SKIP TO MAIN CONTENT

आजदेखि अस्ट्रेलियाभरका पब, क्लब र धार्मिक स्थलहरु बन्द हुने, स्कूलहरु चाहिं अझै खुला

सोमवार, २३ मार्चको अपराह्नदेखि लागु हुने उक्त नियमले देश भरका पब, क्लब, खेलकुद, धार्मिक केन्द्र लगायतका छाना मुनि रहेका अन्य स्थानहरूलाई पनि समावेश गरेको छ।

Prime Minister Scott Morrison gives an update on the coronavirus at a press conference at Parliament House in Canberra, Friday, March 6, 2020
Prime Minister Scott Morrison gives an update on the coronavirus at a press conference at Parliament House in Canberra, Friday, March 6, 2020 Source: AAP

2 min read

Published

Updated

By SBS Nepali

Source: SBS



Skip to article content

अस्ट्रेलियामा कोरोनाभाइरसको सङ्क्रमण फैलनबाट रोक्न भन्दा प्रधानमन्त्री स्कट मोरिशनले अत्यावश्यक बाहेकका स्थानहरू बन्द गरिने घोषणा गरेका छन्।

सोमवार, २३ मार्चको अपराह्न देखि लागु हुने उक्त नियमले देश भरका पब, क्लब, खेलकुद, धार्मिक केन्द्र लगायतका छाना मुनि रहेका अन्य स्थानहरूलाई पनि समावेश गरेको छ।

साथै, सिनेमा लगायतका मनोरञ्जन स्थलहरू पनि बन्द हुनेछन्।

तर, प्रधानमन्त्रीले देशका स्कूलहरु चाहिँ बन्द नहुने बताएका छन्।

रेस्टुरेन्ट र क्याफेहरू चाहिँ खालि "टेक अवे" को लागि मात्र खोल्न सकिने छ।

भिक्टोरिया सरकारद्वारा आगामी मङ्गलवार देखि राज्यका स्कूलहरु बिदा हुने बताएता पनि स्कट मोरिशनले न्यु साउथ वेल्स लगायतका राज्यहरूमा चाहिँ त्यसो नहुने बताए।

आइतबार राति आयोजना भएको सङ्घीय, राज्य र प्रादेशिक सरकार बिचको मन्त्रीस्तरिय वार्ता पछि प्रधानमन्त्रीले उक्त घोषणा गरेका हुन्।

आज मात्र न्यु साउथ वेल्स र भिक्टोरिया सरकार द्वारा आगामी ४८ घण्टा भित्र राज्यका अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा बन्द गर्ने बताएका थिए।

कोरोनाभाइरसको प्रमुख लक्षणका रूपमा ज्वरो आउने, सुख्खा खोकी लाग्ने र घाँटी दुख्ने, थकान र सास लिन गाह्रो हुने सङ्घीय सरकारको स्वास्थ्य विभागको वेबसाइटमा उल्लेख छ।

कोरोनाभाइरसद्वारा सङ्क्रमित भएको आशङ्का लागेमा मानिसहरूले सर्वप्रथम आफ्नो जीपीलाई फोन गरेर सम्पर्क गर्न वा राष्ट्रिय कोरोनाभाइरस स्वास्थ्य जानकारी हटलाइन - १८०० ०२० ०८० मा फोन गर्न अधिकारीहरूले सुझाएका छन्।

यदि तपाईँ सास फेर्न सङ्घर्ष गर्दै हुनुहुन्छ वा आपतकालिन स्वास्थ्य समस्यामा हुनुहुन्छ भने ००० (ट्रिपल जिरोमा) कल गर्नुहोस्।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now