चाडबाडको समय नजिकिँदै जाँदा न्यु साउथ वेल्स राज्यले आफ्ना प्रतिबन्ध खुकुलो गदै लाने

न्यु साउथ वेल्समा १७ औ दिन पनि सामुदायिक संक्रमणका कुनै मामला नभेटिएपछि राज्य सरकारले प्रतिबन्धहरू खुकुलो बनाउँदै लाने योजना अनुरूप यो कदम आउन लागेको हो ।

NSW Premier Gladys Berejiklian is set to announce a further easing of restrictions.

NSW Premier Gladys Berejiklian is set to announce a further easing of restrictions. Source: AAP

क्रिसमस र नयाँ वर्षको छुट्टीको मौसममा कोरोना भाइरसका प्रतिबन्धहरूको सुचीलाई कम गर्ने अपेक्षा गरिएको छ । प्रिमीयर ग्लेडिज बेरीजिक्लीयनले

बुधवार बिहान मन्त्रिपरिषद् बैठक अघि मिडिया सँग बोल्दै ”समुदायले कठिन पस्थितीमा पनि अविश्वसनीय काम गरेको बताइन् । ”

 

उनले भनिन्“ मलाई आशा छ,यी परिर्वतनहरुले आतिथ्य उद्योगलाई प्रोत्साहन दिनेछ,र मानिसहरूलाई क्रिसमस र नयाँ वर्षको अवधिमा परिवार,साथीभाइ र सहकर्मीहरू सँग सुरक्षित रूपमा मनाउन सक्नेछन् भन्ने कुरको निश्चितता दिनेछ । ”

 

डिसेम्बर १ बाट के के खुल्नेछन्:

 

निजी निवासमा भेला हुने संख्यालाई बढाएर ३० बनाइएको छ।  यस अघि यो सङ्ख्या २० थियो ।

 

यस अघि ३० जना सम्म रहेको बाहिर जम्मा हुने सङ्ख्यालाई बढाएर ५० बनाइनेछ ।

 

२ सय बर्गमिटर सम्मका आतिथ्य प्रदान गर्ने स्थानहरूमा एक व्यक्ति बराबर दुई वर्ग मिटरको दुरी काय गर्नु पर्नेछ,जसले हाल दिइँदै आएको सङ्ख्यालाई दोब्बर गराउनेछ ।

यस बाहेक १४ डिसेम्बरबाट सार्वजनिक स्वास्थ्य आदेशमा निहित रहेर रोजगारदाताहरुले आफ्ना कर्मचारीहरूलाई घरबाट कामका लागि दिँदै आएको अनुमति समाप्त हुनेछ, जसको मतलब धेरै कर्मचारीहरू कार्यास्थलमा  काममा फर्कन सक्नेछन् । सरकारले सिड्नी छेत्रमा धरै कर्मचारीहरुलाई काममा फर्कौना कोशिस गरिरहेको छ। 

 

यस अघि क्विन्सल्याण्डले न्यु साउथ वेल्सको सीमा एक डिसेम्बर देखि खोल्ने औपचारिक घोषणा गरिसकेको छ ।

 

नयाँ नियम अनुसार न्यु साउथ वेल्समा ३ हजार मानिस बाहिर टिकट काटेर गरिने बाहिरी कार्यक्रममा भेला हुन सक्छन्  यसै गरी ५ सय भन्दा बढी व्यक्ति बाहिरी चर्चका हुने भेलाहरूमा सहभागी हुन सक्दछन् ।

यस बाहेक यस्ता कार्यक्रमको आयोजना हुँदा कुर्सीमा बसेको अवस्थामा २ वर्ग मिटको दुरी कायम गर्नु पर्ने  नियम छ भने समूहमा भुईँमा बसेको अवस्थामा ४ वर्ग मिटरको दुरी आवश्यक पर्ने नियम बनाइएको छ ।

 

हाल १७ दिन सम्म पनि न्यु साउथ वेल्स राज्यमा कोरोनाका कुनै पनि सामुदायिक सङ्क्रमण भेटिएको छैन ।

 

यद्यपि लिभरपुल क्षेत्रको फोहर पानीको परीक्षणका क्रममा कोरोनाका केही अंश फेला परेका छन् ।

 

फेला परेका भाइरसका अंश यस अघि सो क्षेत्रमा फेला परेका सङ्क्रमणको अवशेष हुन सक्ने अनुमान गरिएको छ ।

 

स्वास्थ्य अधिकारीहरूले भने सङ्क्रमण हुँदा पनि सामान्य रुघाखोकी ठानेर जाँच नगराइएको सम्भावना हुन सक्ने भन्दै लक्षण देखिएका सबैलाई कोरोना जाँच गराउन आग्रह गरेका छन् ।

 

क्विन्सल्याण्डले भिक्टोरिया लागि पनि सीमा खोल्ने 

 

यसैबिच २४ दिन सम्म पनि कोरोनाका कुनै नयाँ सङ्क्रमण नभेटिएपछि क्विन्सल्याण्डले भिक्टोरिया लागि पनि सीमा प्रबन्ध खोल्ने भएको छ ।

 

विद्यालय छुट्टी र आउँदै गरेको चाडपर्वको ख्याल गदै न्यु साउथ वेल्स र भिक्टोरिया सँगको सीमा खोलिने उनले बुधवार ए बि सी सँगको कुराकानीमा बताइन् ।

 

उनले भनिन् “म मानिसहरूलाई प्रोत्साहित गर्दछु,क्रिसमसमा क्विन्सल्याण्ड भन्दा राम्रो बिदा मनाउने ठाउँ अन्त कहीँ छैन”

अस्ट्रेलियामा बसोबास गर्ने मानिसहरू घर बाहिर हिँड्दा, अरू मानिसहरूबाट कम्तीमा १.५ मिटर टाढा रहनुपर्दछ। भेला हुने सङ्ख्या बारे तपाईँको राज्य वा प्रदेशमा हाल कायम व्यवस्था बारे जान्न थप जानकारी यहाँ उपलब्ध छ।

कोरोनाभाइरसद्वारा सङ्क्रमित भएको आशङ्का लागेमा मानिसहरूले सर्वप्रथम आफ्नो डाक्टर (जीपी)लाई वा राष्ट्रिय कोरोनाभाइरस स्वास्थ्य जानकारी हटलाइन - १८०० ०२० ०८० मा फोन गर्नुपर्छ।

यदि तपाईँलाई सास फेर्न गाह्रो महसुस भयो वा आपतकालिन स्वास्थ्य समस्या उत्पन्न भएको खण्डमा ००० (ट्रिपल जिरो)मा कल गर्नुहोस्।

तपाईँको राज्य वा क्षेत्रका लागि सान्दर्भिक निर्देशनहरू हेर्नुहोस् । न्यू साउथ वेल्स,भिक्टोरिया,क्विन्ल्यिाण्ड,वेस्र्टन अस्ट्रेलिया,नदर्न टेरीटरी,एसीटी,तास्मेनिया ।

 


3 min read

Published

Updated

By SBS News

Presented by SBS Nepali

Source: SBS News




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now