न्यु साउथ वेल्समा सङ्क्रमित सङ्ख्या ३८,६२५, भिक्टोरियामा २१,७२८, अस्पताल भर्ना हुनेको सङ्ख्या बढ्दै

ओमिक्रन भेरीएन्टबाट सङ्क्रमित हुनेको सङ्ख्यामा वृद्धि सँगै न्यु साउथ वेल्स र भिक्टोरियामा अस्पताल भर्ना हुनेको सङ्ख्यामा वृद्धि देखिएको छ।

COVID-19 Testing Clinics At Capacity In Sydney

A health worker walks through the ambulance entrance of Vincent's Hospital on December 28, 2021 in Sydney, Australia. Source: Getty Images AsiaPac

न्यु साउथ वेल्सका अस्पतालहरूमा हाल १,७३८ जना कोभिड-१९ सङ्क्रमित भर्ना भएका छन्।

बिहीबार यो सङ्ख्या १,६०९ थियो।

हाल सघन उपचार कक्षमा उपचार गराइरहेकाहरूको सङ्ख्या १३४ पुगेको छ।

यता भिक्टोरियाको स्थिति पनि उस्तै छ, अस्पताल भर्ना हुनेहरु दिनदिनै बढिरहेका छन्।

हाल राज्यका अस्पतालहरूमा ६४४ जनाको उपचार भइरहेको छ, बिहीबार यो सङ्ख्या ६३१ थियो।

सघन उपचार कक्षमा हाल १०६ जनाको उपचार भइरहेको छ।

राज्यहरूमा ओमिक्रनको संक्रमणदर उच्च छ।

न्यु साउथ वेल्समा ३८,६२५ जना सङ्क्रमित बनेका छन् भने ११ जनाको मृत्यु भएको छ।

बिहीबारको तुलनामा राज्यमा आज ३,६३१ सङ्क्रमित बढेका छन्।

भिक्टोरियामा २१,७२८ जनामा सङ्क्रमण पुष्टि हुँदा ६ जनाले ज्यान गुमाउन पुगेका छन्।

विश्व स्वास्थ्य सङ्गठनको ओमिक्रन बारे पछिल्लो जानकारी यहाँ उपलब्ध छ

विभिन्न राज्य तथा प्रदेशहरूमा हाल लागू क्वारेन्टिन नियम तथा अन्य प्रतिबन्धहरु बारे थाहा पाउन यहाँ थिच्नुहोस्

अस्ट्रेलिया आउन चाहने अन्तर्राष्ट्रिय यात्रुहरूका लागि उपलब्ध पछिल्लो आधिकारिक जानकारीका लागि यहाँ थिच्नुहोस्

कोभिड-१९ सम्बन्धि आर्थिक सहायता बारे आधिकारिक जानकारी नेपाली भाषामा पाउन यहाँ थिच्नुहोस्

प्रत्येक राज्य तथा प्रदेशमा रहेका परीक्षण क्लिनिकहरू

नेपाली भाषामा कोरोनाभाइरस विरुद्धको खोप बारे जानकारी यहाँ उपलब्ध छ


Share

1 min read

Published

By SBS Nepali

Source: SBS



Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now