SKIP TO MAIN CONTENT

अस्ट्रेलियाली नागरिकतामा कडाइ गर्ने पोलिन ह्यान्सनको प्रस्ताव अस्वीकृत

अस्ट्रेलियाली नागरिकता पाउन कडा अङ्ग्रेजी भाषा परीक्षा दिनु पर्ने लगायतका न्यूनतम मापदण्ड बढाइनुपर्ने भन्दै वान नेशन कि नेत्री पोलिन ह्यान्सनले संसद्मा पेस गरेको प्रस्ताव असफल भएको छ।

One Nation Leader Pauline Hanson in the Senate chamber at Parliament House in Canberra.
One Nation Leader Pauline Hanson in the Senate chamber at Parliament House in Canberra. Source: AAP

3 min read

Published

Updated

By SBS Nepali

Source: SBS



Skip to article content

अस्ट्रेलियाली नागरिकताका लागि हाल लाखौँ आवेदनहरू रहेको बताइदा उक्त सङ्ख्या घटाउन सरकारले ९० लाख डलर सम्म खर्च गर्ने बताएको छ।

नयाँ कर्मचारीहरूको भर्ती लगायतका कदमका साथ अस्ट्रेलियाको नागरिकता लिने प्रक्रियामा कडाइ गरिनु पर्ने ह्यान्सनको प्रयास स्वरूप उक्त प्रस्ताव आएको हो।

डे केयर सेन्टरमा कार्यरत बियाक टोंग यूराइ २००६ मा म्यानमार छोडेर अस्ट्रेलिया आएका थिए। उनी अहिले पश्चिम मेलबर्नमा श्रीमती र ६ जना छोराछोरीका साथ बस्दै आएका छन्।

बर्मेली सेनाहरूको लागी सहयोगीको काम गरेका उनलाई बिरामी भएर काम गर्न नसकेपछि सेनाले नराम्रोसँग कुटपिट गरेका थिए। साथै उनलाई ज्यान लिने धम्की दिदी उनको घर लुटेको यूराइ बताउँछन्।

मलेसियाको शरणार्थी शिविरमा ५ वर्ष पर्खिए पछि उनलाई अन्ततः अस्ट्रेलियामा शरण मिलेको थियो।

तर उनलाई अझै पनि अधिकारीहरू उनी कहाँ आएर जुनसुकै समयमा पनि देश छोडेर जान भन्न सक्छन् भन्ने चिन्ता लाग्ने गर्दछ ।

Biak Thwang Urai and family
Biak Thwang Urai and family Source: SBS

सम्पूर्ण तनाव बाट मुक्ति पाइने भन्दै २०१५ मा यूराइले अस्ट्रेलियाली नागरिकताको लागी आवेदन हालेका थिए , तर उनको आवेदन फर्म फिर्ता आएको छ।

उनले पुनः २०१७ र अघिल्लो वर्ष मात्र फेरी आवेदन हाले, उनलाई विभागबाट जन्म र विवाहको प्रमाणपत्र पेस गर्न भनिएको छ जुन उनीसँग छैन।

त्यसको प्रतिस्थापन गर्ने कागजात जुटाउन गाह्रो र महँगो पर्छ, यो धेरै शरणार्थीहरूले भोग्नुपरेको समस्या हो।

पश्चिमी मेलबर्नको चिन समुदायका अध्यक्ष प्याट्रिक संग बो हीन भन्छन् उनलाई समुदायका धेरैले यो सङ्घर्षबाट गुज्रनु परेको बारे जानकारी रहेको छ।

अप्रिल २०१७ मा तात्कालिन प्रधानमन्त्री माल्कल्म टर्नबुलले नागरिकतालाई लिएर नयाँ तरिकाको कामकारबाही गर्ने घोषणा पश्चात् नयाँ आवेदन हाल्नेहरूको सङ्ख्या धेरै बढेको थियो।

ती अड्किएर बसेका आवेदनहरूलाई प्रक्रियामा लान नयाँ कर्मचारीहरू राख्ने देखी अतिरिक्त कर्मचारीहरूको तालिमका लागी ९० लाख डलर खर्चिएको छ।

