SKIP TO MAIN CONTENT

नर्दन टेरीटरीले क्वारीनटीन व्यवस्थालाई दोब्बर बनाउने

प्रधानमन्त्री स्कट मोरीसनले विदेशमा फसेका अस्ट्रेलियाली नागरिकलाई फिर्ता ल्याउन क्वारीनटीन क्षमतामा वृद्धिमा जोड दिइरहेका बेला नर्दन टेरीटरीले आफ्नो क्षमतालाई दोब्बर बनाउने भएको छ ।

The Northern Territory is set to double its quarantine capacity.
The Northern Territory is set to double its quarantine capacity. Source: AAP

2 min read

Published

Updated

By SBS News

Presented by Krishna Pokhrel, SBS Nepali

Source: SBS News



Skip to article content

नर्दन टेरीटरीले आफ्नो राज्यमा क्वारीटीन क्षमतालाई दोब्बर बनाउने भएपछि अन्य मुलुकमा फसेका नागरिक फिर्ता लिएर आउन केही सहज हुने देखिन्छ ।

राज्यले सङ्घीय सरकार सँग हावर्ड स्पिङमा रहेको क्वरीनटिन व्यवस्थालाई पाँच सय बाट बढाएर एक हजार पुर्‍याउनका लागि सहमति जुटाउने प्रयास गरिरहेको बताइएको छ ।

हाल करिब ३६ हजार अस्ट्रेलियनहरू विभिन्न मुलुकमा फसिरहेको बताइन्छ । ति मध्ये ८ हजार भन्दा बढी मानिसहरू फर्कनै पर्ने अवस्थाका रहेको सरकारी तथ्याङ्कले देखाएको छ ।

प्रधानमन्त्री स्कट मोरीसनले राष्ट्रको क्वारीनटीन क्षमता कम भएका कारण अस्ट्रेलियाली घर फर्कन नपाएको दोष लगाउँदै आएका छन् ।

यता विपक्षी लेबरले राज्यद्वारा सञ्चालित होटेल क्वारीनटीनमा औला ठड्याउनुको सट्टा यसको क्षमता वृद्धिमा ध्यान दिन आग्रह गरिरहेको छ ।

विपक्षी नेता एन्थोनी अल्बानेजीले भने संबिधानत यो जिम्मेवारी कमलवेल्थ सरकारको रहेको जिकिर गर्छन् ।

Federal Opposition Leader Anthony Albanese
Federal Opposition Leader Anthony Albanese Source: AAP Image/Dan Himbrechts

“सबै श्रोतहरूको प्रयोग गरेर हामीले धेरै भन्दा धेरै मानिसहरूलाई फिर्ता ल्याउनु पर्छ” थ्री ए डब्ल्यु सँगको कुराकानीमा उनले भने ।

आउँदो डिसेम्बर सम्म करिब २६ हजार सात सय मानिसलाई अस्ट्रेलिया फिर्ता गरिसक्ने प्रधानमन्त्रीको योजना रहेको छ ।

“अस्ट्रेलियाले फसेकाहरूलाई घर फिर्ता गर्न सक्दो प्रयास गरिरहेको छ । ” बिहीबार क्यानबेरामा पत्रकारहरू सँग उनले भने ।

गत मार्च देखि हाल सम्म ४ लाख २६ हजार अस्ट्रेलियालीहरू घर फर्किसकेको सरकारको तथ्याङले देखाएको छ ।

भिक्टोरियाले २८ औ दिन सम्म पनि कोरोना मुक्त रहन सफल भएपछि आउँदो डिसेम्बर ७ देखि अन्तर्राष्ट्रिय आगमन लाई स्वीकार गर्ने भएको छ ।

अन्य राज्यहरूले पनि क्वारीनटीन क्षमतालाई हालसालै वृद्धि गरेका छन् ।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now