मेलबर्नमा नेपाली द्वारा संचालित कार्यक्रम स्थल गएकी एक अर्की महिला कोरोनाभाइरस बाट सङ्क्रमित

भिक्टोरियामा सोमबार पुष्टि भएको कोरोनाभाइरसको एक मात्र सामुदायिक सङ्क्रमण गत हप्ता मेलबर्नको कोबर्गमा आयोजना भएको एक निजी पार्टीमा गएकी महिला हुन्।

Street view of an COVID-19 exposure site in the Melbourne suburb of Coburg

Street view of an COVID-19 exposure site in the Melbourne suburb of Coburg Source: Google Maps

एक कर्मचारी कोभिड-१९ बाट सङ्क्रमित भएको पुष्टिका साथ् मेलबर्नका दुई अस्पतालका मानसिक स्वास्थ्य वार्डहरु सफाईका लागि बन्द गरिएका छन्।

भिक्टोरियामा गत २४ घण्टा भित्र पुष्टि भएका दुई केस मध्ये दोस्रो व्यक्ति चाहिं होटेल क्वारेन्टिनमा रहेका छन्।

एक पत्रकार सम्मेलनमा बोल्दै प्रिमियर डानिएल एन्ड्रुजले सामुदायिक सङ्क्रमण पुष्टि भएकी उक्त महिला गत ६ फेब्रुवरीमा मेलबर्नको कोबर्ग स्थित एक कार्यक्रम स्थलमा आयोजना भएको निजी पार्टीमा उपस्थित रहेकी थिईन।

उक्त महिलामा कोरोनाभाइरसको कुनै लक्षण नदेखिएता पनि सप्ताहअन्त्यमा उनको चार पटक कोरोनाभाइरसको लागि जांच गरिएको एन्ड्रुजले बताए।

"ती परिक्षणहरुमा "नेगेटिभ" र "कम मात्रामा पोजिटिभ" सङ्क्रमणको नतिजा आएको उनको भनाइ थियो।

"उक्त महिलामा रहेको सम्भावित सङ्क्रमण र परिक्षणका फरक-फरक नतिजाहरुका कारण, जनस्वास्थ्य समूह द्वारा सक्दो सावधानी अपनाउने निर्णय गर्दै उक्त महिलालाई कोरोनाभाइरस सङ्क्रमित घोषित गरिएको हो", प्रिमियर एन्ड्रुजले पत्रकारहरुलाई बताए।

प्रिमियरका अनुसार कोभिड-१९ सङ्क्रमित उक्त महिला मेलबर्नको एलफ्रड अस्पताल र ब्रोडमेड़ोस स्थित नर्दर्न अस्पतालको मानसिक स्वास्थ्य वार्डमा काम गरेकी थिइन्।

"ती दुबै वार्डहरुलाई बन्द गरिएका छन्। उक्त महिलाको सम्पर्कमा आएका हुनसक्ने कर्मचारी र अन्य सबैलाई आइसोलेशनमा बस्न निर्देशन दिइएको छ र सबैको परिक्षण पनि गरिएको छ।

Victorian Premier Daniel Andrews has confirmed a new lockdown in response to a growing COVID-19 cluster in Melbourne's west.
Victorian Premier Daniel Andrews has confirmed a new lockdown in response to a growing COVID-19 cluster in Melbourne's west. Source: AAP

सङ्क्रमण पुष्टि भएकी महिला, गत आइतबार कोरोनाभाइरस रहेको पुष्टि भएका एक तीन वर्षीय शिशु कि आमा रहेको बताइएको छ।

र उनिहरु दुबै सिड्नी रोड, कोबर्गमा ६ फेब्रुवरीमा आयोजना भएको एक पार्टीमा गएका थिए। उक्त पार्टीमा उपस्थित ३८ जना मध्ये एक जना मेलबर्न विमानस्थलको होलिडे इन होटेलमा कार्यरत रहेका व्यक्ति पनि रहेको, जसलाई पार्टीको केहि दिन पछि कोरोनाभाइरस सङ्क्रमित पुष्टि गरिएको थियो।