आवेदनहरूमा काम अगाडी बढ्न सकेन किनभने विभाग नयाँ मापदण्ड लागू गराउने पर्खाइमा बस्यो। जसमध्ये एक भनेको अझ कडा अङ्ग्रेजी भाषा परीक्षा दिनु पर्ने थियो।

तर सो सुधार प्रस्ताव सिनेटबाट स्वीकृत हुन सकेन, जसले गर्दा २०१८ को मध्य तिर नागरिकताका लागी आवेदन हाल्नेहरूको सङ्ख्या २ लाख ४० हजारमा अड्कियो र यो सङ्ख्या २०१७ मा भएको सुची भन्दा दोब्बर थियो।

अघिल्लो आर्थिक वर्षमा ८० हजार भन्दा केही बढी सङ्ख्यालाई मात्र अस्ट्रेलियाली नागरिकता प्रदान गरियो जुन सङ्ख्या त्यस भन्दा अगाडीको आर्थिक वर्षमा १ लाख ३८ हजारको हाराहारीमा रहेको थियो।

अस्ट्रेलियाका शरणार्थी परिषद् प्रमुख पौल पावर नयाँ आउने मानिसहरूलाई समायोजन गराउन नागरिकता प्रदान गर्नु उत्तम हुने धारणा राख्दछन्। उनका अनुसार नागरिकता प्राप्त गरेपछि उनीहरूले आफ्नो देश र आफू देशको एक हिस्सा भएको अनुभव गर्न थाल्छन्।

Minister for Immigration, Citizenship and Multicultural Affairs David Coleman (L) and Prime Minister Scott Morrison (R) attended press conference in Melbourne.
Minister for Immigration, Citizenship and Multicultural Affairs David Coleman (L) and Prime Minister Scott Morrison (R) Source: Vatsal Patel/SBS Gujarati

अध्यागमन तथा नागरिकता मन्त्री डेभिड कोल्म्यान भन्छन्, "सरकार जहिले पनि जतिसक्दो प्रणालीलाई चुस्त र प्रभावकारी राख्न प्रयासरत रहन्छ।"

उनी थप्छन्,"अस्ट्रेलियाली नागरिकता प्राप्त गर्न चाहिने आवश्यक चरित्र र सुरक्षासँग सम्बन्धित मापदण्ड पुरा भएकालाई मात्र नागरिकता दिने वातावरण बनाएकोबारे सरकार कुनै पनि किसिमको क्षमा याचना गर्दैन।"

मन्त्री कोल्म्यान भन्छन् ती अड्किएर बसेका आवेदनहरूलाई प्रक्रियामा लान नयाँ कर्मचारीहरू राख्ने देखी अतिरिक्त कर्मचारीहरूको तालिमका लागि ९० लाख डलर खर्चिएको छ।

यसको परिणाम स्वरूप पछिल्लो ८ महिनामा ८५ हजारको आवेदनलाई स्वीकृत गरिसकिएको उनको भनाइ रहेको छ।

तथापि अध्यागमन विभागले एसबीएस समक्ष अझ कति आवेदनहरू प्रक्रियामा जाने पर्खाइमा रहेका छन् भन्ने बारेमा जानकारी दिएको छैन।

संसदीय दस्ताबेजले भने २ लाख अस्ट्रेलियाको नागरिक हुने पर्खाइमा रहेकाहरू अझै पनि नागरिकता कहिले पाइन्छ भन्ने द्विविधामा नै रहेको देखाएको छ।

पौल पावर यस्तो पर्खाइले एक पटक आफ्नो देशमा मानसिक आघात पुगेका शरणार्थीहरूमा थप पिडा थप्ने बिचार व्यक्त गर्दछन्।

बियाक टोंग यूराइका लागि यो पर्खाइको जतिसक्दो छिटो अन्त्य हुनुपर्ने देखिन्छ किनभने उनका पिता बिरामी छन् र उनीसँग अन्तिम भेट गर्न चाहन्छन्।

तर नागरिकता बिना यूराइले पासपोर्टका लागी निवेदन हाल्न सक्दैनन् र ४ वर्षको पर्खाइ पश्चात् यो निर्णय चाडै आउँछ भन्नेमा शङ्का व्यक्त गर्छन्।

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now