सिड्नीमा मास्क लगाउन अनिवार्य

आज मध्यरातदेखि सिड्नी र वरपर क्षेत्रमा मास्कको प्रयोग अनिवार्य बनाईएको छ। सपिङ्ग सेन्टर, सार्वजनिक यातायात, सिनेमा लगायतका आन्तरिक स्थल, रेष्टुरेन्ट, क्याफे लगायतका विभिन्न स्थनाहरुमा मास्क लगाउनै पर्ने अन्यथा जरिवाना लाग्ने न्यु साउथ वेल्स राज्य सरकारले घोषणा गरेको छ।

People wearing face masks are seen waiting to board a flight to Sydney at Melbourne.

People wearing face masks are seen waiting to board a flight to Sydney at Melbourne. Source: AAP

उक्त घोषणाको क्रममा,  सिड्नी र वरपरको क्षेत्रमा पश्चिममा ब्लु माउन्टेन, दक्षिणमा वुलङ्गगङ् र उत्तरमा सेन्ट्रल कोष्ट पर्ने पनि प्रष्ट पारिएको छ।

“यो निर्णयले हाम्रो आर्थिक गतिविधिलाई सुचारु अवस्थामै राख्ने र स्वस्थ्य समस्यामा पनि नियन्त्रण पाउने हामीले आशा राखेका छौ,” राज्यकी प्रिमियर ग्याडिस् बेरेजेक्लिनले बताईन्।

नियम पालना नगरिएको खण्डमा दुई सय डलरको जरिवाना तुरुन्त लाग्ने पनि उनले बताईन्।  १२ बर्षभन्दा मुनिका बाल-बालिकाहरुले मास्क लगाउन अनिवार्य नरहे पनि, उनीहरुलाई नियम पालना गर्न सल्लाह पनि राज्य सरकारले दिएको छ।
यसका साथै जिममा हुने शारिरिक सुगठनका कक्षामा ३० जनाभन्दा बढीले भाग लिन पाउने छैनन् भने, चर्च, मन्दिर लगायतका धार्मिक केन्द्रहरुमा भने १०० जनाको उपस्थिति मात्र राख्न पाईने छ।

तर यो सँगै चार मिटरमा एक जनाको नियमको पनि पालना गर्नु पर्ने हुन्छ। नाईट क्लबहरुको संचालन अहिलेको लागि प्रतिबन्ध गरिएको छ।

यसैबिच, न्यु साउथ वेल्सले जारी गरेको सूचना अनुसार, गत २४ घण्टामा थप ७ जना कोरोनाभाईरसले संक्रमित भएको पाईएको छ। यसमध्ये एक जना बाहेक अन्यलाई अहिलेसम्म ज्ञात रहेको श्रोतबाट सरेको बुझिएको छ।

विगत २४ घण्टामा ३२ हजारले कोभिड-१९ को परिक्षण गरेको पनि बुझिएको छ।
NSW Premier Gladys Berejiklian.
NSW Premier Gladys Berejiklian. Source: AAP


यसैबिच, सिड्निको नर्दन बीचेसमा रहेको दक्षिणीभागलाई आज मध्यरातदेखि ग्रेटर सिड्नीकै भागमा जोडिने प्रिमियर बेरेजेक्लिनले बताईन्।

“त्यहाँ संक्रमणको संख्या निकै न्युन रहेको कारणले आज मध्यरातदेखि लागू हुने गरी त्यस क्षेत्र ग्रेटर सिड्मा पर्नेछ,” उनले भनिन्।  यसको अर्थ, त्यहाँको बासिन्दालाई रहेको घरमै बस्ने आदेश भोलिदेखि फिर्ता हुनेछ।

उता नर्दन बीचेसको उत्तरी भेगमा रहेकाहरुले भने अझै पनि घर छोड्न नपाउने आदेशको पालना गर्नु पर्ने हुन्छ।

यसैबिच, सिड्नीमा हुन लागेको भारत र हस्ट्रेलियाबिचको क्रिकेट टेस्ट खेलको कोभिड-सुरक्षाका सम्बन्धमा थप जाँचबुझ गरिने पनि प्रिमियर बेरेजेक्लिनले बताईन्। यसबारेमा थप जानकारी पछि प्रेषित गरेिने पनि बताईएको छ।

अस्ट्रेलियामा बसोबास गर्ने मानिसहरू घर बाहिर हिँड्दा, अरू मानिसहरूबाट कम्तीमा १.५ मिटर टाढा रहनुपर्दछ। भेला हुने सङ्ख्या बारे तपाईँको राज्य वा प्रदेशमा हाल कायम व्यवस्था बारे जान्न थप जानकारी यहाँ उपलब्ध छ।

यसैबिच, विक्टोरियाले उक्थत राज्पयमा, थप १० जना कोभिड-१९ ले संक्रमित भएको पुष्टि गरेको छ। न्यु साउथ वेल्स राज्यसँग रहेको सीमा बन्द गरिए पछि, हिजो राति सीमा क्षेत्रमा निकै भिडदेखिएको पनि समाचारहरुले जनाएका छन्।

आज बिहानदेखि विक्टोरिता प्रवेश गर्नेले १४ दिनको क्वारेन्टाईनमा बस्नु पर्ने हुन्छ।

कोरोनाभाइरसद्वारा सङ्क्रमित भएको आशङ्का लागेमा मानिसहरूले सर्वप्रथम आफ्नो डाक्टर (जीपी)लाई वा राष्ट्रिय कोरोनाभाइरस स्वास्थ्य जानकारी हटलाइन - १८०० ०२० ०८० मा फोन गर्नुपर्छ।

यदि तपाईँलाई सास फेर्न गाह्रो महसुस भयो वा आपतकालिन स्वास्थ्य समस्या उत्पन्न भएको खण्डमा ००० (ट्रिपल जिरो)मा कल गर्नुहोस्।


Share

Published

Updated

By Rashida Yosufzai
Presented by SBS Nepali
Source: SBS

Share this with family and friends


Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand