डिसेम्बर १ देखि सिड्नी क्षेत्रका बासिन्दाहरु क्वीन्सल्याण्ड प्रवेश गर्न पाउने

क्वीन्सल्याण्ड प्रिमियर माथि सिड्नीवासीहरुका लागि पनि आफ्नो राज्यको सीमा खोल्न व्यापक दबाब रहेको थियो।

Queensland Premier Annastacia Palaszczuk says the state will soon open its borders to NSW.

Queensland Premier Annastacia Palaszczuk says the state will soon open its borders to NSW. Source: AAP

सिड्नी क्षेत्रका बासिन्दाहरु आगामी डिसेम्बर १ को बिहान १ बजे देखि क्वीन्सल्याण्ड प्रवेश गर्न पाउने घोषणा प्रिमियर एनेस्तेसिया पलाशे ले गरेकी छन्।

लगातार २८ दिन सम्म कोरोनाभाइरसको एउटा पनि सामुदायिक सङ्क्रमण पुष्टि नभएसम्म, सिड्नीवासीहरु आफ्नो राज्य आउन नपाउने पलाशे सरकारको अडान रहेको थियो। आज न्यु साउथ वेल्समा एउटा पनि सामुदायिक सङ्क्रमण पुष्टि भएको छैन भने होटेल क्वारेन्टिनमा रहेका विदेशी यात्रुहरु मध्ये चाहिं ६ जनामा कोभिड-१९ पुष्टि भएको छ। 

तर मङ्गलबारको आफ्नो पत्रकार सम्मेलनको क्रममा बोल्दै उनले "क्वीन्सल्याण्ड तयार रहेको" घोषणा गरिन्।

"राज्यको पर्यटन उद्योगको विकास र प्रवर्दन भएको हामीले हेर्न चाहेकाछौँ। एयरलाइन्सहरुलाई उडान सम्बन्धि योजना बनाउन र मानिसहरुलाई आफ्नो बिदाबारे निर्णय गर्न पनि कतिको महत्वपूर्ण रहेकोबारे हामीले बुझेका छौं," उनले भनिन्।

साथै लगातार पच्चिस दिन देखि कोरोनाभाइरसको एउटा पनि सङ्क्रमण पुष्टि नभएको भिक्टोरियाका लागि आफ्नो राज्यको सीमा पहिले खोल्ने बारे निर्णय भोलि गर्ने क्वीन्सल्याण्ड प्रिमियरको भनाइ छ।

क्वीन्सल्याण्डमा होटेल क्वारेन्टिनमा रहेका तीन जनामा कोरोनाभाइरस पुष्टि हुनुका साथै हाल भाइरसका १४ सक्रिय केस रहेका छन्।

भिक्टोरियामा कोरोनाभाइरसको शून्य सक्रिय केस

गत फेब्रुवरी महिना देखिनै पहिलो पटक भिक्टोरिया राज्यमा एउटा पनि कोरोनाभाइरसको सक्रिय केस नरहेको पुष्टि अधिकारीहरुले गरेका छन्।

सोमबार, कोरोनाभाइरसका अन्तीम सक्रिय केस भनिएका एक नब्बे वर्षीय पुरुषलाई अस्पतालबाट डिस्चार्ज गरिएपछि अब राज्यमा पुष्टि भएका एउटा पनि कोरोनाभाइरस केस नरहेको बताइएको छ।

लगातार २८ दिन सम्म कोभिड-१९ को सङ्क्रमण कसैमा पुष्टि हुँदैन भने यसको मतलव राज्यमा यसको उन्मुलन भएको घोषणा गर्नमिल्ने विज्ञहरुको भनाइ छ।


2 min read

Published

Updated

By SBS News

Source: SBS




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now