SKIP TO MAIN CONTENT

न्यु साउथ वेल्स १९० भिसा: सूचीकृत पेसाको पछिल्लो उपलब्धता हेर्न सकिने

न्यु साउथ वेल्स राज्यले प्रायोजन गर्ने भिसा समूह (१९०) अन्तर्गत नयाँ आर्थिक वर्षको लागी प्राथमिकतामा रहेका पेसाहरूको सुची सार्वजनिक गरिएको छ।

çLarge Group of Diverse People with Different Occupations (Getty Images)
Source: Getty Images

2 min read

Published

Updated

By SBS Nepali

Source: SBS



Skip to article content

जुलाई १२ मा अपडेट गरिएको उक्त सूचिमा रहेका पेसामा रहेका आवेदकहरूले आफ्नो पेसाले प्रायोजन पाउने सम्भावना कत्तिको छ भन्ने बारे पछिल्लो अवस्था हेर्न सक्ने छन्।

उपलब्धताका आधारमा न्यून, सीमित, मध्यम र उच्च भनी विभाजित त्यस्ता सिपयुक्त पेसाहरूमा पछिल्लो सूचीले १२ वटा पेसाहरूमा उच्च उपलब्धता रहेको देखाएको छ।

त्यस्ता सूचिमा रहेका पेसाहरूलाई अन्य कुनै मापदण्ड पुरा गर्नु पर्ने वा नपर्ने भन्ने पनि उल्लेख गरिएको छ।

 

सुचीमा ३५ वटा पेसाहरूको न्यून उपलब्धता रहेकोमा १८ वटा पेसाको उपलब्धता मध्यम रहेको छ।

पुरा सुची हेर्न यहाँ क्लिक गर्नुहोस्।
ACT 190 Visa
Source: Flickr

त्यस्तै उक्त सुची अपडेट गर्दै जाँदा यदि कुनै पेसामा चाहिएको सङ्ख्या पुरा भए 'क्लोज्ड' वा 'बन्द' भनेर सूचिमा लेखिने छ।

१ सय ८६ पेसाहरू रहेको सीपयुक्त पेसाहरूमा अन्य सबैमा 'सीमित' स्थान रहेको छ तर कुनैमा पनि अहिले सम्म स्थान भरिएको देखाइएको छैन।

सेफ र कुक, इलेक्ट्रिसियन लगायतका लागी बिना मापदण्ड उच्च सङ्ख्या उपलब्ध रहेको देखिएको छ भने उच्च नै भनिएका सिभिल इन्जिनियर, सिस्टम एनालिस्ट, डेभलोपर प्रोग्रामर, सफ्टवेर इन्जिनियर लगायतकाले भने अन्य मापदण्ड पनि पुरा गर्नु पर्नेछ।

राज्यद्वारा प्रायोजन गरिने १९० भिसा अन्तर्गत पीआर प्राप्त गर्न उमेर, अस्ट्रेलियामा वा अन्य देशमा सोही पेसामा काम गरेको अनुभवका कारण यो भिसा आवेदन हाल्न पोइन्ट पाइन्छ।

त्यस्तै अङ्ग्रेजी भाषा ज्ञान, अस्ट्रेलियाली शैक्षिक मापदण्ड भित्र पर्ने शैक्षिक योग्यता तथा अस्ट्रेलियामा प्रोफेसनल इयर गरिएको भएमा सोही अनुसार पोइन्ट पाइन्छ।

सामुदायिक भाषा वा नाटी गर्ने, आफ्नो श्रीमान् वा श्रीमती सीपयुक्त पेसा सुची अन्तर्गत कार्य गर्ने भएमा र ग्रामीण क्षेत्रमा पढेको भएमा प्रत्येक बाट ५ पोइन्ट पाउन सकिन्छ।

पोइन्ट तालिका हेर्न यहाँ क्लिक गर्नुहोस्।

१८९ भिसामा पनि पाइने पोइन्ट यती नै हुन् तर राज्यले प्रायोजन गरेर थप ५ पोइन्ट पाइनाले १९० भिसा पीआर पाउन महत्त्वपूर्ण हुन्छ।

भिसा सब-क्लास १८९ र १९० बिचको फरक

सामान्य सीपयुक्त आप्रवासीहरू लक्षित योजना अन्तर्गत पर्ने यी दुवै प्रकारका भिसामा धेरै कुराहरू समान हुन्छन्।

आवेदन प्रक्रिया तथा प्रकारहरू लगभग उस्तै हुने यी दुवैको आवेदन हाल्दा अध्यागमन तथा सीमा सुरक्षा विभागमा तिर्नु पर्ने रकम पनि समान हुन्छ।

Additional Graduate Skilled Occupations List to be introduced in Western Australia.
Source: AAP

राज्य तथा टेरीटोरीले आफ्नो क्षेत्रमा निश्चित पेसाको माग अनुसार जनशक्ति प्रदान गर्ने हिसाबले सोही सङ्ख्याका लागी १९० भिसा प्रायोजन गर्दछन्।

त्यसैले यो भिसा अन्तर्गत आवेदकले कम्तीमा पनि दुई वर्ष सहरी वा ग्रामीण स्थान जहाँ बसे पनि हुन्छ तर प्रायोजन गर्ने राज्यमा नै बसेको र उल्लिखित पेसा अपनाएको हुनु पर्दछ।

तर १८९ भिसा प्राप्त आवेदकहरू स्वतन्त्र हुन्छन्, देश भर जहाँ गएर बस्दा पनि फरक पर्दैन।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now