न्यु साउथ वेल्समा कोभिड-१९ प्रतिबन्ध कसरी सहज हुँदै छ?

न्यु साउथ वेल्स बासिन्दाहरूका लागि कोभिड-१९ सम्बन्धी प्रतिबन्धहरू बिस्तारै खुकुलो हुँदै छन्। राज्य सरकारका अनुसार “थप स्वतन्त्रता” तर्फ बढ्दै जाने यो पहिलो कदम हो।

COVID-19 easing of restrictions

Source: AAP

न्यु साउथ वेल्स सरकारले खोपका लागि योग्य बासिन्दाहरूको ७० र ८० प्रतिशतद्वारा पूर्ण रूपमा खोप लगाइसकेपछि प्रतिबन्धहरू अझै खुकुलो पारिने बताउँदै आएको छ।

हाल बृहत् सिड्नी लगायत ब्लु माउन्टेन्स र वलङगङ काउन्सिल क्षेत्रमा बसोबास गर्ने मानिसहरूले “स्टे-एट-होम” वा अत्यावश्यक अवस्थामा बाहेक घरमा नै बस्नु पर्ने नियम लागू छ।

तर, खोप दर बिस्तारै उकालो लाग्दै गर्दा भने प्रतिबन्धहरू केही खुकुलो पारिँदै छन्।

सिड्नीका १२ काउन्सिल क्षेत्र

न्यु साउथ वेल्सको स्वास्थ्य विभागले अति कोरोना प्रभावित भनेर १२ काउन्सिल क्षेत्रलाई तोकेको छ।

१३ सेप्टेम्बर २०२१ देखि यी १२ काउन्सिल क्षेत्र बाहिर बस्ने राज्यवासीहरू जसले कोभिड-१९ विरुद्ध उपलब्ध खोपको दुवै मात्रा लगाएका छन्, उनीहरूलाई घर बाहिर खुल्ला स्थानमा पाँच जनासम्म (बालबालिका बाहेक)को समूहमा भेला हुन छुट छ।

तर यसो गर्दा कि ती मानिसहरूले आफ्नै काउन्सिल क्षेत्र भित्रैकै कुनै स्थान चयन गर्नुपर्ने छ नभए आफ्नो घरभन्दा पाँच किलोमिटरको दुरी भित्र पर्ने ठाउँ।

आफू बसेबाट पाँच किलोमिटरको परिधि कहाँसम्म छ त भनेर जान्न चाहनुहुन्छ भने तलको नक्साको “Search address” लेखेको बक्सामा आफ्नो घर भएको सडकको नाम हालेर हेर्नुहोस्।

“चिन्ताका स्थानीय सरकार क्षेत्र” भनेर पनि परिचित ती १२ काउन्सिल क्षेत्रमा बसोबास गर्ने मानिसहरूका हकमा भने घरका सबै वयस्कहरू खोपको दुवै मात्रा लगाइसकेको अवस्थामा बाहिर भेला हुन पाउने नियम हाल लागू गरिएको छ। पिकनिक लगायतका मनोरञ्जनात्मक क्रियाकलापमा छुट रहेता पनि हाल लागू व्यवस्था जस्तै कि घर बाहिर १ घण्टा मात्रै बिताउन पाउने, पाँच किलोमिटरको परिधि आदिमा भने छुट दिइएको छैन।

साथै, यसरी घरबाट बाहिर निस्कँदा तपाईँसँग हरदम खोप लगाएको प्रमाण हुनुपर्नेछ।

LGAs of concern in Greater Sydney COVID-19
There are 12 Local Government Areas (LGAs) of concern in Greater Sydney including some suburbs in Penrith. Source: SBS

रिजनल न्यु साउथ वेल्स

क्षेत्रीय तथा दुर्गम न्यु साउथ वेल्सका कम जोखिममा रहेका भनेर परिभाषित र कम्तीमा पनि १४ दिनसम्म कुनै पनि कोभिड-१९ सङ्क्रमण पुष्टि नभएका स्थानहरू गत ११ सेप्टेम्बरदेखि लकडाउन मुक्त भएका छन्।

यद्यपि ती स्थानहरूमा अन्य प्रतिबन्धहरू भने यथावतै छन्।

“स्टे-एट-होम” आदेश हटाइएको रिजनल न्यु साउथ वेल्सका काउन्सिल क्षेत्रहरुमा:

  • पाँच जनासम्म पाहुनाहरू घरमा आउन सक्नेछन् र यो सङ्ख्यामा १२ वर्ष मुनिका बालबालिकाहरू गन्नु पर्दैन,
  • घर बाहिर कुनै खुल्ला स्थानमा हुने जमघटमा २० जनासम्म सरिक हुन सक्नेछन् र
  • केही प्रतिबन्धहरूका साथ क्याफे, रेस्टुरेन्ट, पब लगायतका हस्पिट्यालिटी सेवा प्रदान गर्ने व्यवसायहरू, खुद्रा पसल अनि जीम सञ्चालन हुन सक्नेछन्। 
Map showing Metropolitan Sydney
Map showing Metropolitan Sydney Source: NSW Government

