SKIP TO MAIN CONTENT

न्यु साउथ वेल्स: होटेल क्वारेन्टिन छोडेका एक यात्रुमा कोभिड-१९ पुष्टि, स्वास्थ्य चेतावनी जारी

अस्ट्रेलिया फर्किई होटेल क्वारेन्टिन बसेर निस्केका एक जना यात्रुमा कोरोना भाइरस सङ्क्रमण भेटिए पछि न्यु साउथ वेल्स हेल्थले सबैलाई सावधान रहन चेतावनी जारी गरेको छ।

A COVID-19 testing clinic.
NSW Health says anyone who visited the venues around the same time should get tested immediately and self-isolate. Source: AAP

2 min read

Published

Updated

By SBS News

Presented by Dinita Rishal

Source: SBS



Skip to article content

सिड्नीको एक क्याफे र इलावारा क्षेत्रका स्थलहरूका लागि स्वास्थ्य चेतावनी जारी गरिएको छ। विदेशबाट आई १४ दिन होटेल क्वारेन्टिनमा बसेका एक जना यात्रुमा क्वारेन्टिन छोडेपछि कोभिड-१९ सङ्क्रमण देखा परेका कारण चेतावनी जारी गरिएको हो। 

ती व्यक्ति गत हप्ता यी ठाउँहरूमा गएको बताइएको छ - सिड्नीको दक्षिणी भागमा रहेको ब्राइटन ले स्यान्ड्समा रहेको एक क्याफे र त्यहाँका केही पसलहरू, वलंगगंगको एउटा होटेल र एउटा बिच, इलावारा क्षेत्र।

त्यस समयमा त्यहाँ गएका सबै मानिसहरूले तुरुन्तै कोरोनाभाइरस परीक्षण गरी सेल्फ आइसोलेसनमा बस्नु पर्ने न्यु साउथ वेल्स हेल्थले बताएको छ। 

घर फर्किए पछि, होटेल क्वारेन्टिनको १६औँ दिनमा उनमा सङ्क्रमण पुष्टि भएको हो। १४ दिने होटेल क्वारेन्टिनको अवधिमा दुई पटक गरिएको परीक्षणमा दुवै पटक उनमा सङ्क्रमण नभएको नतिजा आएको, स्वास्थ्य विभागले आइतबार राति बताएको हो। 

"परीक्षणले ती व्यक्तिमा कोरोना भाइरसको थोरै मात्रामा सङ्क्रमण भएको देखाएको छ। उनका घरका सदस्यहरूमा अहिले सम्म सङ्क्रमण नभएको देखिएको छ।

अनुसन्धान अनुसार त्यो सङ्क्रमण विदेशबाट नै भएको, र होटेल क्वारेन्टिनबाट नभएको हुने सक्ने देखिएको छ।"

उनका नजिकी सम्पर्कका व्यक्तिहरू सेल्फ आइसोलेसनमा छन्, र तिनीहरू ती जोखिम मानिएका स्थानहरूमा भने गएका थिएनन्। 

१४ दिन क्वारेन्टिनमा बसे पछि सङ्क्रमण हुन सक्ने जोखिमका कारण न्यु साउथ वेल्सले क्वारेन्टिनको १६औँ दिनमा पनि परीक्षण गर्ने नियमको थालनी गरेको छ, तर अहिले यो अनिवार्य भने गरिएको छैन। 

स्वास्थ्य चेतावनी अन्तर्गत यी स्थानहरू पर्दछन् - अस्टिन्मर, बल्ली, ब्राइटन ले स्यान्ड्स, उत्तरी वलंगगंग, फेरी मेडो, कोरिमल, थिरूल, म्याडेन प्लेन्स र फिगट्री। थप विवरणका लागि न्यु साउथ वेल्स हेल्थको वेबसाइटमा जानुहोस्। 

१६ औँ दिनमा परीक्षण गर्ने तरिकालाई साउथ अस्ट्रेलियाले पनि आफ्नो राज्यमा अपनाउन सक्ने बताएको छ र भिक्टोरियाले पनि मानिसहरूलाई होटेल क्वारेन्टिन पछि एक पटक थप परीक्षण गर्न प्रोत्साहन गर्दै छ। 


अस्ट्रेलियामा बसोबास गर्ने मानिसहरू घर बाहिर हिँड्दा, अरू मानिसहरूबाट कम्तीमा १.५ मिटर टाढा रहनुपर्दछ। भेला हुने सङ्ख्या बारे तपाईँको राज्य वा प्रदेशमा हाल कायम व्यवस्था बारे जान्न थप जानकारी यहाँ उपलब्ध छ।

कोरोनाभाइरसद्वारा सङ्क्रमित भएको आशङ्का लागेमा मानिसहरूले सर्वप्रथम आफ्नो डाक्टर (जीपी)लाई वा राष्ट्रिय कोरोनाभाइरस स्वास्थ्य जानकारी हटलाइन - १८०० ०२० ०८० मा फोन गर्नुपर्छ।

यदि तपाईँलाई सास फेर्न गाह्रो महसुस भयो वा आपतकालिन स्वास्थ्य समस्या उत्पन्न भएको खण्डमा ००० (ट्रिपल जिरो)मा कल गर्नुहोस्।

तपाईँको राज्य वा क्षेत्रका लागि सान्दर्भिक निर्देशनहरू हेर्नुहोस् । न्यू साउथ वेल्स, भिक्टोरिया, क्विन्सल्याण्ड, वेस्टर्न अस्ट्रेलिया, नदर्न टेरीटरी, एसीटी, तास्मेनिया।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now