एभालोनसँग जोडिएको संक्रमितहरुको संख्या ११२, प्रतिबन्धहरु पुन: फिर्ता

न्यु साउथ वेल्स सरकारले आज जारी गरेको तथ्यांकका अनुसार, गत २४ घण्टामा थप ९ जना कोभिड-१९ ले संक्रमित भएको पुष्टि भएको छ।

NSW Chief Health Officer Dr Kerry Chant and NSW Premier Gladys Berejiklian.

NSW Chief Health Officer Dr Kerry Chant and NSW Premier Gladys Berejiklian. Source: AAP

राज्यकी प्रिमियर ग्ल्याडिस ब्रजेक्लिनले दिएको जानकारी अनुसार- संक्रमित भएका ९ मध्ये ८ जना- एभलोनबाट शुरु भएको संक्रमणसँग जोडिएका छन् भने, बाँकी एक जनाको विषयमा भने थप अनुसन्धान भइरहेको छ।

यसैबिच, गत २४ घण्टामा, झण्डै ४० हजार ब्यक्तिहरु कोरोनाभाइरसकको जाँचको लागि अगाडि आएको पनि राज्य सरकारले बताएको छ।

यो थप संक्रमण पछि, सिड्नीको नर्दन बिचेसको एभालोनमा जोडिएका संक्रमितहरुको संख्या अहिले ११२ पुगेको छ।

साथै, प्रिमियर ब्रजेक्लिनले आज मध्यरात देखि – गत ३ दिनका लागि परिवर्तित भएका केहि नियमहरुको ठाउँमा- पहिलेकै प्रतिबन्धहरु लागू हुने बताएकी छन्। तथापि बाहिर जम्मा हुने मानिसहरुको संख्यामा भने सानो परिवर्तन गरिएको छ।

यो पछिल्लो कोरोनाभाइरसको उद्गमस्थल मानिएको सिड्नीको नर्दन बीचेसको उत्तरी भागका बासिन्दाहरुले ५ जनाको संख्यामा बाहिर जम्मा हुन पाउनेछन् भने, दक्षिणी नर्दन बीचेसका बासिन्दाहरुले १० जनाको संख्यामा बाहिर जम्मा हुन पाउने छन्।

यी दुबै क्षेत्रका बासिन्दाहरुले आफ्नो स्थानिय क्षेत्र छोड्न पाउने छैनन्, र त्यसै गरी सिड्नीको अन्य भागबाट यहाँ कसैले पनि प्रवेश गर्न पाउने छैनन्। अहिलेको लागि यो स्वस्थ्य आदेश- कम्तिमा पनि आउँदो ३० डिसेम्बरसम्म लागू हुनेछ।

आज बक्सिङ्ग डेको दिन सामान-खरिदका लागि विशेषगरी सिड्नीको शहरमा हुने व्यापक भिड पनि पहिलेको जस्तो नदेखिएकोमा राज्य सरकारले सन्तोष व्यक्त गरेको छ।

“समुदायले हाम्रो सन्देशलाई गम्भिरतापूर्वक लिएकोमा हामी आभारी छौ। धैरैले सिड्नीको मुख्य शहरमा देखिएको कोभिड-१९ को संकेतलाई ध्यानमा राख्दै बजार नआएको प्रष्ट हुन्छ,” राज्यकी प्रिमियरले बताईन्। 

धेरै ग्राहकहरु अनलाईन मार्फत बक्सिङ्ग डेका दिन पाईने सहुलियतलाई उपयोग गर्दै सामाग्री खरिद गर्दै गरेको बुझिएको छ।

राज्यमा स्वस्थ्य आदेश, दिनँहु आउने नयाँ तथ्यांकहरुको आधारमे निर्णय गरिने पनि उनले जानकारी दिईन्।

