मन्त्री माथि लागेको कथित बलात्कारको आरोपबारे छानबीन अगाडी नबढ्ने प्रहरी घोषणा

न्यु साउथ वेल्स प्रहरी द्वारा संघीय मन्त्रीमण्डलका एक सदस्य माथि लागेको कथित बलात्कारको आरोपमा पर्याप्त प्रमाण नरहेको कारण छानबीन अगाडी नबढ्ने घोषणा गरिंदा, उक्त मामिलामा प्रधानमन्त्री स्कट मोरिसनले आफ्नो जिम्मेदारी पन्छाउन खोजेको आरोप लगाइएको छ।

Prime Minister Scott Morrison delivers the Royal Commission Report into Aged Care during a press conference at Kirribilli House in Sydney, Monday, March 3, 2021. (AAP Image/Dean Lewins) NO ARCHIVING

Prime Minister Scott Morrison during a press conference at Kirribilli House in Sydney, Monday, March 3, 2021. Source: AAP

सन् १९८८ सालमा भएको भनिएको एक कथित बलात्कारको आरोपबारे छानबीन गर्न चाहिने "पर्याप्त स्वीकार गर्न सकिने प्रमाण नरहेका कारण" उक्त छानबीन अगाडी नबढ्ने घोषणा अगाडी नबढ्ने घोषणा न्यु साउथ वेल्स प्रहरी द्वारा गरिएको छ।

हाल मोरिसन सरकारमा मन्त्री रहेका भनिएका एक व्यक्ति माथि ३० वर्ष भन्दा बढी समय अगाडी, सो समयमा १६ वर्ष कि रहेकी भनिएकी, एक किशोरीको कथित बलात्कार गरेको आरोप रहेको छ। यो आरोप पुर्व लिबरल कर्मचारी ब्रिटनी हिग्गीन्सको भन्दा फरक हो।

उक्त महिलाले आफु माथि भएको घटनाबारे गत वर्ष न्यु साउथ वेल्स प्रहरीलाई जानकारी गराएको तर त्यसपछि उक्त मामिलालाई अगाडी बढाउँन आफुले नचाहेको पनि बताइएको प्रहरीको भनाइ छ।

सन् २०२० को जून महिनामा उनले आत्महत्या गरेपछि, कथित बलात्कारबारे छानबीन पनि रोकिएको न्यु साउथ वेल्स प्रहरीले बताएको छ।

सोमबार यस विषयबारे पत्रकारहरुको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री स्कट मोरिसनले आरोपित मन्त्रीसंग आफुले कथित घटनाबारे कुरा गरेको, र उक्त मन्त्रीले उक्त आरोप "पूर्ण रूपमा खण्डन गरेको" पनि बताएका थिए।

New South Wales Police badge.
New South Wales Police Source: AAP/Dean Lewins

यसैक्रममा, मङ्गलबार एक विज्ञप्ति मार्फत न्यु साउथ वेल्स प्रहरीले भनेको छ कि "मृत्यु भन्दा अगाडी सम्बन्धित महिला द्वारा तयार पारिएको दाबि गर्ने एक व्यक्तिगत विवरण" प्राप्त भएपछि प्रहरी द्वारा कानूनी परामर्श लिइएको थियो।

"न्यु साउथ वेल्स प्रहरीलाई प्रदान गरिएका जानकारीका अधारमा, "छानबीनलाई अगाडी बढाउँन, स्वीकार गर्न मिल्ने पर्याप्त प्रमाण रहेको छैन", विज्ञप्तिमा भनिएको छ।

"यस कारण, उक्त केस अब बन्द भएको न्यु साउथ वेल्स प्रहरी बलको ठहर छ।"

कथित बलात्कार बारे पिडीत महिला द्वारा लेखिएको भनिएको एक पत्रलाई प्रधानमन्त्री स्कट मोरिसनका साथै बिपक्षी लेबर पार्टी कि वरिष्ठ नेत्री पेनी वोंग, र ग्रीन्स पार्टी कि सभासद सारा ह्यान्सन - यंगलाई पनि पठाइएको थियो।

गत सोमबार प्रधानमन्त्रीले आफुलाई उक्त पत्रबारे जानकारी गराइएको बताएका थिए, तर आफुले उक्त पत्र पढेको वा नपढेको बारे चाहिं उनले पुष्टि गरेनन्।

साथै, आरोपित मन्त्रीलाई पद बाट हटाइनु पर्ने भनि गरिएका मागहरुलाई पनि उनले अस्विकार गर्दै, उक्त आरोपबारे काम गर्ने जिम्मा प्रहरीको रहेको मोरिसनले बताए।

