अस्ट्रेलिया घुम्न आएका दुई नेपाली विद्यार्थी सिड्नीबाट सम्पर्क बिहिन

दुई नेपाली किशोरहरू अस्ट्रेलिया घुम्ने क्रममा सिड्नीबाट बेपत्ता भएको न्यु साउथ वेल्स प्रहरीले जनाएको छ। विद्यालयबाट अस्ट्रेलिया भ्रमणमा आएका १४ वर्षीय मबिन्द्र पुन र सौरब पुन सिड्नीका दुई भिन्न स्थानहरूबाट सम्पर्क बिहिन भएको प्रहरीको भनाइ छ।

Two Nepali teenagers, Mabindra Pun and Saurab Pun, both 14, have gone missing from the same school trip in Sydney.

Two Nepali students, Mabindra Pun (L) and Saurab Pun (R), who went missing in Sydney, have come to Australia for a school trip. Credit: Facebook/NSW Police Force

प्रहरीका अनुसार स्कुल ट्रिप'का क्रममा अस्ट्रेलिया आएका बेपत्ता दुई मध्ये मबिन्द्रलाई अन्तिम पटक आइतवार २१ ज्यानुअरीमा हेमार्केटमा दिउँसो १२ बजे देखिएको थियो।

त्यस्तै सौरबलाई भने मङ्गलवार २३ ज्यानुअरीमा सिड्नी अन्तर्राष्ट्रिय विमानस्थलमा बेलुका ६:३० बजे अन्तिम पटक देखिएको हो।

प्रहरीले सर्वसाधारणलाई यी किशोरहरूको खोजी गर्न मदत पुर्‍याउन सार्वजनिक अपिल जारी गरेको छ।

प्रहरीले जारी गरेको सूचनामा सौरबले अन्तिम पटक देखिँदा कालो टी-सर्ट, हाफ पाइन्ट साथै कालो र खैरो रङ्गको जुत्ता लगाएको उल्लेख गरिएको छ।

त्यस्तै अन्तिम पटक मबिन्द्रलाई भने गाडा निलो रङ्गको टी-सर्ट, कालो प्यान्ट र कालो र सेतो चप्पलमा देखिएको सूचनामा भनिएको छ।

अस्ट्रेलिया घुम्न आएको समूहमा रहेका एक ‘सिनियर’ व्यक्तिले उनीहरू सम्पर्क विहीन भएको जानकारी दिएको न्यु साउथ वेल्स प्रहरीले एसबीएस नेपालीलाई बताएको छ।

प्रहरीले एसबीएस नेपालीलाई दिएको प्रतिक्रियामा दुई किशोरहरू एक अर्काको आफन्त भएको विश्वास गरिए पनि उनीहरूको सम्बन्ध बारे थप विवरण खुलाएको छैन।

गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) अस्ट्रेलिया तथा क्यान्बरा स्थित नेपाली दूतावासले यस घटनाका सम्बन्धमा आफूहरूलाई जानकारी नभएको स्पष्ट पारेका छन्।

सौरबको ठेगाना बारे केही जानकारी भएका जो कोहीलाई साउथ सिड्नी पुलिस त्यस्तै मबिन्द्र सम्बन्धी घटना बारे जानकारी हुनेले सिड्नी सिटी पुलिस वा दुवै घटनाबारे जानकारी दिन क्राइम स्टपर्सलाई १८०० ३३३ ००० मा सम्पर्क गर्न आग्रह गरिएको छ। साथै क्राइम स्टपर्स को वेबसाइटमा गएर पनि घटना बारे जानकारी दिन सकिन्छ।


Share

2 min read

Published

Updated

By Sunita Pokharel

Presented by SBS Nepali

Source: SBS



Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now