आप्रवासीलाई ग्रामीण क्षेत्रमा आकर्षित गर्न नमुना कार्यविधि

Highborne Farm property near Allora in the southern Darling Downs, Queensland

Source: AAP Image/Dan Peled

आप्रवासी कामदारहरूलाई ग्रामीण क्षेत्रमा आकर्षित गर्ने उद्देश्यले एक नमुना कार्यविधि को विकास गरिएको छ।


ग्रामीण अस्ट्रेलिया इन्स्टिच्युट (आरएआइ) ले ल्याएको उक्त प्रणालीले ग्रामीण सहरहरूमा रहेको कामदारहरूको कमीलाई परिपूर्ति गर्नुका साथै आप्रवासीहरूलाई त्यहाँ बसाई व्यवस्थापन गर्ने उद्देश्य राखेको छ।

ग्रामीण अस्ट्रेलिया इन्स्टिच्युटका अनुसार अस्ट्रेलियाका ग्रामीण क्षेत्रहरूमा कामका लागी ४४ हजार ६ सय स्थानहुरु रिक्त रहेका छन्, जसको परिपूर्ति गर्न निक्कै गाह्रो भएको पाइएको छ।

कामदारहरूको कमीले केही ग्रामीण क्षेत्रहरूमा नराम्रो असर पुर्याएको छ, जसले गर्दा त्यस्ता स्थानमा जनसङ्ख्या घटेको छ भने व्यवसायहरू बन्द गर्नु परेको छ।

मेलबर्न ३०० किलोमिटर उत्तर-पश्चिममा रहेको रेपान्यप सहरमा ५०० को जनसङ्ख्या रहेको छ।
rupanyup, victoria
Rupanyup, Victoria (Google) Source: Google
कृषि प्रमुख उद्द्योग रहेको सो क्षेत्रमा पछिल्लो समयमा प्रविधिको विकासका कारण यसको अवस्थामा धेरै ठुलो परिवर्तन देखिएको छ।

बेन्डिगो एन्ड एडिलेड ब्याङ्कका निर्देशक डेभिड म्याथ्युज पनि त्यो सहरमा रहेका तिन पुस्ता देखि कृषि क्षेत्रमा आबद्ध रहेका छन्।

र उनी भन्छन् त्यस स्थानमा सिपयुक्त कामदारहरू पाउन निक्कै गाह्रो भएको छ।
सरकारी तथ्याङ्कले २०१७-१८ भित्र १ लाख ११ हजार भन्दा बढी सीपयुक्त आप्रवासीहरू अस्ट्रेलिया आएको देखाएको छ।

ती मध्ये ६ हजार भन्दा केही बढीको सङ्ख्या मात्र ग्रामीण प्रायोजन आप्रवासन योजना अन्तर्गत रहेको देखाउँछ।

र त्यो सङ्ख्या भनेको २०१६-१७ को अवधिमा देखिएको सङ्ख्या भन्दा ३९ प्रतिशतले कमी आएको हो।
आप्रवासीहरू ग्रामीण क्षेत्रमा जान हिच्किचाउने कारणहरू: 'सीमित स्रोत साधन, सामाजिक रूपमा एक्लोपन र आफ्नो जस्तै पृष्ठभूमिका मानिसहरूसँग घुलमिल हुने अवसर नपाउनु'
सेन्ट्रल क्विन्सल्याण्ड विश्वविद्यालयले २०१८ मा गरेको एक अध्ययनले आप्रवासीहरू ग्रामीण क्षेत्रमा जान किन हिच्किचाइ रहेका छन् भन्ने बारे ध्यान दिएको थियो।

जसमा सीमित स्रोत साधन, सामाजिक रूपमा एक्लोपन र आफ्नो जस्तै पृष्ठभूमिका मानिसहरूसँग घुलमिल हुने अवसर नपाउनु प्रमुख कारणहरू मध्ये रहेको देखाएको थियो।

नीति निर्माणको तहमा काम गर्ने ग्रामीण अस्ट्रेलिया इन्स्टिच्युट (आरएआइ) ले ग्रामीण अस्ट्रेलियाको चिन्ताका विषयहरू माथि ध्यान दिएको थियो।

र आरएआइले त्यस्ता ग्रामीण क्षेत्रमा आप्रवासी कामदारहरूलाई आकर्षित गर्न राष्ट्रिय स्तरमा नै ७ तहको कार्य प्रणाली बनाएको छ।
Australia Government has relaxed Visa rules have been relaxed to make it easier for farmers to hire skilled foreign workers
Source: SBS
उक्त इन्स्टिच्युटमा प्रमुख सम्पादक रहेकी अमान्डा बार्विक भन्छिन् आप्रवासीहरूलाई ग्रामीण समुदायले न्यानो स्वागत गरेको अनुभूति दिन जरुरी रहेको छ।