"कानूनको शाशन रहेको यो देशमा यस्ता मामिलाहरु संघीय प्रहरी समक्ष बुझाइनु उपयुक्त रहेको छ - र बुझाइदै पनि आएको छ। यस्ता संवेदनशील मामिलाहरुबारे गम्भीरतापूर्वक रूपमा कदम चाल्ने उनिहरुनै अनुमति प्राप्त र सक्षम मानिसहरु हुन्", उनले भने।

A file photo of former prime minister Malcolm Turnbull.
A file photo of former prime minister Malcolm Turnbull. Source: AAP

अर्को तर्फ पूर्व लिबरल प्रधानमन्त्री म्याल्कल्म टर्नबुल ले चाहिं आरोपित मन्त्रीले सार्वजनिक रूपमा अस्ट्रेलियालीहरु समक्ष आफ्नो पहिचान गराउनुपर्ने बताएका छन्।

एबीसीसंगको कुराकानीमा उनले भने, "यदि उक्त व्यक्तिले आफु माथि लागेको आरोपबारे प्रधानमन्त्री समक्ष कडा रूपमा बचाउ गरेका छन् भने, उनले त्यसरीनै देशवासीहरु समक्ष आरोपको खण्डन गर्नु पर्दछ।"

साथै स्कट मोरिसनले उक्त मामिला प्रहरीको जिम्मा भएको अडान व्यक्त गर्नुले उनले आफ्नो मन्त्रीमण्डलका सदस्यहरु बारे "जिम्मेदारी प्रहरी समक्ष बुझाएको" पनि टर्नबुलले आरोप लगाए।

लेबर नेता एन्थनी अल्बनेजीले उक्त मामिलाका साथ् सरकार माथि अब "कालो बादल मण्डराइ रहेको" बताएका छन्।

"उक्त मन्त्री आफ्नो पदमा कायम रहिरहनु उपयुक्त हुनेबारे स्कट मोरिसनले आफुलाई नै सन्तुष्ट बनाउनुपर्ने छ", पत्रकारहरुलाई उनले बताए।

"उक्त महिलाको मृत्यु कस्तो परिस्थितिमा भएको बारे कोरोनर द्वारा छानबीन गरिन्छ वा अन्य कुनै प्रकारको जांच हुन्छ, सो मामिलाको समाधान नभए सम्म, उक्त विषय आफै हराउने सोंच प्रधानमन्त्रीले बनाउनु उपयुक्त हुनेछैन।"

Parliament Canberra
Parliament House at night. Source: SBS

गत दुई हप्ता देखि क्यानबेरा स्थित संघीय संसद भवनमा महिलाहरु माथि हुने व्यवहार समाचारहरुमा व्यापक चर्चा जारी रहेका छन्।

केहि वर्ष अगाडी तत्कालिन रक्षा मन्त्रीको कार्यालयमा आफ्नो कथित बलात्कार भएको बारे लिबरल पार्टी कि पुर्व कर्मचारी ब्रिटनी हिग्गीन्सले सार्वजनिक रूपमा बताइएपछि अन्य महिलाहरुले पनि आफु माथि भएका कथित दुर्व्यवहार बारे उजुरी गरेका छन्।

अस्ट्रेलियाको पछिल्लो समाचार, नेपाली भाषामा - सुन्नको लागि यो लिंकमा हेर्नुहोस्: https://podfollow.com/sbs-nepali

यदि तपाईं वा तपाईंले चिनेको कोहि व्यक्ति यौन हिँसा बाट प्रभावित हुनुभएको छ भने, १८०० रिस्पेक्टलाई १८०० ७३७ ७३२ मा फोन गर्नुहोस् वा 1800RESPECT.org.au मा हेर्नुहोस्।

मानसिक स्वास्थ्य सहायता चाहिन्छ भने बियोण्ड ब्लु लाई १३०० २२ ४६३६ मा सम्पर्क गर्नुहोस्। थप जानकारी Beyondblue.org.au मा उपलब्ध रहेको छ। एम्ब्रेस मल्टिकल्चरल मेन्टल हेल्थ नामक सेवाले बहुसांस्कृतिक र बहुभाषी पृष्ठभूमिका मानिसहरुलाई पनि सहयोग प्रदान गर्दछ।


Share

4 min read

Published

Updated

By Evan Young, SBS Nepali

Source: AAP, SBS




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now