SKIP TO MAIN CONTENT

प्रधानमन्त्रीद्वारा महारानीको निधनमा शोक मनाउन अस्ट्रेलियामा सार्वजनिक बिदा दिने पुष्टि

प्रधान मन्त्री एन्थनी एल्बनिजीले महारानी एलिजाबेथ द्वितीयलाई सम्मान दिने अवसर प्रदान गर्न एक पटकको लागि देशमा सार्वजनिक बिदा दिने घोषणा गरेका छन्।

QUEEN ELIZABETH II AUSTRALIA REAX
Australian Prime Minister Anthony Albanese arrives to sign a condolence book for the passing of Her Majesty The Queen at Parliament House in Canberra, Friday, September 9, 2022. Queen Elizabeth II has died peacefully at Balmoral Palace in Scotland after more than seven decades on the throne. Source: AAP / LUKAS COCH/AAPIMAGE

1 min read

Published

Updated

By Sunita Pokharel

Source: SBS


Skip to article content

महारानी एलिजाबेथ द्वितीयालाई सम्मान व्यक्त गर्नका लागि २२ सेप्टेम्बरमा अस्ट्रेलियालीहरूले सार्वजनिक बिदा पाउने भएका छन्।

प्रधानमन्त्री एन्थनी एल्बनिजीले आइतबार सो कुराको पुष्टि गरेका हुन्।

उनले भने, "मैले सम्पूर्ण प्रिमियरहरू तथा मुख्य मन्त्रीहरूसँग हिजो कुरा गरेको थिएँ र आज बिहान मैले यो आधिकारिक रूपमा लेखेर पठाएको छु। उहाँहरूले आफ्नो पत्र अहिले सम्ममा प्राप्त गरिसक्नु भएको होला। उहाँहरू सबैले एक दिनका लागि राष्ट्रिय बिदा दिने कुरा उपयुक्त भएकोमा सहमति जनाउनु भएको छ।"

राष्ट्रिय शोक दिवस मनाउने घोषणा सँगै आज गभर्नर जेनेरल डेभिड हार्लीले राजा चार्ल्स तृतीयले राज सिंहासनमा बसेको घोषणा गर्ने छन्।

नोर्मन राजा विलियम द कन्कररले इङ्ग्लिस राजगद्दीलाई सन् १०६६ मा कब्जामा लिएपछि राजगद्दीमा आसीन हुने राजा चार्ल्स ४१ औँ हुन्।

शनिवार नै लन्डनस्थित सेन्ट जेम्सेज प्यालेसमा आयोजित एक विशेष समारोहमा उनलाई राजा घोषणा गरिए सकिएको छ।

इतिहासमा पहिलो पटक टेलिभिजनमा प्रसारण गरिएको घोषणा समारोहको इतिहास भने सयौँ वर्षा पहिलेको इतिहाससँग जोडिएको छ।

१९ सेप्टेम्बरमा हुने महारानीको अन्त्येष्टिमा अमेरिकी राष्ट्रपति जो बाइडेन र अस्ट्रेलियाका प्रधानमन्त्री एन्थनी एल्बनिजीको पनि उपस्थिति रहने अनुमान गरिएको छ।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now