यसैबिच, सिड्नीबाट न्यु साउथ वेल्स राज्यको अर्को शहर ग्रिफिथ उडेको विमानका एक यात्रु कोरोनाबाईरसबाट संक्रमित भएको पाईएपछि, अहिले त्यस विमानका सबै यात्रुहरुलाई क्वारेन्टाईनमा बस्न आदेश दिईएको छ।

राज्यकी प्रमुख स्वस्थ्य अधिकारी करि च्यान्टका अनुसार, २१ तारिखमा उडेको उक्त विमानमा २८ यात्रुहरु सवार रहेका थिए।

उता राज्यका स्वस्थ्य मंत्री ब्रयाड ह्याजार्डले हिजो क्रिसमसको दिन पारेर, सिड्निको ब्रोन्टि बीच छेउमा गरिएको एक भेलाको कडा आलोचना गरेका छन्। सामाजिक सञ्जालमा वितरित गरिएको तस्विरहरुका अनुसार, १०० भन्दा बढी  मानिसहरु सामाजिक दुरी कायम नगरी हिजो ब्रोन्टि बीच छेउ रमाईलो गरिरहेका थिए।

“सिड्नीको नर्दन बीचेसका बासिन्दा- हामी कसैलाई यो रोग नसरोस् भनेर आफ्नो दैनिक दिनाचार्यको त्याग गर्दैछन्, तर यता ब्रोन्टिमा भने देखएको बेवास्ता निन्दनिय छ,” स्वस्थ्य मंत्रीले कडा शब्दमा भने।

यस किसिमको व्यवहार  अब सह्य नहुने पनि उनले चेतावनी दिए।

केहि दिन अघिमात्र,  न्यु साउथ वेल्स सरकारले -क्रिसमसको अवसर पारेर तिन दिनका लागि केहि स्वस्थ्य नियमावलीहरुलाई खुकुलो थियो। 

हालै गरिएको घोषना अनुसार, सिड्नीको क्षेत्रलाई तीन भागमा बाढिएको छ- एउटा भने नर्दन बीचेसबाहेकको सिड्नीको क्षेत्र, बाँकी दुई भने उत्तरी र दक्षिणी नर्दन बीचेस।

पिटवाटर रोडमा रहेको न्यारावीन पुलले नर्दन बीचेसलाई दुई भागमा बाड्नेछ। उत्तरी नर्दन बीचेसको अर्को सीमा विन्दु भने मोना भेल रोडमा रहेको बहाई मन्दिरलाई मानिनेछ।

अस्ट्रेलियामा बसोबास गर्ने मानिसहरू घर बाहिर हिँड्दा, अरू मानिसहरूबाट कम्तीमा १.५ मिटर टाढा रहनुपर्दछ। भेला हुने सङ्ख्या बारे तपाईँको राज्य वा प्रदेशमा हाल कायम व्यवस्था बारे जान्न थप जानकारी यहाँ उपलब्ध छ।

कोरोनाभाइरसद्वारा सङ्क्रमित भएको आशङ्का लागेमा मानिसहरूले सर्वप्रथम आफ्नो डाक्टर (जीपी)लाई वा राष्ट्रिय कोरोनाभाइरस स्वास्थ्य जानकारी हटलाइन - १८०० ०२० ०८० मा फोन गर्नुपर्छ।

यदि तपाईँलाई सास फेर्न गाह्रो महसुस भयो वा आपतकालिन स्वास्थ्य समस्या उत्पन्न भएको खण्डमा ००० (ट्रिपल जिरो)मा कल गर्नुहोस्।

तपाईँको राज्य वा क्षेत्रका लागि सान्दर्भिक निर्देशनहरू हेर्नुहोस् - न्यू साउथ वेल्स, भिक्टोरिया, क्विन्ल्यिाण्ड, वेस्र्टन अस्ट्रेलिया, नदर्न टेरीटरी, एसीटी, तास्मेनिया।

 


Share

3 min read

Published

Presented by SBS Nepali

Source: SBS News



Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now