SKIP TO MAIN CONTENT

न्यु साउथ वेल्सका बढ्दा कोभिड-१९ सङ्क्रमणले अर्थव्यवस्था माथि कस्तो प्रभाव पार्न सक्छ ?

Federal Budget 2021: Economic and fiscal outlook
Federal Budget 2021: Economic and fiscal outlook Source: Getty Images

सन् २०२१ सालको आगमन सँगै न्यु साउथ वेल्स र भिक्टोरियाका केही ठाउँहरूमा कोरोना भाइरस सङ्क्रमितहरू अप्रत्याशित रूपमा बढ्दै छन्। यसले उग्रँदो अस्ट्रेलियाको अर्थव्यवस्थालाई हानि पुर्‍याउला त ? आर्थिक विज्ञ विश्वास भट्टराईको विचार यस्तो छ।


Published

Updated

Presented by SBS Nepali

Source: SBS



Skip to podcast episode content

सन् २०२१ सालको आगमन सँगै न्यु साउथ वेल्स र भिक्टोरियाका केही ठाउँहरूमा कोरोना भाइरस सङ्क्रमितहरू अप्रत्याशित रूपमा बढ्दै छन्। यसले उग्रँदो अस्ट्रेलियाको अर्थव्यवस्थालाई हानि पुर्‍याउला त ? आर्थिक विज्ञ विश्वास भट्टराईको विचार यस्तो छ।


यस मासिक शृङ्खलामा समावेश विषयहरु:

  • न्यु साउथ वेल्समा कोभिड-१९ सङ्क्रमणको लहर बढ्दो छँदा, यसले अर्थव्यवस्थामा कस्तो असर गर्ला ?
  • आउँदा ६-७ महिनासम्म अस्ट्रेलियाको आवास र निर्माण उद्योग राम्रो चल्ने प्रक्षेपण  
  • पछिल्लो समय अस्ट्रेलिया आउने अन्तराष्ट्रिय विद्यार्थीहरूमा कमी आउँदा यसले भाडा बजारमा पारेको प्रभाव 
  • सन् २०२१ मा ब्याज दर बढ्ने सम्भावना छ कि छैन ?

 

यसपल्टको कुराकानीमा, अर्थिक सल्लाहकार भट्टराईले अन्य देशहरुको तुलनामा अस्ट्रेलियाले कोभिड-१९ को नियंंत्रणमा पाएको तुलनात्मक सफलताले गर्दा भवन-निर्माण लगायतका क्षेत्रहरु फस्टाईरहेको र यसको सेरोफेरोमा रोजगारीका अवसरहरु पनि बढेको बताउछन्।


यी विषय सहितको कुराकानी माथि रहेको मिडिया प्लेयरबाट सुन्नुहोस्।

नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौं कि यस शृङ्खलामा व्यक्त गरिएका जानकारीहरू साधारण प्रकारका रहेका छन्। तपाईँको लागि उक्त जानकारी उपयुक्त नहुन पनि सक्छ - आफ्नो परिस्थितिबारे स्पष्ट सल्लाहको लागि आफ्नो कर एजेन्ट वा आर्थिक सल्लाहकारलाई सम्पर्क गर्नुहोस्।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now