SKIP TO MAIN CONTENT

प्रवासीहरुको अंग्रेजी कमजोर भएकै कारण अष्ट्रेलियामा काम पाउन गार्ह्रो: संघीय मन्त्री एलन टज

नागरिकता तथा बहुसांस्कृतिक मामला सम्बन्धी संघीय मन्त्री एलन टजले प्रवासीहरुको अंग्रेजी कमजोर भएकै कारण अष्ट्रेलियामा उनीहरुले काम पाउन गार्ह्रो भएको बताएका छन्।

Minister for Human Services Alan Tudge
Sozialminister Alan Tudge Mitte Mai vor der Presse in Melbourne Source: AAP

1 min read

Published

Updated

By Tara Cosoleto, SBS Nepali

Source: SBS


Skip to article content

प्रवासीहरुलाई अष्ट्रेलियाली समाजमा अझ बढी घुलमिल कसरी गराउन सकिन्छ भन्नेबारे आफ्नो धारणा सार्वजनिक गर्ने क्रममा उनको उक्त भनाई आएको हो।

तर सहायता सेवाहरु दिने संस्थाका नेताहरू भने, आप्रासीहरुले आफुहरुलाई स्थापित गरी नै रहेको तर्क व्यक्त गर्दछन्।

टजका अनुसार विदेशमा जन्मेका अस्ट्रेलियाली मानिसहरु, जसको अंग्रेजी कमजोर छ, त्यसले उनीहरुको काम पाउने सम्भावनाहरू न्यून भएको तथ्यांकहरुले देखाईरहेको छ।

तर विभिन्न समर्थन सेवाका नेताहरूले भने यो प्राकृतिक प्रक्रिया हो र चिन्ताको कारण होइनन् भन्ने प्रतिक्रिया दिएका छन् ।

अष्ट्रेलियाली समाजमा घुलमिल नहुनु आप्रवासी समाजहरुमा व्याप्त समस्याहरु मध्ये एक भएको भन्दै उनले स्काई न्युजसँगको एक कुराकानीमा स्कांलन प्रतिष्ठानको एक बार्षिक प्रतिवेदनका अनुसार आप्रवासीहरु अष्ट्रेलियामा स्थायी बसोबास गरिरहेका अरु समुदायबाट आफुहरुलाई टाढा पार्दै गएको बताएका छन्।

"हामी युरोपमा देखिने जस्तो समानान्तर समुदायहरु अष्ट्रेलियामा नहुन् भन्ने चाहन्छौं। हामी आफ्नो बहुसांस्कृतिवादको सफल मोडेल कायमै राख्न चाहन्छौं जसको जग सामाजिक घुलमिलमा बसेको छ।"

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now