SKIP TO MAIN CONTENT

कोहली, स्मिथ र गेललाई पछाडि पार्न पारस खड्का सफल

सिङ्गापुर विरुद्ध अन्तर्राष्ट्रिय क्रिकेट म्याच खेल्ने क्रममा नेपालका कप्तान पारस खड्काले शतक हान्दै नयाँ किर्तिमान बनाएका छन्।

Paras Khadka makes record
Nepal's Cricket Captain Paras Khadka announced his retirement from the game. Source: Twitter

2 min read

Published

Updated

By SBS Nepali

Source: SBS



Skip to article content

हाल सिङ्गापुरमा चलीरहेको त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी-२० सिरिज अन्तर्गतको शनिबार भएको खेलमा पारस खड्काले दोस्रो पारीमा शतक पुरा गरेपछी, लक्ष पछ्याउँदै कप्तानको रूपमा टी-२० म्याचमा १०० रन कटाउने उनी पहिलो अन्तर्राष्ट्रिय कप्तान भएका छन्।

१५२ रनको लक्ष पाएको नेपालले कप्तान पारस खड्काको अविजित १०६ रनको योगदान सहित उक्त लक्ष १६ औँ ओभर मै पुरा गरेको थियो।

खड्काले उक्त कीर्तिमानी पारी खेल्ने क्रममा जम्मा ५२ बलको सामना गर्दै ९ छक्का र ७ चौका हानेका थिए भने ४९ बलमै आफ्नो शतक पुरा गरेका थिए।

यो भन्दा पहिला, अन्तर्राष्ट्रिय टी-२० खेल अन्तर्गत रन पछ्याउने क्रममा नेदरल्याण्डका कप्तान पिटर सेलारले स्कटल्यान्ड विरुद्ध बनाएको ९६ रन नै दोस्रो पारीमा कप्तानद्वारा बनाइएको सर्वाधिक रन थियो।

यसका साथै, कुनै पनि कप्तानले अन्तर्राष्ट्रिय टी-२० म्याचको एक पारीमा सर्वाधिक रन बनाएको सुचीमा उनी चौथो नम्बरमा उक्लेका छन्।

खड्का भन्दा माथि रोहित शर्मा (भारत, ११८ रन); फाफ डु प्लेसी (साउथ अफ्रिका, ११९ रन) र एरन फिंच (अस्ट्रेलिया, १७२ रन) रहेका छन्।

सिङ्गापुर विरुद्धको उक्त खेलमा अर्का सुरुवाती ब्याट्सम्यान ईशान पाण्डेले ५ रन र आरिफ शेखले अविजित ३९ रनको पारी खेलेका थिए।

हाल नेपाली क्रिकेट टोली, जिम्बाब्वे समेत संलग्न एक अन्तर्राष्ट्रिय टी-२० त्रिकोणीय सिरिज खेल्न सिङ्गापुरमा छ जस अन्तर्गतको पहिलो खेलमा जिम्बाब्वेले नेपाललाई पाँच विकेटले पराजित गरेको थियो।

अब नेपालले मङ्गलवार जिम्बाब्वे र बुधवार सिङ्गापुर विरुद्ध पुनः भिड्ने खेल तालिका रहेको छ।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now