SKIP TO MAIN CONTENT

सिड्नीको फायरवर्क्स घरबाटै हेर्न आग्रह

संसारभरिनै सुविख्यात रहेको नयाँ बर्षको आगमन लागि सिड्नीमा गरिने फायरवर्क्स प्रदर्शनीलाई लिएर न्यु साउथ वेल्स राज्य सरकारले केहि नियमहरु परिवर्तन गरेको छ।

New Year celebration 2020
Source: lecourrieraustralien

3 min read

Published

Updated

Presented by SBS Nepali

Source: SBS



Skip to article content

सिड्नीमा दिनहुँ देखिदै गरेको कोरोनाभाईरसकको संक्रमणलाई ध्यानमा राख्दै- फायरवर्क्सको समयमा सिड्नीको हार्बर ब्रिजको छेउमा जम्मा नहुन र कुनै पनि किमिसको जमघट नगर्न सरकार आदेश दिएको छ।

सर्भिशेस न्यु साउथ वेल्सबाट आधिकारीक टिकट लिएका मानिसहरुमात्र फारवर्क्सको छेउछाउ जान पाउने राज्य सरकारले बताएको छ।

खासगरि, स्वस्थ्यकर्मीहरुले कोभिड-१९ को क्रममा खेलेको अतुलनिय भूमिकालाई कदर गर्दै धन्यवादको स्वरुप, सरकारले यसबर्षको फायरवर्क्सको लागि सबैभन्दा अगाडिको स्थानहरु सुरक्षित गरेको थियो।

“तर अहिले यहाँको स्वस्थ्य स्थिति जटिल बन्दै गरेकाले, हामी भिड जम्मा नगराउने निर्णयमा पुग्यौ,” राज्यकी प्रिमियर ग्ल्याडिस ब्रजेक्लिनले बताईन्।

गत बर्षको डढेलोको क्रममा ठूलो श्रम र त्याग गरेका दमकलकर्मीहरुलाई पनि अहिलेसम्म राम्ररी धन्यवाद दिन नसकेको पनि उनले गुनेसो गरेीन्।

योसँगै, बाहिर जम्मा हुने मानिसहरुको संख्यामा पनि कटौति गरेको उनले बताईन्। “नयाँ नियम अनुसार अबदेखि मात्र ५० जना बाहिर जम्मा हुन पोाउनेछन,” उनले जानकारी दिईन्।

यसअघि, बाहिर जम्मा हुने मानिसहरुको संख्या १०० मा सीमित रहेको थियो।

सिड्नीमा हुने यसपलक्टको फायरवर्क्स मात्र सात मिनेटको हुने छ र प्रिमियरले सबैजनाले टीभीबाट यसको आनन्द लिने अनुरोध गरेकी छिन्।

३१ डिसेम्बरका दिन होटल र रेष्टुरण्ट खुले पनि उनीहरुले ४ मिटरका एक जानको नियम पालना गर्नु पर्ने हुन्छ। “स्थानिय व्यवसायिहरुलाई सहयोग गर्नका लागि तपाईहरु खाना मगाई घरमै खान सक्नु हुन्छ,” स्वस्थ्य मंत्री ब्रयाड हजार्डले बताए।

यसैबिच, प्रिमियर ब्रजेक्लिनले दिएको जानकारी अनुसार- न्यु साउथ वेल्दस राज्यमा थप ५ जना संक्रमित भएका पुष्टि भएको छ। यि पाँचै जना सिड्नीको ऐभलोनमा शुरु भएको संक्रमणसँग सम्बन्धित रहेको पनि बताईएको छ।

यसैबिच, गत २४ घण्टामा, १५ हजारभन्दा बढी व्यक्तिहरु कोरोनाभाइरसको जाँचको लागि अगाडि आएको पनि राज्य सरकारले बताएको छ।

यो थप संक्रमण पछि, सिड्नीको नर्दन बिचेसको एभालोनमा जोडिएका संक्रमितहरुको संख्या अहिले १२७ पुगेको छ।

सिड्नीको नर्दन बीचेसका बासिन्दाहरुले आफ्नो स्थानिय क्षेत्र छोड्न नपाउने र त्यसै गरी सिड्नीको अन्य भागबाट यहाँ कसैले पनि प्रवेश गर्न पाउने स्वस्थ्य आदेश जारी राखिएको छ।

न्यु साउथ वेल्सको क्षेत्रिय र ग्रामीण ईलाकामा केहि परिवर्त नभए पनि- ग्रेटर सिड्नी तथा वुलनगङ्गमा आज मध्यरातदेखि तलका नियमहरु लागू हुनेछ।

उत्तरी नर्दन बीचेस- घरभित्र मात्र ५ जना पाहुनाहरु आउन मिल्ने। बाहिर पनि मात्र ५ जनाको संख्यामा जम्मा हुन मिल्ने। सबैजना त्यसै क्षेत्रको हुनु पर्ने।

दक्षिणी नर्दन बीचेस-  घरभित्र मात्र १० जना पाहुनाहरु आउन मिल्ने। बाहिर पनि मात्र १० जनाको संख्यामा जम्मा हुन मिल्ने। सबैजना त्यसै क्षेत्रको हुनु पर्ने।

बाँकीको सिड्नी र वरपरको क्षेत्र- घरभित्र मात्र १० जना पाहुनाहरु आउन मिल्ने। बाहिर  मात्र ५० जनाको संख्यामा जम्मा हुन मिल्ने।

 


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now