Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

निजी स्वास्थ्य बीमाको प्रिमियम ३. २५ प्रतिशतले बढ्ने

अस्ट्रेलियन सरकारले निजी स्वास्थ्य बिमा प्रदायकहरूलाई आगामी अप्रिल १ तारिख देखि लागू हुने गरी बिमाको प्रिमियम ३. २५ प्रतिशतले बढाउन हरियो झन्डा देखाएको छ।

Health funds

调查发现,新冠疫情期间变更私人医疗保险的人士多数在18-44岁之间。 Source: SBS

सङ्घीय स्वास्थ्य मन्त्री ग्रेग हन्टका अनुसार यो वार्षिक वृद्धि सन् २००१ पछिकै सबैभन्दा कम हो।

"सन् २०१९को अप्रिल महिनाको पहिलो दिनदेखि एकल बीमा गर्ने व्यक्तिले आफ्नो प्रिमियम बापत औसतन १.१४ अस्ट्रेलियन डलर प्रतिहप्ता बढी तिर्नुपर्ने छ। त्यसै गरी पारिवारिक रूपमा गरिने स्वास्थ्य बीमाको प्रिमियममा भने प्रतिहप्ता औसतन २.३५ अस्ट्रेलियन डलरले वृद्धि हुनेछ," उनको कार्यालय द्वारा जारी एक विज्ञप्तिमा भनिएको छ।

Health Minister Greg Hunt
Greg Hunt says immunotherapy will help kids with leukemia and adults fighting aggressive lymphoma. Source: AAP

तर विपक्षी लेबर पार्टीकी स्वास्थ्य प्रवक्ता क्याथेरिन किङ्गले सरकारको यस निर्णयमा आफ्नो पार्टीको तर्फबाट घोर विरोध जनाएकी छिन्।

मुद्रास्फीति दर भन्दा बढी अनुपातमा स्वास्थ्य बीमाको प्रिमियम बढ्न दिने सरकारी निर्णयले अस्ट्रेलियन परिवारहरूले थप आर्थिक मार झेल्नु पर्ने तथा थुप्रै मानिसहरूले बाध्य भएर आफ्नो निजी स्वास्थ्य बीमा खारेज गर्ने उनको दाबी छ।

"महंगी आकासिएको आकासिएकै यस्तो बेलामा रेकर्ड तोड सङ्ख्यामा अस्ट्रेलियनहरुले आफ्नो निजी स्वास्थ्य बीमा योजना खारेज गरिरहेका छन् अथवा कम पैसा तिर्न मिल्ने तर तल्लो श्रेणीको बीमा योजनाहरू लिन बाध्य छन्," किङ्गले आफ्नो प्रतिक्रिया जनाइन।

करिब १ करोड ३० लाख अस्ट्रेलियनहरुद्वारा लिइएको भनिएको निजी स्वास्थ्य बीमाको प्रिमियम सन् २०१० देखि २०१६को अवधिमा ५० प्रतिशत भन्दा बढीले अभिवृद्धि भएको थियो।

सरकारको उक्त निर्णयसँगै मेडिब्याङ्क प्राइभेट तथा उसको भगिनी संस्था एएचएमले आफ्नो प्रिमियम करिब ३.३ प्रतिशतले बढ्ने घोषणा आजै गरेका छन्।


1 min read

Published

Updated

By SBS Nepali

Source: SBS




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now