“घरमा पढ्दा आँखै पोल्यो’: न्यु साउथ वेल्समा भोली देखि विधालयहरु खुल्ने

न्यु साउथ वेल्स राज्यका विधालयहरु भोलीदेखि पुर्णकालिन रुपले खुल्ने भएका छन्। झण्डै दुई महिनाको कोरोनाभाईरसका कारण आंशिक रुपले खुलेका यि विधालयहरुमा अब भने पहिले जस्तै हफ्ताको पाँचै दिन पढाई हुने भएको छ।

school re-opning

विक्कि रेग्मी आफ्नि छोरी मान्यालाई पढाउदै। Source: Supplied

तर यसरी विधालय खुले पनि, कोरोनाभाईरसभन्दा पूर्व हुने एसेम्लि र कतिपय खेलहरु अहिलेका लागि भने जारी नहुने भएका छन्।

यि निर्णयहरु स्वस्थ्य सल्लाह अनुसार गरिएको सरकारले बताएको छ। 

यसरी पहिले अनुमान गरिएको समयभन्दा अलिक अगाडी खोलिएको विधालयका कारण- विधार्थी र अभिभावकहरु उत्साहित देखिन्छन्।

घरमा बसेर पढ्दा विधार्थीहरुले धेरै सिक्न नसकेको विधार्थीहरुको भनाई छ भने, अभिभावकहरुले पनि आफ्नो सन्तानको पढाईमा समय दिन नसकेको बताएका छन्।

सिड्नीको उत्तर-पध्चिममा रहेको मार्सडेन पार्क निवासी एक अभिभावक  विक्कि रेग्मी भोलि देखि शुरु हुने विधालयका करण खुशी रहेकी छिन्।

माध्यमिक तहमा पढ्ने छोरो र प्राथमिक विधालयमा पढ्ने छोरीलाई, घरमा पढ्ने क्रममा समय दिन निकै अफ्ठेरो भएको उनले बताईन्। 

“घरमै बसेर स्कुलको जस्तै वातावरण बनाई पढाउन सजिलो छैन। घरकै कति कामहरुमा व्यस्तै रहिन्छ, अनि फेरि केटाकेटिहरुले यसको अर्थ के हो, फलानो प्रश्नको हल कसरी गर्ने भनि सोधिरहन्छन,” उनले भनिन्।

Dos escuelas de la zona este de Sydney cerraron sus puertas por casos de coronavirus. (foto referencial)
Source: Getty Images

शुरुवाति दिनमा घरमा सबैजना हुँदा रमाईलो भए पनि, पछि भने यस कुराले गर्दा घरका अन्य कामकाजका कुरालाई समय दिन नसकिएको उनले बताईन्।

“त्यहि भएर स्कुल खुलेकोमा हामी ढुक्क छौ,” उनले भनिन्।

उता विधार्थीहरु पनि स्कूल जान पाउने कुरामा खुशी रहेका छन्। धैरै समय पछि आफ्नो विधालयमा सबैजनासँग भेट्न पाउने कुराले पनि उनीहरु उत्साहित रहेका छन्। 

“घरमा कम्प्युटरको अगाडि बस्दा बस्दा मेरो आँखानै पोल्ने गर्थ्यो,” कक्षा २ मा अध्ययनरत एक ७ बर्षे विधार्थीले भने। “स्कुल जाँदा भने जतिखेर पनि कम्प्युटर अगाडि बस्नु पर्दैन। साथीभाईसँग खेल्न पनि पाईन्छ।“

कतिपय अभिभावकहरुले भने कोरोनाभाइरसको कारणले बन्द रहेको स्कुलका करणले आफ्नो सन्तानसँग आत्मियता झनै बढाएको बताएका छन्।

सिड्नीको पश्चिममा बस्ने, दुई छोराका पिता, सन्दिप सापकोटाले परिवारको सबैजना सधै घरमा हुँदा यसले आपसी आत्मियता झनै बढाएको बताउछन्। 