"जब आप्रवासीहरू आफ्ना परिवार छोडेर ग्रामीण समुदायमा आउँछन् उनीहरूले त्यहाँ पुग्दा आफूलाई स्वागत गरेको अनुभव गर्नु पर्दछ र उक्त कार्यप्रणालीमा पनि त्यसरी समुदायले स्वागत गर्दा एक समिति बनाइएको जसले त्यो प्रक्रियालाई हेर्ने गर्दछ।"

आप्रवासीहरूलाई आकर्षित गर्न नसक्नुको पछाडि सामाजिक एक्लोपन एक मात्र कारण होइन, त्यसमा पूर्वाधारले पनि ठुलो भूमिका निर्वाह गर्दछ।

म्याथ्युजले विशेष गरी कोलम्बिया बाट आएका आप्रवासी कामदारहरूको सानो समूहलाई आफ्नो फार्ममा काम गर्न प्रायोजन गरेका छन्।

उनी भन्छन् उक्त सहरमा अहिले १० जना आप्रवासीहरू बस्दै आएका छन्, र दक्षिण अमेरिकाबाट रिक्त अन्य स्थानमा काम गर्न केही अरू पनि आउन चाहन्छन्।

तर उपयुक्त वासस्थानको अभावले गर्दा त्यसो हुन नसकेको म्याथ्युज बताउँछन्।

र यसको समाधानका लागी समुदायले नै कोष खडा गरेर सो सहरमा हुने आवास योजनालाई सहयोग गर्ने कामको सुरुवात गरिएको उनले बताए।
"मैले पहिले वासस्थान भन्दा कामलाई नै पहिलो प्राथमिकता दिनु पर्ने सोच्थे, तर अहिले आवास नै पहिलो भएको जस्तो लाग्छ। र अहिले हाम्रो ध्यान सस्तो वासस्थानको विकास गर्नेमा केन्द्रित छ।"
इम्यानुएल मसोनी रुवाण्डाबाट अस्ट्रेलिया शरणार्थीका रूपमा आएका थिए। र उनले अहिले आरएआइ र स्क्यान्लन फाउन्डेसनसँग उक्त कार्यविधि निर्माणमा नजिक रहेर काम गरेका छन्।

ग्रामीण क्षेत्रमा बसाइ सर्नबाट के कुराले रोक्छ भन्ने जान्न उनले ठुला सहरहरूमा रहेका शरणार्थी तथा आप्रवासीहरू सँग सुझाव लिएका थिए।

साथै उनले धेरै ग्रामीण समुदायसँग सल्लाह गरेर आप्रवासी र शरणार्थीहरूलाई उनीहरूको सहरमा आकर्षित गर्न के गर्न सकिन्छ भन्ने बारे विस्तृतमा बुझ्न सहयोग गरेका थिए।

"व्यक्तिगत रूपमा अभियन्ता भएर सहयोग गर्न सकिन्छ, यदि व्यवसाय गर्नुहुन्छ भने त्यस्ता धेरै व्यवसाय छन् जसले आप्रवासीहरूलाई आकर्षित गरेका छन्।अस्ट्रेलियाका हरेक व्यक्तिले बहाना बनाउनु पर्दैन। सबैले सहयोग र समर्थन दिएर आफ्नो समुदायमा आप्रवासीलाई स्वागत गर्न सक्छन्।"
Winery farm in regional New South Wales
Source: sbs nepali
अस्ट्रेलियाको वासस्थान व्यवस्थापन परिषद्का प्रमुख कार्यकारी अधिकृत ट्याम्मी उल्फ्स भन्छिन् यदि सरकार र ग्रामीण समुदायले मानिसहरू ग्रामीण क्षेत्रमा आएर बसुन् भन्ने चाहन्छन् भने यसका लागी धेरै गर्न बाँकी रहेको छ।

उनी यस प्रक्रियामा आप्रवासी र ग्रामीण समुदायलाई दुबैलाई सहज बनाउने कुनै पनि श्रोत साधन र योजनाको आफूले समर्थन गर्ने बताउँछिन्।

"ग्रामीण बसोबास व्यवस्थापनलाई लिएर मिश्रित नतिजा आएको छ, तर जहाँ यसले काम गरेको छ त्यहाँ यी सम्पूर्ण कुराहरू रहेका छन्। तपाइले स्वागत गर्ने समुदाय पाउनु भएको छ, तपाइको काम छ, तपाइले आप्रवासी केन्द्रित पूर्वाधार र सेवा सुविधा पाउनु भएको छ।"



Share
Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand
आप्रवासीलाई ग्रामीण क्षेत्रमा आकर्षित गर्न नमुना कार्यविधि | SBS Nepali