिले हामीसँग भएका जानकारी अनुसार, यसले खोप आइपुग्ने समयमा परिवर्तन नहुने अनुमान गरिएको छ।', उनले भने।

यस नयाँ कोभिड-१९ सूचना अभियानलाई तीन वटा भागमा विभाजन गरिने छ:

  • कोभिड-१९ खोपहरू विश्व-स्तरीय स्वीकृति प्रक्रियाबाट छानिएको, र खोपले सुरक्षा र प्रभावकारिता दिने सुनिश्चित गर्ने।
  • खोप वितरण कसरी सञ्चालन गरिन्छ (विशेष गरी प्राथमिकता दिइएका समुदायहरूमा) र कति डोजको आवश्यकता छ भनी बारे जानकारी
  • मानिसहरूलाई खोप कसरी र कहाँ लगाउन सकिन्छ, कति मात्रामा लगाउने लगायत खोप लगाउन प्रोत्साहन गर्ने

अभियानमा प्रयोग गरिने जानकारी विज्ञहरूको स्वतन्त्र चिकित्सा सुझावमा आधारित भएको, र यसले मानिसहरूको खोप सम्बन्धी प्रश्नहरूको उत्तर दिने स्वस्थता विभागले जारी गरेको विज्ञप्तिमा बताइएको छ।

यस अभियानलाई टिभी, रेडियो, मिडिया, डिजिटल, सामाजिक सञ्जाल, मोबाइल र सार्वजनिक स्थलहरूको माध्यमबाट संचलान गरिने छ। 


अस्ट्रेलियामा बसोबास गर्ने मानिसहरू घर बाहिर हिँड्दा, अरू मानिसहरूबाट कम्तीमा १.५ मिटर टाढा रहनुपर्दछ। भेला हुने सङ्ख्या बारे तपाईँको राज्य वा प्रदेशमा हाल कायम व्यवस्था बारे जान्न थप जानकारी यहाँ उपलब्ध छ।

कोरोनाभाइरसद्वारा सङ्क्रमित भएको आशङ्का लागेमा मानिसहरूले सर्वप्रथम आफ्नो डाक्टर (जीपी)लाई वा राष्ट्रिय कोरोनाभाइरस स्वास्थ्य जानकारी हटलाइन - १८०० ०२० ०८० मा फोन गर्नुपर्छ।

यदि तपाईँलाई सास फेर्न गाह्रो महसुस भयो वा आपतकालिन स्वास्थ्य समस्या उत्पन्न भएको खण्डमा ००० (ट्रिपल जिरो)मा कल गर्नुहोस्।

तपाईँको राज्य वा क्षेत्रका लागि सान्दर्भिक निर्देशनहरू हेर्नुहोस् । न्यू साउथ वेल्स, भिक्टोरिया, क्विन्सल्याण्ड, वेस्टर्न अस्ट्रेलिया, नदर्न टेरीटरी, एसीटी, तास्मेनिया।


2 min read

Published

Updated

By SBS News, Dinita Rishal

Source: Australian Government Department of Health




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now