न्यु साउथ वेल्स: यो वर्षमा हालसम्म ४ शिशुको मेनिञ्जोकोकलबाट मृत्यु

सोमबार एक नवजात शिशुको मेनिञ्जोकोकलका कारण मृत्युसँगै यो वर्ष उक्त रोगका कारण न्यु साउथ वेल्समा मात्रै ज्यान गुमाउने शिशुहरूको सङ्ख्या चार पुगेको छ।

Tasmania has become the first Australian jurisdiction to make gender optional on birth certificates.

Source: Press Association

गत हप्ता न्यु साउथ वेल्स राज्यको न्यु इंग्ल्याण्ड क्षेत्रमा एक नवजात शिशुको मृत्यु मेनिञ्जोकोकलबाट भएको अधिकारीहरूले सोमबार पुष्टि गरेका छन्।

यो घटना सहित, राज्यको हन्टर तथा न्यु इंग्ल्याण्ड क्षेत्रमा मात्रै, यो वर्ष उक्त रोगका कारण चार शिशुहरूको मृत्यु भइसकेको छ।

सार्वजनिक स्वास्थ्य चिकित्सक डेभिड डर्हेमले उक्त रोगका कारण ज्यान गुमाउने ती शिशुको परिवारलाई समवेदना व्यक्त गरेका छन्।

उनीद्वारा जारी एक विज्ञप्तिमा भनिएको छ, “यो निकै दुखद घटना हो र हामी ती शिशुका परिवारजनहरू प्रति समवेदना प्रकट गर्दै उनीहरूप्रति सहानुभूति व्यक्त गर्दछौँ।”

A baby holding the finger of its mother
A baby holding the finger of its mother Source: AAP

डा. डर्हेमका अनुसार उक्त रोगलाई अझ फैलन नदिन ती शिशुका आफन्तजनहरूलाई औषधोपचार गरिसकिएको छ।

उनका अनुसार मेनिञ्जोकोकल वर्षको कुनै पनि समय लाग्न सक्छ तर प्राय गरेर जाडो याम पछि आउने वसन्त ऋतुको बखत धेरै देखिन्छ।

“नवजात शिशु, कलिला बाल-बालिका लगायत किशोरहरूलाई धेरै सताउने यो रोगले अन्य उमेरका मानिसहरूलाई पनि सताउन सक्छ,” उनी भन्छन्।

मेनिञ्जोकोकल खासमा हो के?

ब्याक्टेरियाका कारण फैलने मेनिञ्जोकोकलका जीवाणुहरू, मानिसका शरीरभन्दा बाहिर धेरै बेर जीवित रहन नसक्ने कारण यो रोग रुघा-खोकी जस्तो सजिलैसँग नसर्ने बताइएको छ।

चिकित्सकहरूका अनुसार एक्कासि ज्वरो आउने, टाउको दुख्ने, रिँगटा लाग्ने र झुम्म पार्ने यसका सुरुवाती लक्षणहरू हुन्।

त्यसपछि, गर्धन यता-उता गर्न अप्ठेरो हुने, उज्यालो बत्ती मन नपर्ने र छालामा रातो-प्याजी रङ्गका दागहरू भटाभट देखिन थाल्ने पनि उनीहरूको भनाई छ।

साथै, शिशुहरूको हकमा भने यो रोग लागेपछि उनीहरूमा चिढचिढाहट बढ्दै जाने, खान नमान्ने र असामान्य किसिमले रुने पनि बताइएको छ।

यसबारे थप जानकारी यहाँ पाउन सकिन्छ।

चिन्तित सरकार

सजिलै नसर्ने र न्यु साउथ वेल्स राज्यमा साधरणतया नदेखिने भएता पनि गत साल एकै महिनामा म्क्वारी विश्वविद्यालयमा अध्यनरत एक १९ वर्षीया युवतीको गसफर्ड अस्पतालमा र एक ३८ वर्षीया महिलाको हन्टर न्यु इंग्ल्याण्ड क्षेत्रमा मेनिञ्जोकोकलका कारण मृत्यु भएपछि राज्य सरकार माथि यसबारे आवश्यक कदमहरू चाल्न दबाब परेको थियो।

त्यसो त, गत वर्षको जुलाई महिनामा सङ्घीय सरकारले शिशुहरूका निम्ति भनेर मेनिञ्जोकोकलका ए, डब्लु, र वाई वर्ग विरुद्ध लड्ने खोपहरू आफ्नो राष्ट्रिय खोप कार्यक्रमको दायरा भित्र पारिसकेको छ।

सन् २००३ देखि नै मेनिञ्जोकोकल सी विरुद्धको खोप उक्त कार्यक्रम अन्तर्गत शिशुहरूका निम्ति उपलब्ध रहेको छ।

साथै, यस रोगको बढ्दो प्रभावलाई दृष्टिगत गरेर सङ्घीय सरकारले सन् २०१७ देखि बढी उमेरका माध्यमिक तहका विद्यार्थीहरूलाई पनि मेनिञ्जोकोकल ए, सी, डब्लु र वाई विरुद्धका खोपहरू निःशुल्क उपलब्ध गराएको छ।


Share

2 min read

Published

Updated

By SBS Nepali

Source: AAP, SBS




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now