खोप दर ७० र ८० प्रतिशत पुग्दा हट्ने थप प्रतिबन्धहरू

न्यु साउथ वेल्स सरकारले राज्यको खोप दर ७० र ८० प्रतिशतको कोशे ढुङ्गा पुगे पछि पूर्ण मात्रा खोप लगाउने मानिसहरूका लागि प्रतिबन्धहरू थप खुकुलो हुँदै जाने बताउँदै आएको छ।

सरकारका अनुसार ७० प्रतिशत जनसङ्ख्याले खोपको दुवै मात्रा लगाइसकेपछि, पूर्ण रूपमा खोप लगाउने मानिसहरूका लागि पारिवारिक, औद्योगिक, सामुदायिक र आर्थिक प्रतिबन्धहरूमा केही राहत प्रदान गरिनेछ।

“न्यु साउथ वेल्सले ७० प्रतिशत लक्ष्य प्राप्त गरेपछिको सोमवारदेखि खोपको दुवै मात्रा लगाउने वयस्कहरूका निमित्त स्टे-एट-होम आदेश हट्ने छ,” राज्य सरकारले भनेको छ।

न्यु साउथ वेल्सको कोभिड-१९ प्रतिबन्धहरूबाट बाहिर आउने मार्गचित्रका अनुसार पूर्ण रूपमा खोप लगाउने मानिसहरूका अलावा स्वास्थ्यका कारण छूट पाएका मानिसहरूले मात्रै “स्वतन्त्रता” अनुभव गर्न सक्नेछन्।

असी प्रतिशत न्यु साउथ वेल्सवासीहरूले खोपको दुवै मात्रा लगाइसकेपछि भने थप प्रतिबन्धहरू हटाउने राज्य सरकारले बताएको छ।

तर ती के-के हुनेछन् भनेर आफूहरूले थप गृहकार्य गरिरहेको पनि सरकारी भनाई छ।

Greater Sydney, Central Coast, Shellharbour, Blue Mountains and Wollongong
Greater Sydney, Central Coast, Shellharbour, Blue Mountains and Wollongong, showing where restrictions applied. Source: NSW Government

क्वारेन्टिन, यात्रा, परीक्षण क्लिनिकहरू र महामारी विपद् भुक्तानी

क्वारेन्टिन लगायत परीक्षण राज्य र प्रादेशिक सरकारहरूद्वारा व्यवस्थापन तथा लागू गरिन्छन्। 

यदि तपाईँ विदेश भ्रमणमा जान चाहनुहुन्छ भने छूटका लागि अनलाइन नै निवेदन हाल्न सक्नुहुनेछ। अस्ट्रेलियाबाट प्रस्थान गर्ने बारे थप जानकारीका लागि यहाँ जानुहोस्

अन्तर्राष्ट्रिय उडान सम्बन्धी नियमहरू नियमित रूपमा सरकारले समीक्षा गर्ने गरेको छ। यस बारे अद्यावधिक जानकारी स्मार्ट ट्राभेलर वेबसाइट मार्फत प्राप्त गर्न सक्नुहुन्छ।


कोभिड-१९ सम्बन्धी पछिल्ला समाचार तथा जानकारी ६० भन्दा बढी भाषामा यहाँ उपलब्ध छ

तपाईँको राज्य वा क्षेत्रका लागि सान्दर्भिक निर्देशनहरू हेर्नुहोस्: न्यु साउथ वेल्सभिक्टोरियाक्वीन्सल्यान्डवेस्टर्न अस्ट्रेलियासाउथ अस्ट्रेलियानर्दर्न टेरिटरीएसीटीटास्मेनिया ।

नेपाली भाषामा कोरोनाभाइरस विरुद्धको खोप बारे जानकारी यहाँ उपलब्ध छ


न्यु साउथ वेल्स सरकारद्वारा उल्था गरिएका कोभिड-१९ खोप शब्दावली र अपोइन्टमेन्ट सम्झाउने अनलाइन एप


प्रत्येक राज्य तथा प्रदेशमा रहेका परीक्षण क्लिनिकहरू

महामारी विपद् भुक्तानी बारे राज्य तथा प्रादेशिक जानकारी

कोभिड-१९ डिजास्टर पेमेन्ट भनिने कोरोनाभाइरस विपद्का बेला साप्ताहिक हुने भुक्तानी सङ्घीय सरकारद्वारा हटस्पट भनी पहिचान गरिएका स्थानका योग्य बासिन्दाहरूका लागि उपलब्ध छ।

यस बारे थप जानकारी ६० भन्दा बढी भाषाहरूमा यहाँ पाउन सकिन्छ र बहुभाषिक टेलिफोन सेवाका लागि १३१ २०२ मा फोन गर्न सकिन्छ।


Share

4 min read

Published

Updated

Source: SBS




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now