फाईजर बायोनटेकले विकास गरेको कोरोना विरुद्धको खोप प्रयोग गर्न अस्ट्रेलियन सरकारले अनुमति दिइसकेको छ ।
फेब्रुअरीको अन्तिमबाट स्वास्थ्य जोखिममा रहेका मानिसहरूलाई प्राथमिकतामा राखेर खोप कार्यक्रमको सुरुवात गरीदैछ ।
तर कोरोना विरुद्धको खोप लगाउने काम अन्य बेला डाक्टरलाई भेटेर औषधि खाएको जस्तो सजिलो भने हुने छैन ।
खोप कार्यक्रमको चरण
खोप कार्यक्रमलाई पाच भागमा विभाजन गरिएको छ ।
अस्ट्रेलियाको क्वारीनटीन व्यवस्थामा काम गर्ने, अध्यागमनमा कर्मचारी,बृद्धा स्याहार केन्द्रका कर्मचारी एवम् त्यहाँ बसोबास गर्ने बृद्धबृद्धाहरु र अग्र भूमिकामा रहेर काम गर्ने स्वास्थ्य कर्मचारीहरू पहिलो चरणको खोप कार्यक्रममा सहभागी गराइनेछ ।
यसै गरी दोस्रो चरणमा ७० वर्ष भन्दा माथिका मानिसहरू,अन्य स्वास्थ्य क्षेत्रमा कार्यरत कर्मचारी,५५ वर्ष माथिका एबोरजिनल तथा टोरेस आईल्याण्डरहरु,स्वास्थ्य समस्या भोगिरहेका युवा वर्गका मानिसहरू र जोखिम तथा आपतकालिन सेवामा कार्यरत कर्मचारीहरू पर्नेछन् ।

तेस्रो चरणमा भने ५० देखि ६९ वर्ष उमेर समूहका मानिस,एबोरजीनल तथा टोरेस आईल्याण्डर तथा जोखिमको क्षेत्रमा काम गर्ने कर्मचारी पर्नेछन् ।
चौथो चरणमा भने वाकी रहेका सम्पूर्ण अस्ट्रेलियाली युवा उमेर समूहका मानिसलाई जनसङ्ख्यालाई खोप कार्यक्रममा समावेश गराइनेछ ।
पाचौ तथा अन्तिम चरणमा भने १६ वर्ष भन्दा कम उमेरका बालबालिका पर्नेछन् । तर बालबालिकाहरूलाई खोप कार्यक्रम अनिवार्य नभएकाले चिकित्सकको सल्लाहमा मात्र खोप दिइनेछ ।
सिड्नीको दक्षिणमा रहेको हन्टीङटन गार्डेन नामक एज्ड केयरमा बसोबास एवम् काम गर्ने कर्मचारीहरू खोप कार्यक्रमको पहिलो चरणमा पर्ने भएकाले उत्साहित देखिन्छन् ।

त्यहाँका निर्देशक फेङ चेन कर्मचारी एवम् रेजिडेन्ट खोप कार्यक्रमको पहिलो चरणमा पर्ने भएपछि निकै राहत मिल्ने बताउँछन् ।
उनी भन्छन् “हो , म निकै उत्साहित छु किनकि गएको वर्ष निकै कठिन बित्यो,विशेष गरी एज्ड केयरको क्षेत्रमा जहाँका कर्मचारीले आफू सक्दो काम गरे,खोप कार्यक्रमको सुरु भएपछि यसले हामीलाई निकै मद्दत पुर्याउनेछ ।”
हन्टीङटन गार्डेनका ९२ बर्सिया रेजिडेन्ट जोन माईल्स पनि खोप कार्यक्रमको पहिलो चरणमा पर्ने व्यक्ति हुन् ।
उनी अस्ट्रेलियाका सबै बासिन्दाले खोप लगाएर पछिल्लो पटक देखिएको संक्रमणयुत्त रोगको अन्त्य हुने आशा गछीन् । यसो त उनले सानैमा पालियो विरुद्ध पनि लडेकी हुन् ।
“पोलियो,भ्यागुते रोग(डिपथेरीया) जस्ता रोगहरू देखेकाले यदि मानिसहरूले आफूलाई सुरक्षित गरेनन् भने मूर्ख बन्नेछन्, जे मैले विगतमा देखेकी छु ,मानिसहरू हिड्डु गर्न नसक्ने भएका छन्,कमाएर खान नसक्ने भएका छन्, मारिएका छन् र त्यो मैले विगतमा देखेकी छु ।”
तपाई खोपका लागि योग्य हुनु भयो भने खोप कार्यक्रमको व्यवस्थापन कसरी हुनेछ त ?
