यसमध्ये, ७ जना सिड्नीको एभलोनबाट शुरु भएको संक्रमणसँग जोडिएका छन् भने, बाँकी दुई जनाको सम्बन्धमा भने थप अनुसन्धान भईरहेको बताईएको छ।
सिड्नीको नर्दन बिचेसको एभालोनमा फैलिएको कोभिड-१९को कारण अहिले सम्म १०४ जना संक्रमित रहेको राज्य सरकारको स्वस्थ्य विभागले बताएको छ। साथै, गत २४ घण्टामा, ६० हजार ब्यक्तिहरु कोरोनाभाइरसकको जाँचको लागि अगाडि आएको पनि राज्य सरकारले बताएको छ।
यसैबिच, न्यु साउथ वेल्स सरकारले -क्रिसमसको अवसर पारेर तिन दिनका लागि केहि स्वस्थ्य नियमावलीहरुलाई खुकुलो बनाएको छ।
राज्यकी प्रिमियर ग्ल्याडिस ब्रजेक्लिनले गरेको घोषणा अनुसार, आजदेखि पर्सि शनिवारसम्म- सिड्नीको क्षेत्र र नर्दन बीचेसभित्रै पनि फुकुवा गरिएका केहि नियमहरुका कारण- सर्वसाधारणहरुले केहि राहत पाउने छन्।
नयाँ स्वस्थ्य आदेश अनुसार, सिड्नीको क्षेत्रलाई तीन भागमा बाढिएको छ- एउटा भने नर्दन बीचेसबाहेकको सिड्नीको क्षेत्र, बाँकी दुई भने उत्तरी र दक्षिणी नर्दन बीचेस। पिटवाटर रोडमा रहेको न्यारावीन पुलले नर्दन बीचेसलाई दुई भागमा बाड्नेछ। उत्तरी नर्दन बीचेसको अर्को सीमा विन्दु भने मोना भेल रोडमा रहेको बहाई मन्दिरलाई मानिनेछ।
नर्दन बीचेसको उत्तरी भागका बासिन्दाहरूले २४, २५ र २६ डिसेम्बरमा आफ्नो घरमा लकडाउनको क्षेत्रमा बस्ने ५ जना पाहुना भेला गर्न पाउने छन्।

न्यारावीन पुलको दक्षिणतिर बस्नेहरूले भने सिड्नी भरबाट १० जना सम्म भेला गर्न पाउने छन्।
दुवै क्षेत्रका बासिन्दाहरू नर्दन बीचेस भन्दा बाहिर यात्रा गर्न पाउने छैनन्।
बाँकीको सिड्नी क्षेत्रका बासिन्दाहरूले भन क्रिसमसका लागि आफ्नो घरमा १० जना व्यक्तिहरू र १२ वर्ष मुनिका बालबच्चाहरू भेला गर्न पाउने छन्।
उता, क्विनसल्याण्डमा कोभिड-१९ संक्रमणमा थप दुई जना मा देखा परेको बताएको छ।
यसैबिच, सिड्नीमा बढेको कोभिडको प्रकोपलाई मध्येनजर गर्दै, क्विनस्ल्याण्डले आफ्नो सीमामा कडाई ल्याएको छ। यस विषयलाई लिएर, न्यु साउथ वेल्सकी प्रिमियर ब्रजेक्लिनले क्विन्सल्याण्डको पछिल्लो कदम हतारमा गरिएको आरोप लगाएकी छिन्।
तर उता क्विन्सल्याण्डकी प्रिमियर एनास्टसिता पालासेले भने, आफ्नो राज्यको नियमको बचाव गरेकी छिन्।
न्यु साउथ बेल्समा फैलिन शुरु भएको महामारीलाई क्विनसल्याढ भित्रिन नदिन आफुहरुले निर्णय गरेको उनले बताईन।
यसैगरि, उता दक्षीन अस्ट्रेलिया सरकारले पनि कोभिड-१९ विरुध्द विजय पाउदै गरेको बताएको छ।
त्यहाँका स्वस्थ्य मंत्री स्टेफन वेडले प्याराफिल्डमा फैलिएको कोरोनाभाईरसको महामारी अहिले नियन्त्रणमा आएको बताएका छन्।
प्याराफिल्डमा फेलिएको महामारीका कारण कम्तिमा पाँच हजार मानिसहरु क्वटरेन्टाईनमा रहन बाध्य भएका थिए।
यसैबिच, बेलायतम प्रचुर मात्रामा फैलिदै गरेको कोभिड-१९को संक्रमणलाई ध्यानमा राख्दै, हङ्गकङ्ग र सींगापुरले- त्यहाँबाट आउने यात्रीहरुलाई ट्रान्जिटको सुबिधा नदिने बताएपछि, अस्ट्रेलिया तर्फ आउने योजना भएका कतिपय यात्रुहरु अलपत्र परेका छन्।
संयुक्त अधिराज्यमा रहेको अस्ट्रेलियन कुटनीतिक नियोगका अधिकारीहरुले- यस पछिल्लो घटनाका कारण धेरै यात्रुहरु अहिले आफ्नो घर फिर्ता हुन नपाएको बताउछन्।
यता अस्ट्रेलियामा भने विपक्ष नेता एन्तिनि एल्बनिजिले सरकार समक्ष कोभिड-१९को वितरणलाई शिघ्रता दिन माग गरेका छन्।
यहाँ वितरण हुने औषधिहरुको अनुमोदन गर्ने निकाय- थेराप्युटिक गुड्स एडमिन्ट्रेशन, ले जनवरी महिनामा फाईजरको औषधिलाई अनुमोदन गरे मार्चसम्म कुर्न कुनै औचित्य नरहेको उनले बताए।