“कोरोनाभाईरसकले दिएको एक किसिमको शान्त समयको हामीले खुवै सदुपयोग गर्यौ।“ उनले भने। तर पढाईको कुरामा भने, आफ्नो छोराहरुले स्कुल जस्तो वातावरण पाउन नसकेको उनी बताउछन्।

school re-opening
सन्दिप सापकोटा आफ्नो छोराहरुको साथमा। Source: Supplied

“विधालयको संरचना र नियम त घरमा चल्ने कुरै भएन। ठूलो छोरो त सबै कुरा आफै गर्थ्यो, तर सानो छोरोलाई निकै समय दिनु परेको थियो,” उनले भने।

उनको कान्छो छोरो हाल कक्षा १ मा अध्ययनरत रहेको छ। 

भोलीदेखि पुर्ण रुपले विधालयहरु खुले पनि, कतिपय कुराहरु भने पहिलेको तुलनामा परिवर्तित गरिने छ।

अभिभावकहरु विधालयको परिसर भित्र गएर समय बिताउन पाउदैनन्। बाल-बालिकाहरुलाई विधालय छोड्ने र त्यहाँ लिने प्रक्रियालाई नियमबध्द गरिने छ। अनि लगातार रुपले हात धुने कुरालाई विशेष प्राथमिकता दिईने छ।

विधार्थीहरु सामाजिक दुरीमा नरहे पनि, शिक्षकहरुले भने सामाजिक दूरीको नियमलाई अपनाउनु पर्ने हुन्छ।   

अस्ट्रेलियामा कोरोनाभाईरसको संक्रमणको संख्या निकै कम भएकाले, अभिभावहहरु पनि ढुक्क देखिएको बताईन्छ। 

“हामीले छोराहरुलाई विधालय जाँदा हात- धुने कुरामा विशेष ध्यान दिनु भनि सल्लाह दिएका छौ,” सापकोटाले बताए। 

न्यु साउथ वेल्सकी प्रिमियर ग्लायाडिस बर्जेक्लिनले आउदा दिनहरुमा केहि विधालयहरु छिटपुट रुपमा बन्द हुँदा असामान्य नठान्न आग्रह गरेकी छिन्।

“कोरोनाभाईरस अझै पनि समुदायमा रहेको छ, र यसकाकारण संक्रमित हुन सक्ने बिधालयहरु तत्कालै बन्द गरिने छ। तर यसका कारणले, राज्यका अन्य विधालयहरु भने प्रभावित हुने छैनन्,” उनले उल्लेख गरिन्।

अस्ट्रेलियामा बसोबास गर्ने मानिसहरू घर बाहिर हिँड्दा, अरू मानिसहरूबाट कम्तीमा १.५ मिटर टाढा रहनुपर्दछ र हाललाई एकै घरमा बस्ने मानिस बाहेकका भेलाहरू दुई व्यक्तिमा सीमित गरिएका छन्।

कोरोनाभाइरसद्वारा सङ्क्रमित भएको आशङ्का लागेमा मानिसहरूले सर्वप्रथम आफ्नो डाक्टर (जीपी)लाई वा राष्ट्रिय कोरोनाभाइरस स्वास्थ्य जानकारी हटलाइन - १८०० ०२० ०८० मा फोन गर्नुपर्छ।

यदि तपाईँलाई सास फेर्न गाह्रो महसुस भयो वा आपतकालिन स्वास्थ्य समस्या उत्पन्न भएको खण्डमा ००० (ट्रिपल जिरो)मा कल गर्नुहोस्।

नेपाली भाषामा कोरोनाभाइरस सम्बन्धी पछिल्ला अपडेट, समाचार र अन्य जानकारीका लागि: 

covid-19.png

3 min read

Published

Updated

By SBS Nepali

Source: SBS



Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now