SKIP TO MAIN CONTENT

निर्वाचन परिणाम निर्वाचनको रात नै आउँछ :मन केसी

एनआरएनए अस्ट्रेलियाको राष्ट्रिय निर्वाचन आयुक्त रहेका मन केसीले निर्वाचन मत परिणाम मतदान सकिएको केहि घण्टामा नै आउने बताएका छन्।

nrna election 2019_nrna australia_nepali in election_nepali voters
Source: sbs nepali

3 min read

Published

Updated

By Sunita Pokharel



Skip to article content

मतदान सकिएको ३ घण्टा केहि प्रक्रियागत कामहरू हुने कारण राति ९:३० देखि १० बजेसम्ममा नतिजा आउने मन केसीले जानकारी दिएका छन्।

मन केसी सँग गरिएको कुराकानी सुन्न माथिको मिडिया प्लेयरमा प्ले बटन थिच्नुहोस

गैर नेपाली आवासीय सङ्घ अस्ट्रेलियाको निर्वाचन यही जुलाई ६ मा हुन गइरहेको छ। १० हजार बढी सङ्ख्यामा सङ्घमा दर्ता भएका सदस्यहरूले यो निर्वाचनमा आफ्नो मताधिकार प्रयोग गर्न सक्नेछन्। 

शनिवारको निर्वाचनमा सदस्यहरूले मत हाल्नको लागी अनिवार्य रूपमा सङ्घमा दर्ता भएको फोन नम्बर सहितको मोबाइल फोन लानू पर्नेछ।

एक व्यक्तिले एक मत मात्र दिउन् भन्ने सुनिश्चित गर्न यो यस वर्षको निर्वाचन देखि अनिवार्य मोबाइल फोन हुनु पर्ने व्यवस्था ल्याइएको एनआरएनए अस्ट्रेलिया निर्वाचन २०१९ का राष्ट्रिय निर्वाचन आयुक्त मन केसीले बताएका छन्।

NRNA Australia logo
Source: NRNA Australia

"पहिलेको हाम्रो समस्याहरू गलत मान्छेले गएर मत दिएको हो कि भन्ने, प्रमाणित भएको कुरा होइनन्, मानिसहरूको शङ्का आएका कारण ती कुराहरूलाई हटाउन मोबाइल र परिचय खुलाउने अनिवार्य गराएका छौँ।"

उम्मेदवारी बारे 

स्वीकृति पाएका सामान्य र आजीवन सदस्य सङ्ख्या ११ हजार ५ सय ९९ र सहायक सदस्य सङ्ख्या ६१ रहेको गैर आवासीय नेपाली सङ्घ अस्ट्रेलियाको निर्वाचनमा राष्ट्रिय समितिका २० पदका लागी ४३ जनाको उम्मेदवारी परेको छ।

त्यस्तै राज्य तथा टेरिटोरी समितिका विभिन्न २०९ पदका लागी अहिले लगभग ४२० जना जति उम्मेदवार भएको मन केसीले जानकारी दिएका छन्।

एनआरएनएले प्रकाशन गरेको उम्मेदवारहरूको अन्तिम नामावलीमा सबैभन्दा बढी उम्मेदवारी दिनेमा ७६ जनाका साथ न्यु साउथ वेल्स राज्य पहिलो स्थानमा रहेको छ छ।

सबैभन्दा कम उम्मेदवारी परेको तास्मेनियामा १० जनाको कार्य समिति रहेकोमा सम्पूर्ण पदहरू निर्विरोध रहेका छन्।

त्यस्तै पश्चिम अस्ट्रेलिया ४८, भिक्टोरियामा ४७, क्विन्सल्याण्डमा ३८ उम्मेदवारहरू चुनावी दौडमा रहेका छन् भने दक्षिण अस्ट्रेलिया र अस्ट्रेलियन क्यापिटल टेरिटोरी दुवैमा ३६ जनाले आफ्नो उम्मेदवारी दिएका छन्।

तास्मेनियामा जस्तै सम्पूर्ण पदका लागी निर्विरोध उम्मेदवारी परेको नर्दर्न टेरिटोरीमा १४ जनाको नामावली प्रकाशित गरिएको छ।

राष्ट्रिय समितिमा अध्यक्ष पदको लागी दोस्रो चरणको नामावली प्रकाशन गर्दासम्म तिन जना उम्मेदवारहरूको नाम आएको भए पनि नन्द गुरुङले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि केशव राज कँडेल र दिनेश पोखरेल मात्र अब चुनावी मैदानमा उत्रने छन्।

एनआरएनए अस्ट्रेलियाको राष्ट्रिय निर्वाचन आयुक्त मन केसी अहिलेसम्म उम्मेदवारहरू द्वारा गरिएको निर्वाचनका आचार सहिता पालना सन्तोषजनक रहेको बताउँछन्।

"लगभग ८२ वटा एनसीसीहरू विश्वभर भएकोमा सबैभन्दा ठुलो एनसीसी अस्ट्रेलिया भएको हुनाले सबको आँखाहरू हाम्रा चालहरू तथा क्रियाकलापहरूमा छन्।"

सरोकारवाला पक्षहरूले सामाजिक संजालमा भएका केहि गतिबिधिहरूबारे आफूहरूको ध्यानाकर्षण गराउने गरेको केसी बताउँछन्।

"त्यस्तो कुराहरूमा हामीले प्रत्यक्ष सम्बन्धित उम्मेदवारहरूलाई सम्पर्क गर्ने गर्छौं। र यो चाही सहि भएन भनेर सचेत गराउछौं।"

मतदाता बारे 

2019 federal election
Source: sbs nepali

सहरी क्षेत्रमा रहेका सङ्घका सदस्यहरूले शनिवार उल्लिखित मतदान केन्द्रमा नै गएर मत हाल्नु पर्नेछ भने ग्रामीण क्षेत्रमा रहेकाले अनलाइन मार्फत पनि मतदान गर्न सक्नेछन् ।

मतदाताले मतदान केन्द्रमा जाँदा आफ्नो परिचय खुलाउने कागजातहरू लिएर जानु पर्ने छ जस अन्तर्गत तलका ३ मध्ये एक हुनु पर्नेछ।

१. मेडिकेयर कार्ड, चालक अनुमति पत्र/ उमेर खुलाउने फोटो आइडी

२. अस्ट्रेलियाली राहदानी

३. भिसा दिइएको प्रमाण, चालक अनुमति पत्र र राहदानी

साथै एनआरएनए मा दर्ता भएको मोबाइल फोन लानु पर्ने निर्वाचन आयुक्त मन केसीले बताए।

मतदान गर्न कम्प्युटरमा लगइन गर्न दर्ता भएको मोबाइल नम्बरमा एक प्रमाणीकरण कोड पठाइने र त्यो कोड हालेपछि मात्र मतदान गर्न पाइने हुन्छ।

पश्चिम अस्ट्रेलिया बाहेक अन्य सबै राज्य तथा तेरिटोरीहरूमा स्थानीय समय अनुसार बिहान ८:३० देखि दिउसो ५ बजे सम्म मत हाल्न सकिने निर्वाचन आयुक्त केसीले बताए।

पश्चिम अस्ट्रेलियामा भने त्यहाँको स्थानीय समय अनुसार बिहान ८ बजे सुरु भई दिउसो ४:३० मा निर्वाचन सकिने छ।

अनलाइन मतदाताहरूले अस्ट्रेलियन स्ट्यान्डर्ड टाइम (सिड्नी,मेलबर्न समय) अनुसार ८:३० देखि ५ बजे सम्ममा मत हालिसक्नु पर्नेछ।

 

 


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now