आगामी सोमवार देखि न्यु साउथ वेल्सका सबै बिद्यार्थी स्कूल फर्कने

कोरोनाभाइरसका कारण गत दुई महिना देखि विद्यार्थीहरु घरबाटै पढ्न बाध्य भएका थिए।

Representational picture of students going to school in Australia.

Representational picture of students going to school in Australia. Source: AAP

आगामी हप्ता देखि न्यु साउथ वेल्सका सरकारी स्कूलका सबै विद्यार्थीहरु आफ्नो कक्षा फर्कने प्रिमियर ग्लाडिस बेरेजिक्लियनले बताएकी छन्।

यसका साथ् सोमवार २५ मे देखि राज्यका करिब आठ लाख विद्यार्थीहरु पाँचै दिनका लागि स्कूल फर्कने भएका छन्।

गत हप्ता देखि राज्यका स्कूलहरुमा कक्षा १२ का विद्यार्थीहरु औसत एक देखि चार दिन सम्म फर्कन सुरु गरेका थिए भने अन्य कक्षाका विद्यार्थीहरु चाहिं एक दिनको लागि स्कूल गएका थिए।

स्कूलहरु पुनः सुरु भएता पनि केहि अवस्था चाहिं सामान्य नरहने पनि न्यु साउथ वेल्स प्रिमियरले पत्रकारहरुलाई बताइन।

स्कूल असेम्ब्ली देखि अन्य स्कूल जाने लगायतका भ्रमणहरु चाहिं हालको लागि आयोजना नहुने बेरेजिक्लियनको भनाइ थियो।

"यस महामारीको समयमा विद्यार्थीहरु आफ्नो कक्षामा पढ्न पाएको सुनिश्चित गर्न सरकारले चाहेको छ," उनले भनिन्।

"तर कुनै समुदायमा कोरोनाभाइरसको सङ्क्रमण फैलिए त्यहाँ रहेका स्कूलहरु अस्थायी रूपमा बन्द हुनसक्ने बारे हामीले बुझ्न जरुरी रहेको छ।"

NSW Premier Gladys Berejiklian and Minister for Education Sarah Mitchell brief the media on the easing of restrictions during a press conference in Sydney, Tuesday, May 19,2020. (AAP Image/Dean Lewins) NO ARCHIVING
NSW Premier Gladys Berejiklian and Minister for Education Sarah Mitchell . Source: AAP

सार्वजनिक यातायातमा सामाजिक दुरी

न्यु साउथ वेल्समा विद्यार्थीहरु स्कूल फर्कन सुरु हुँदा ठुलो सङ्ख्यामा मानिसहरु आफ्नो कार्यस्थल पनि फर्कने हुँदा आगामी दिनहरुमा सिड्नी सडकमा सवारी साधनको सङ्ख्या धेरै बढ्न सक्ने चेतावनी राज्यका यातायात मन्त्री एन्ड्रु कोन्सटेन्सले दिएका छन्।

प्रिमियर ग्लाडिस बेरेजिक्लियनका अनुसार सार्वजनिक यातायात सेवाहरुमा सामाजिक दुरीको नियम कायम गर्न बसहरुमा बाह्र जना र रेलको प्रत्येक डिब्बामा बत्तीस जना भन्दा बढी बस्नपाउने छैनन्।

र आफ्ना प्रिमियरसंग बोल्दै यातायात मन्त्री कोन्सटेन्सले आगामी दिनहरुमा मानिसहरुले अत्यधिक माग रहेका समय बाहिर बस वा रेल सेवा प्रयोग गर्नुपर्ने देखि, सवारी साधनका साथै साइकलको पनि प्रयोग गर्नुपर्ने बताएका छन्।

उनका अनुसार गत हप्ता ठुलो सङ्ख्यामा मानिसहरुले आफ्नो घरबाटै काम गरेको अवस्थामा सामान्य रुपमा सडकहरुमा रहने १०५ मिलियन सवारी साधन सङ्ख्या घटेर ८७ मिलियन पुगेको थियो।

NSW Minister for Transport and Roads Andrew Constance speaks to the media.
NSW Minister for Transport and Roads Andrew Constance speaks to the media. Source: AAP

यसैक्रममा सामाजिक दुरीका नियमका कारण सार्वजनिक यातायात प्रयोग गर्नेहरुको दैनिक सङ्ख्या पनि बाइस लाख बाट घटेर छ लाख पुग्ने सरकारको भनाइ छ।

अत्यावश्यक र निर्माण उद्योगमा कार्यरतहरुका लागि बिहानको १० बजे भन्दा अगाडी र अपरान्हको २ बजे पछि यातायात सेवा उपलब्ध गराउन प्रिमियरले सल्लाह दिएकी छन्। साथै सार्वजनिक सेवा प्रयोग गर्नेहरुलाई एक अर्का बाट १.५ मिटरको दुरी कायम राख्न सीटहरुमा "हरियो चिन्ह" राखिएको पनि न्यु साउथ वेल्स यातायात मन्त्रीले बताएका छन्।

अस्ट्रेलियामा बसोबास गर्ने मानिसहरू घर बाहिर हिँड्दा, अरू मानिसहरूबाट कम्तीमा १.५ मिटर टाढा रहनुपर्दछ र हाललाई एकै घरमा बस्ने मानिस बाहेकका भेलाहरू दुई व्यक्तिमा सीमित गरिएका छन्।

कोरोनाभाइरसद्वारा सङ्क्रमित भएको आशङ्का लागेमा मानिसहरूले सर्वप्रथम आफ्नो डाक्टर (जीपी)लाई वा राष्ट्रिय कोरोनाभाइरस स्वास्थ्य जानकारी हटलाइन - १८०० ०२० ०८० मा फोन गर्नुपर्छ।

यदि तपाईँलाई सास फेर्न गाह्रो महसुस भयो वा आपतकालिन स्वास्थ्य समस्या उत्पन्न भएको खण्डमा ००० (ट्रिपल जिरो)मा कल गर्नुहोस्।

नेपाली भाषामा कोरोनाभाइरस सम्बन्धी पछिल्ला अपडेट, समाचार र अन्य जानकारीका लागि: 

covid-19.png

3 min read

Published

Updated

By SBS Nepali

Source: SBS News




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now