फाईजरको औषधि अब अस्ट्रेलियामा प्रयोग गर्न मिल्ने

अस्ट्रेलियाको औषधिहरुको अनुगमन गर्ने निकाय- थियुरिप्याटिक गुड्स एडमिनिस्ट्रेटरले- कोभिड-१९ विरुध्दको खोप, फाईजर र बायो-टेकको औषधिलाई अस्ट्रेलियामा प्रयोगको लागि अनुमति दिएको छ।

Prime Minister Scott Morrison speaks to the media during a press conference.

Prime Minister Scott Morrison speaks to the media during a press conference. Source: AAP

यसको अर्थ, बेलायत र अमेरिका लगायत अन्य देशहरुमा झै, अब अस्ट्रेलियामा पनि जन-सामान्यले यो खोप लिन पाउने छन्।

आउदो फेब्रुररी महिनादेखि यो खोप प्राथमिकता अनुसार वितरण शुरु गरिने अधिकारिहरुले बताएका छन्।

आज बिहान क्यानबेरामा भएको एक कार्यक्रममा स्वस्थ्य मंत्री ग्रेग हन्टले कम्तिमा ८० हजार खोपहरु शुरुको हफ्तामा वितरण गरिने तर यसलाई बढाउदै लैजाने संकेत दिए।

यस बर्षको अक्टोबर महिनासम्म अस्ट्रेलियाका अधिकांस जनसंख्याले खोप लिईसकिने अनुमान अधिकारीहरुले लिएका छन्।

अहिलेको लागि १६ बर्षभन्दा माथि उमेर भएकाहरुको लागि मात्र यो खोप प्रदान गर्ने मिल्नेछ।

संसारकै सबैभन्दा कडा नियमहरुमा खरिएपछि मात्र फाईजरको औषधिको प्रयोगको लागि अनुमति दिईएको स्वस्थ्य सचिव ब्रेन्डन मर्फिले बताए। 

“अन्य मुलुकको तुलनामा हाम्रो देशमा सामुदायिक संक्रमण अहिले नियन्त्रिक अवस्थामा छ। यसको कारणले हामीलाई अन्य देशहरुमा फाईजर औषधिको प्रभावको बारेमा बुझ्ने मौका पनि मिलेको छ,” मर्फीले भने।

प्रधानमंत्री स्कट मरिशनले यो निर्णय अस्ट्रेलियाको कोरोनाभाईरसविरुध्द महत्वपूर्ण रहेको बताए।

“हाम्रो देशको जेठा तथा वृध्द नागरिकहरुलाई कोभिड-१९ को यस खोपले रक्षा गर्नेछ र यस डरलाग्दो रोग विरुध्दको हाम्रो लडाईले – यस निर्णयले- एउटा बलियो दिशा पाएको छ,” प्रधानमंत्री मरिशनले भने।

अस्ट्रेलियामा कोरोनाभाईरस शुरु भएको आज एक बर्ष पुगेको छ।

कोभिड-१९को कारणले अहिलेसम्म २८,७०० भन्दा बढी व्यक्तिहरु यहाँ संक्रमित भएका छन् भने ९०९ जनाको, यस किटाणुको कारण, ज्यान गएको छ।

कोरोना भाइरस महामारीको लागि सरकारले लागु गरेका स्वास्थ्य तथा सहयोग सेवाहरूको बारेमा जान्न sbs.com.au/coronavirus मा जानुहोस्।


कोरोनाभाइरसद्वारा सङ्क्रमित भएको आशङ्का लागेमा मानिसहरूले सर्वप्रथम आफ्नो डाक्टर (जीपी)लाई वा राष्ट्रिय कोरोनाभाइरस स्वास्थ्य जानकारी हटलाइन - १८०० ०२० ०८० मा फोन गर्नुपर्छ।

यदि तपाईँलाई सास फेर्न गाह्रो महसुस भयो वा आपतकालिन स्वास्थ्य समस्या उत्पन्न भएको खण्डमा ००० (ट्रिपल जिरो)मा कल गर्नुहोस्।

 

 


Share

2 min read

Published

Updated

Presented by SBS Nepali

Source: SBS



Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now