SKIP TO MAIN CONTENT

अन्तर्राष्ट्रिय विधार्थीहरूलाई थप सहायता देऊ: भिक्टोरियाली कोरोनर

सन् २००९ देखी २०१५ सम्म २७ अन्तर्राष्ट्रिय विधार्थीहरूले आत्महत्या गरेपछि एक भिक्टोरियाली कोरोनरद्वारा गरिएको अनुसन्धानका अनुसार, उनीहरूलाई मानसिक स्वास्थ्य सम्बन्धी सेवाहरू उपभोग गर्न थप प्रोहत्सान गर्न सकिएको भए अहिले उनीहरू जीवितै हुन सक्थे।

International students
Source: AAP

2 min read

Published

Updated

By SBS Nepali

Source: SBS



Skip to article content

राती राम्ररी सुत्न नसक्ने रोग इंसोम्निया तथा अङ्ग्रेजीमा राम्रो दक्खल नभएर सङ्घर्ष गर्दै गरेका मेल्बर्न विश्वविद्यालयमा अध्यनरत एक चिनिया नागरिक झिकाइ लिऊले सन २०१६को मार्च महिनामा आफ्नै ज्यान लिए।

खेदका साथ भन्नुपर्छ, लिऊको यो कथा उनको मात्र होइन - एक भिक्टोरियाली कोरोनर अड्री जेमिसनका अनुसार आत्महत्याको जोखिममा रहेका अन्य अन्तर्राष्ट्रिय विधार्थीहरूलाई राम्रो रणनीतिको अभावमा जोगाउन गाह्रो रहेको छ।

जेमिसनले लिऊको आत्महत्याबारे अनुसन्धान गर्दै जाँदा सन् २००९ देखी २०१५ सम्मको अवधिभर २६ अन्य अन्तर्राष्ट्रिय विधार्थीहरूले पनि आफ्नो ज्यान लिएको खुलेको थियो।

कोरोनर्स रोकथाम इकाईद्वारा ती २७ अन्तर्राष्ट्रिय विधार्थीहरूको परिस्थितिलाई अस्ट्रेलियामा नै जन्मेका तथा आत्महत्या गर्ने विधार्थीहरूको एक समूहसँग तुलना गरेर हेर्दा बाहिरबाट आउने विधार्थीहरूमा मानसिक रोगको निदान कम भएको पाइएको छ।

त्यस अध्यनका अनुसार जम्मा २२ प्रतिशत अन्तर्राष्ट्रिय विद्यार्थीहरूले मात्र आत्महत्या गर्नु पूर्व आफ्नो मानसिक स्वास्थ्य स्थिति बारे मद्दतका लिएका थिए। तर, अस्ट्रेलियामा नै जन्मेका विधार्थीहरूको हकमा भने करिब ५७ प्रतिशतद्वारा आफ्नो आत्महत्या भन्दा अगाडिका ६ हप्ता भित्र मानसिक स्वास्थ्य स्थिति बारे कुनै न कुनै सहयोग लिएका थिए।

आफ्नो ज्यान लिनेबारे लिऊद्वारा कुनै पत्र नलेखेता पनि उनको आत्महत्याबारे जेमिसनद्वारा गरिएको अनुसन्धानले लिऊ अध्यनका लागि अस्ट्रेलिया आएपछि उपचार हुन नपाएको मानसिक रोगहरूका लक्षणहरू देखा परेको जनाएको छ।

त्यसैलाई आधार बनाएर जेमिसनले लिऊद्वारा आत्महत्या गरेको प्रतिवेदन जारी गर्नुका साथै उनले कमजोर तथा असुरक्षित अन्तर्राष्ट्रिय विधार्थीहरूलाई मानसिक स्वास्थ्य सम्बन्धी सेवाहरू प्राप्त गर्न सहज हुने वातावरण निर्माण गर्न भिक्टोरियाको शिक्षा तथा तालिम विभागलाई सिफारिस पनि गरेकी छिन् ।

अड्री जेमिसनले अस्ट्रेलियाको अन्तर्राष्ट्रिय विद्यार्थी नियमावलीमा पनि सुधार गर्दै त्यसमा टेफ तथा विश्वविद्यालयहरूद्वारा आफ्ना कुनै अन्तर्राष्ट्रिय विद्यार्थीहरूले आत्महत्या गरे तत्कालै कोरोनरलाई सतर्क गराउनु पर्ने भनी बताएकी छिन्।

आत्महत्याबारे मनमा बिचार आयो भने के गर्ने त?

आफू अध्यन गर्ने संस्थामा निःशुल्क उपलब्ध हुने परामर्श सेवाको सहयोग लिन सक्नुहुनेछ। विश्वविद्यालय तथा टेफहरुमा रहेका विद्यार्थी सेवा केन्द्र (स्टुडेन्ट सर्भिस सेन्टर)हरूमा वा त्यहाँ रहेका परामर्शदाताहरूलाई सम्पर्क गर्नुहोस्। उनीहरूले तपाईँलाई पायक पर्ने सही विशेषज्ञसँग सम्पर्क गराइदिनेछन्।

यसका साथै, बियन्डब्लु तथा लाइफ-लाइन जस्ता मानसिक स्वास्थ्य सम्बन्धी कार्यहरूमा संलग्न सामाजिक संस्थाहरूमा पनि सम्पर्क गर्न सक्नुहुनेछ। लाइफ-लाइनको सङ्कट सहायता तथा आत्महत्या रोकथाम सम्बन्धी २४ घन्टे हटलाइन १३ ११ १४ अथवा बियन्डब्लु १३०० २२ ४६३६ मा फोन गरेर पनि तपाईँले उचित परामर्श लिन सक्नुहुन्छ।

तर, समस्या एकदमै गम्भीर तथा जटिल भइसकेको अवस्थामा भने ००० (ट्रिपल जेरो)मा फोन गर्नुपर्छ वा तत्काल नजिकैको अस्पताल अन्तर्गतको आकस्मिक सेवामा सम्पर्क गर्नुपर्छ।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now