Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

न्यु साउथ वेल्समा कोरोना प्रतिबन्धहरूमा हेरफेर

भवन भित्र र बाहिर हुने जमघटहरूको सङ्ख्या बढाइएको छ भने सामाग्री खरिद गर्न पसलहरूमा जाँदाको अनिवार्य मास्क प्रयोगको नियमलाई पनि हटाइने भएको छ ।

People wearing face masks are seen at Tullamarine Airport in Melbourne, Friday, January 8, 2021
People wearing face masks are seen at Tullamarine Airport in Melbourne, Friday, January 8, 2021 Source: AAP

विगत १० दिन यता लगातार शून्य सङ्क्रमण देखिएको न्यु साउथ वेल्समा शुक्रवार देखि प्रतिबन्धहरूमा हेरफेर हुने भएको छ ।

गएको २४ घण्टामा शून्य सङ्क्रमण रहँदा राज्यका नियमहरूमा फेरबदल हुने भएको हो ।

भवन भित्र र बाहिर हुने जमघटहरूको सङ्ख्या बढाइएको छ भने सामाग्री खरिद गर्न पसलहरूमा जाँदाको अनिवार्य मास्क प्रयोगको नियमलाई पनि हटाइने भएको छ ।

राज्यकी प्रिमीयर ग्लेडीज बेरीजिक्लीयनले शुक्रवार देखि लागु हुने गरी ३० जना सम्म पाहुना घरमा बोलाउन सकिने बताइन् ।

यसै गरी पिकनिक तथा घर बाहिर हुने भेटघाटका कार्यक्रममा ५० जना सम्म भेला हुन पाउनेछन् ।

यसै गरी विवाह र अन्त्येष्टि समारोहमा ३ सय जना सम्म मानिसहरू भेला हुन पाउने भएका छन् ।

धार्मिक स्थल एवम् कर्पोरेट इभन्टेस्,आतिथ्य व्यवसाय लगायतमा भने यस अघिका भेला हुन पाउने सीमालाई हटाइएको छ ।

यद्यपि प्रति व्यक्ति चार वर्ग मिटरको दुरी भने कायम हुनु पर्ने प्रिमीयरले बताइन ।

प्रतिव्यक्ति चार वर्ग मिटरको दुरीलाई कम गरी दुई वर्ग मिटरमा झार्ने सम्बन्धी निर्णय केही हप्तामा गर्न सकिने पनि उनले बताइन् ।

“सार्वजनिक यातायातमा मास्कको प्रयोग अनिवार्य छ,यद्यपि पसलहरूमा भने समाजीक दुरी कायम गर्न नसकिने अवस्थामा मास्कको प्रयोग गर्न सुझाव दिइन्छ । ” प्रिमीयरले भनिन् ।

“हामी सँग अस्ट्रेलियाको सबैभन्दा बलियो क्वारीनटीन प्रणाली छ यद्यपि जति बलियो वा उत्तम प्रणाली भए पनि प्रकोपको जोखिम रहन्छ ।” उनले भनिन् ।

मास्क प्रयोग सम्बन्धी नियममा भने खुद्रा पसल जाँदा अनिवार्य नगरिने भएको छ ।

यद्यपि पब भित्रका गेमीङ जोन, धार्मिक स्थलहरूमा जाँदा र आतिथ्य व्यवसायमा ग्राहक सँग प्रत्यक्ष सरोकार राख्ने कर्मचारीले भने मास्क अनिवार्य लगाउनु पर्नेछ ।

सार्वजनिक यातायातमा पनि मास्कको प्रयोग अनिवार्य गरिएको छ ।

यसैबिच ढलको फोहर पानीमा कोभिड–१९ का अंशहरू भेटिएपछि सिड्नीको दक्षिण पश्चिमी क्षेत्रका बासिन्दाहरूलाई कोरोनाका लक्षणहरूका बारेमा ख्याल राख्न र जँचाउन आग्रह गरिएको छ ।

गएको २४ घण्टामा १० हजार मानिसले कोभिड–१९ को जाँच गराएकोमा यसलाई बढाउनु पर्नेमा प्रिमीयरले जोड दिएकी छन् ।

 

अस्ट्रेलियामा बसोबास गर्ने मानिसहरू घर बाहिर हिँड्दा, अरू मानिसहरूबाट कम्तीमा १.५ मिटर टाढा रहनुपर्दछ। भेला हुने सङ्ख्या बारे तपाईँको राज्य वा प्रदेशमा हाल कायम व्यवस्था बारे जान्न थप जानकारी यहाँ उपलब्ध छ।

कोरोनाभाइरसद्वारा सङ्क्रमित भएको आशङ्का लागेमा मानिसहरूले सर्वप्रथम आफ्नो डाक्टर (जीपी)लाई वा राष्ट्रिय कोरोनाभाइरस स्वास्थ्य जानकारी हटलाइन - १८०० ०२० ०८० मा फोन गर्नुपर्छ।

यदि तपाईँलाई सास फेर्न गाह्रो महसुस भयो वा आपतकालिन स्वास्थ्य समस्या उत्पन्न भएको खण्डमा ००० (ट्रिपल जिरो)मा कल गर्नुहोस्।

तपाईँको राज्य वा क्षेत्रका लागि सान्दर्भिक निर्देशनहरू हेर्नुहोस् । न्यू साउथ वेल्स, भिक्टोरिया, क्विन्सल्याण्ड, वेस्टर्न अस्ट्रेलिया, नदर्न टेरीटरी, एसीटी, तास्मेनिया।


2 min read

Published

Updated

By SBS Nepali

Source: SBS




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now