“प्यारेन्ट भिसा” प्राप्त गर्न अब अस्ट्रेलिया छाड्नु नपर्ने

महामारीका बिच “प्यारेन्ट भिसा” अर्थात् अभिभावकहरूका लागि भिसा आवेदनलाई सहजीकरण गर्ने उद्देश्यले सरकारले नियममा सहजीकरण गरेको छ ।

The changes mean certain offshore parent visa applicants will no longer have to exit Australia to have applications approved.

The changes mean certain offshore parent visa applicants will no longer have to exit Australia to have applications approved. Source: Supplied

हाल अस्ट्रेलियामै रहेका अभिभावकले “अफ सोर” प्यारेन्ट भिसा निवेदन दिँदा अनिवार्य अस्ट्रेलिया छाड्नु पर्ने नियममा परिवर्तन गरेको हो ।

यसको अर्थ अस्ट्रेलियामै भिसीटर भिसा वा अन्य भिसामा रहेका बखत प्यारेन्ट भिसा प्राप्त गर्न अस्ट्रेलिया छाड्न नपर्ने भएको छ ।

यस नयाँ निर्णयले  भिसा आवेदकहरूको चिन्ता कम गर्ने र भिसा प्राप्त गर्न अस्ट्रेलिया छाड्नै पर्ने बाध्यताको अन्त्य हुने बताइएको छ ।

“अफशोर” भिसा आवेदनको लामो र झन्झटिलो प्रक्रियाका क्रममा अभिभावकहरू पर्यटक भिसामा अस्ट्रेलिया आएर बस्नुलाई सामान्य मानिन्छ ।

मेलर्वनमा बस्दै आइरहेका क्यान लिउ र जुली जिनका बाबु आमा एवम् सासू ससुरा गत मे महिना देखि पर्यटक भिसामा उनीहरू सँगै बस्दै आइरहेका थिए ।

Grandparents Dong Liu and Lixia Wang with their granddaughter.
Grandparents Dong Liu and Lixia Wang with their granddaughter. Source: Supplied

प्यारेन्ट भिसा आवेदन दिएर त्यसको निर्णयको पर्खाइमा बसेका बेला अन्तिम प्रक्रिया पुरा गर्न अस्ट्रेलिया छाड्नु पर्ने बाध्यता नयाँ नियम सँगै टरेको छ ।

सरकारले अस्थायी रूपमा ल्याएको नियमले आफ्ना अभिभावक अनावश्यक दुख पाउनबाट जोगिएको उनले एस बि एस सँग बताइन् ।

“यो सम्पूर्ण परिवारका लागि राहत हो ।” उनले भनिन् ।

यो परिवर्तन प्यारेन्ट भिसा अन्तर्गतका सब क्लास १ सय ३, १ सय ७३ र १ सय ४३ मा लागु हुनेछ ।

यस अघि यी भिसाहरू आवेदन दिएकाहरू भिसाको अन्तिम निर्णयका लागि केही समयका लागि अस्ट्रेलिया छाड्ने गरेका थिए ।

कोभिड–१९ महामारी पछि अन्तर्राष्ट्रिय सीमा बन्द र अनिवार्य क्वारीनटीन जस्ता नियमका कारण समस्या हुँदै आएको थियो । 

अध्यागमन मन्त्री एलेक्स होकले कोभिड–१९ महामारीका दौरान भिसावालाहरूलाई सहजताका लागि सरकार सम्बोधन गर्ने बताए ।

“यो अस्थायी छुट प्यारेन्ट भिसा अन्तर्गतका सबक्लासहरुमा लागू हुनेछ,अस्ट्रेलियामा रहेका योग्य आवेदकहरूलाई कोभिड–१९ का कारण बाहिर यात्रा गर्न असमर्थ हुँदा यो सुविधा दिइनेछ ।” उनले भने ।

उक्त परिवर्तनले भिसाको आवेदन समयमा प्रभाव नपार्ने बताइएको छ ।


Share

2 min read

Published

Updated

By SBS News

Presented by Krishna Pokhrel

Source: SBS




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now