उक्त पार्टीमा उपस्थित थप एक महिलामा पनि कोरोनाभाइरस रहेको आइतबार अधिकारीहरुले बताएका थिए।

यसैक्रममा भिक्टोरियाका लागि नेपाली महावाणिज्यदूतको कार्यालय द्वारा पनि मेलबर्नको पछिल्लो कोभिड-१९ सङ्क्रमणको "सम्भावित जोखिमयुक्त" स्थानमा एक नेपाली व्यवसाय परेकोबारे आफ्नो ध्यानाकर्षण भएको भन्दै एक विज्ञप्ति सार्वजनिक गरिएको छ।

"हामीलाई प्राप्त जानकारी अनुसार मेलबर्नको सिड्नी रोडमा रहेको नेपाली रेष्टुरेन्टमा शनिबार फेब्रुअरी ६ तारिख राति सवा सात बजेदेखि एघार तीस बजेसम्म उपस्थित भएको व्यक्तिमा कोरोना संक्रमण देखिएको छ।", विज्ञप्तिमा लेखिएको छ।

"नेपाल दूतावाश क्यानबेरा तथा नेपाल महावाणिज्यदूत भिक्टोरीया उक्त समयमा त्यहाँ जाने सबैलाई तत्कालै आइसोलेसनमा बस्न र परीक्षण गराउन आग्रह गर्दछ ।"

आइतबार एसबीएस नेपालीसंग कुरा गर्दै गैर आवासीय नेपाल संघ अस्ट्रेलियाका अध्यक्ष्य केशव कँडेल ले भिक्टोरियामा आइसोलेशनमा बस्नुपरेका हरुलाई सरकारी सहयोग उपलब्ध गराउँन आफुहरुले समन्वय गर्नसक्ने बताएका थिए।

आवास वा टेलिफोन भाउचर जस्ता सहयोगहरु चाहिनेहरुले आफु लगायतका संस्थाहरुलाई सम्पर्क गर्नसक्ने भन्दै "सम्पर्क गरेको एक घण्टा भित्र" त्यस्ता सहायता उपलब्ध गराउने विकल्प अधिकारीहरु द्वारा प्रदान गरिएको उनको भनाइ थियो

Will Victoria’s COVID-19 lockdown be extended?
Will Victoria’s COVID-19 lockdown be extended? Source: Getty Images

अस्ट्रेलियामा बसोबास गर्ने मानिसहरू घर बाहिर हिँड्दा, अरू मानिसहरूबाट कम्तीमा १.५ मिटर टाढा रहनुपर्दछ। भेला हुने सङ्ख्या बारे तपाईँको राज्य वा प्रदेशमा हाल कायम व्यवस्था बारे जान्न थप जानकारी यहाँ उपलब्ध छ।

कोरोनाभाइरसद्वारा सङ्क्रमित भएको आशङ्का लागेमा मानिसहरूले सर्वप्रथम आफ्नो डाक्टर (जीपी)लाई वा राष्ट्रिय कोरोनाभाइरस स्वास्थ्य जानकारी हटलाइन - १८०० ०२० ०८० मा फोन गर्नुपर्छ।

यदि तपाईँलाई सास फेर्न गाह्रो महसुस भयो वा आपतकालिन स्वास्थ्य समस्या उत्पन्न भएको खण्डमा ००० (ट्रिपल जिरो)मा कल गर्नुहोस्।

तपाईँको राज्य वा क्षेत्रका लागि सान्दर्भिक निर्देशनहरू हेर्नुहोस् । न्यू साउथ वेल्स,भिक्टोरिया,क्विन्ल्यिाण्ड,वेस्र्टन अस्ट्रेलिया,नदर्न टेरीटरी,एसीटी,तास्मेनिया ।


3 min read

Published

Updated

By SBS Nepali

Source: SBS




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now