SKIP TO MAIN CONTENT

न्यु साउथ वेल्स चुनाव: १२ वर्षको गठबन्धन सरकारलाई हराउँदै लेबर बहुमतको सरकार बनाउने सम्भावनाको नजिक

लेबर नेता क्रिस मिन्स न्यु साउथ वेल्स राज्यका आगामी प्रिमियर बन्ने निश्चित भएको छ। लेबरको बहुमतको सरकार बन्ने देखिँदा १२ वर्ष सत्तामा रहेको गठबन्धन कार्यकालको अन्त्य हुने भएको हो।

CHRIS MINNS FERRY PRESSER
NSW Labor Leader Chris Minns (2nd from left) with NSW Shadow Treasurer Daniel Mookhey, NSW Shadow Minister for Transport Jo Haylen, NSW Labor candidate for Balmain Philippa Scott and union delegates speaks to the media during a press conferenceover looking the Balmain shipyards and Sydney ferries including the Clontarf in Sydney, Wednesday, February 8, 2023. Source: AAP / DEAN LEWINS/AAPIMAGE

2 min read

Published

Updated

Source: SBS


Skip to article content

प्रिमियर डोमिनिक पेरोटेले फोन गरेर आफ्नो हार स्विकार्दै क्रिस मिन्सलाई जितको लागि बधाई दिएका छन्।

मतदाताहरूको निर्णयलाई स्विकार्ने भन्दै पेरोटेले भने, "न्यु साउथ वेल्सका महान जनताले आज राति यस राज्यमा लेबर सरकारलाई निर्वाचित गर्ने निर्णय गरेका छन्, र यो निर्णयलाई हामी सम्मान गर्छौँ"

बहुमतको सरकार बनाउन ४७ सिट चाहिनेमा एबीसीको प्रक्षेपणका अनुसार ५० सिटसम्म लेबरको नाममा जाने देखिएको छ।

दुई पार्टी रोज्ने प्रणाली अन्तर्गत लेबरको पक्षमा ६.४ प्रतिशतको स्विङ्ग भएसँगै राज्यमा लेबर सरकार बन्ने निश्चित भएको विश्लेषकहरूको ठम्याई थियो।

Volunteers seen at Campbelltown voting centre.
Source: SBS / Sunita Pokharel

पेरोटे चौथो कार्यकालका लागि गठबन्धन सरकारलाई निरन्तरता दिने प्रयासमा थिए।

यता निकै लामो समय प्रतिपक्षमा बसेको लेबर दलका तर्फबाट क्रिस मिन्सले राज्यको यस पटक नेतृत्व गर्ने मौका खोजिरहेका थिए।

प्रिमियर डोमिनिक पेरोटे १८ महिना अघि न्यु साउथ वेल्सका प्रिमियर बनेका थिए।

तत्कालीन प्रिमियर ग्लाडिस बेरिजिक्लियनले भ्रष्टाचार विरुद्धको स्वतन्त्र आयोग (आइक्याक) द्वारा आफू माथि अनुसन्धान गरिने खुलासा गरेपछि राजीनामा दिए पछि डोमिनिक पेरोटे १८ महिना अघि न्यु साउथ वेल्सका प्रिमियर बनेका थिए।

पेरोटेले जनताको मत जित्न ऊर्जा सम्बन्धी राहत कार्यक्रम र बालबालिकाको भविष्यका लागि लगानी गर्ने वाचा गरेका थिए।

क्रिस मिन्सले जनता माथिको आर्थिक भारलाई कम गर्न पनि सरकार परिवर्तन हुनु पर्ने धारणा राखेका थिए भने आफ्नो पार्टीको नीतिहरू यस समयमा न्यु साउथ वेल्सले सामना गरिरहेका चुनौतीहरूलाई ध्यानमा राखेर ल्याइएको बताएका थिए।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now