यो सबै खोप कार्यक्रम कहिलेबाट सुरु हुन्छ भन्ने कुरामा निर्भर गर्दछ ।
पहिलो दुई चरणको खोप कार्यक्रममा समावेश हुनेहरूका हकमा मेट्रो र रिजनल क्षेत्रमा रहेका ५० वटा अस्पतालबाट खोप दिइने योजना रहेको छ ।
एज्ड केयरमा बसोबास गर्ने वा त्यहाँ कार्य गर्ने मानिसहरूका हकमा त्यही आएर खोप लगाइदिने योजना सरकारको छ ।
यदि पहिलो र दोस्रो चरणका मानिसहरूलाई खोप कार्यक्रममा समावेश गरिएपछि खोप उपलब्ध भएमा करिब एक हजार अन्य स्थानहरूमा खोप केन्द्र सञ्चालन गरिनेछ ।
यी स्थलहरू तपाइको नजिकको मेडिकल सेन्टर,श्वास–प्रश्वास सम्बन्धी क्लिनिकहरू,खोप केन्द्रहरू,सामुदायिक स्तरमा सञ्चालित औषधि पसलहरू तथा एबोरजीनल स्वास्थ्य क्लिनिकहरू हुनेछन् ।
डाक्टर कोलिन मेडलिल आफू जस्ता चिकित्सकहरूले खोप कार्यक्रमको संचालन गर्न प्रभावकारी भूमिका खेल्ने बताउँछन् ।
तर खोप कार्यक्रम नितान्त रूपमा अस्ट्रेलियाको औषधि नियमन संस्था थेउरापेटीक गुड्स एडमिनीस्ट्रेशनले गर्ने निर्णयमा निर्भर गर्नेछ । नियमन संस्था कुन कुन कम्पनीका खोप र तिनीहरूलाई कहिले अनुमति दिन्छ त्यसमा कार्यक्रमको अवधि एवम् योजना फरक पर्न सक्छ ।
थेउरापेटीक गुड्स एडमीनीस्ट्रेसनले फाईजर बायोनटेकलाई २५ जनवरीमा पहिलो पटक अनुमति दिएको छ । यो खोपले अमेरिका र बेलायतमा दुई महिना अघि नै आकस्मिक प्रयोगका लागि अनुमति प्राप्त गरिसकेको थियो ।
अस्ट्रेलियाले अक्सफोर्डको अस्ट्रा जेनका र नोभाभ्याक्समा खोपका लागि पनि खरिद प्रक्रियाको सम्झौता गरिसकेको छ । यद्यपि यी खोपले अस्ट्रेलियामा प्रयोग अनुमति भने पाएको छैन ।
अस्ट्रेलियामा किन खोप कार्यक्रममा ढिलाइ भइरहेको छ ।
ब्रोनेट इन्स्टीच्यूटका सङ्क्रमण रोगका प्राध्यापक माईक टोली अस्ट्रेलियामा अन्य मुलुकमा भन्दा थोरै मात्रामा कोरोना सङ्क्रमण देखिनुले फाइदा पुगेको बताउँछन् ।
नियमन संस्थाले एस्ट्रा जेनेकाको खोपलाई पनि अनुमति अघि बढाउन गरिने पक्रियाको अनुमति दिइसकेको छ ।
यसको अर्थ खोपले अनुमति पाउँछ भन्ने नै चाही हाईन् ।
यो प्रक्रियामा नियमन संस्थाले खोपको परीक्षणका विभिन्न चरणका यसले देखाएको प्रभावकारिता र जोखिमहरूका बारेमा गहिरो अनुसन्धान गर्नेछ ।
यसै समयमा अन्य मुलुकमा खोप प्रयोगबाट आएका समस्याहरू र प्रभावकारिताको विषयमा पनि सूक्ष्म अध्ययन गरिरहेको छ ।
कोरोनाभाइरसद्वारा सङ्क्रमित भएको आशङ्का लागेमा मानिसहरूले सर्वप्रथम आफ्नो डाक्टर (जीपी)लाई वा राष्ट्रिय कोरोनाभाइरस स्वास्थ्य जानकारी हटलाइन - १८०० ०२० ०८० मा फोन गर्नुपर्छ।
यदि तपाईँलाई सास फेर्न गाह्रो महसुस भयो वा आपतकालिन स्वास्थ्य समस्या उत्पन्न भएको खण्डमा ००० (ट्रिपल जिरो)मा कल गर्नुहोस्।
