कोरोना सङ्कट: क्वान्टसद्वारा ६,००० जना कर्मचारीलाई कामबाट हटाउने

अस्ट्रेलियाको राष्ट्रिय ध्वजा वाहक क्वान्टसले आफ्ना करिब ६,००० कर्मचारीलाई हटाउने निर्णय गरेको छ।

A Qantas airlines jumbo jet is loaded before departure at Tullamarine Airport in Melbourne, Australia.

A Qantas airlines jumbo jet is loaded before departure at Tullamarine Airport in Melbourne, Australia. Source: EPA

कोरोनाभाइरस महामारीका कारण उत्पन्न विषम आर्थिक परिस्थितिसँग लड्ने आफ्नो योजना अनुसार नै क्वान्टसले ती कर्मचारीहरूलाई आफ्नो सेवाबाट हटाउन लागेको हो।

यस अघि उसले आफ्ना १५,००० भन्दा बढी कर्मचारीहरूलाई बेतलबी बिदामा राखिसकेको छ।

यो पछिल्लो घोषणासँगै अब क्वान्टसले आफू मातहतका कम्तीमा पनि १०० हवाईजहाजहरूलाई आगामी १२ महिनाका लागि सञ्चालनमा नल्याउने पनि बताएको छ।

यसरी विमानहरू “ग्राउन्डेड” अवस्थामा राख्दै उसले आगामी तीन वर्षमा करिब १५ अर्व डलरको बचत गर्ने लक्ष लिएको छ।

कोरोना सङ्कट उत्पत्ति हुनु अघि क्वान्टसले घरेलु आकाशमा भरिरहेको कुल उडानको १५ प्रतिशत मात्र हाल सञ्चालनमा रहेको छ जुन भौतिक दुरी सम्बन्धी प्रतिबन्धहरू खुकुलो हुँदै जाँदा पुनः सुरु गरिएको थियो।

रोजगारी गुमाउने क्वान्टसका अधिकांश कर्मचारीहरूमा उसका अन्तर्राष्ट्रिय सेवाहरूसँग सम्बन्धित छन्।

राष्ट्रिय ध्वजा वाहकले आफ्ना ६ वटा ७४७ विमानहरू सेवाबाट हटाएपछि ती हवाईजहाजसँग सम्बन्धित २२० कर्मचारीले पनि आफ्नो रोजगारी गुमाएका छन्।

Qantas Chief Executive Officer Alan Joyce.
Qantas Chief Executive Officer Alan Joyce. Source: AAP

क्वान्टसका प्रमुख कार्यकारी अधिकृत एलन जोयस भन्छन् कि यसरी अनावश्यक ठहर भएका मानिसहरूलाई सेवा निवृत्त गर्दा कम्पनीलाई ६० करोड डलर आवश्यक पर्नेछ।

“राजस्व धेरै कम हुने हुँदा हामीले आफूलाई धेरै वर्षको लागि व्यवस्थित गर्नु अपरिहार्य छ र यसको अर्थ छोटो समयका लागि (क्वान्टस) एउटा सानो हवाई सेवा प्रदायक बन्नु हो,” जोयसले भने।

आफ्ना कामदारहरूका लागि सहायता स्वरूप जबकीपर योजना लम्ब्याउन उसले सङ्घीय सरकारसँग “राम्रै वार्ता” गरिरहेको पनि उनले बताए।

“आजको निकै अफ्ठेरो निर्णयका बाबजुद हामी आफ्नो भविष्यलाई लिएर आशावादी नै छौँ। सङ्कट पूर्व हाम्रो आम्दानीको दुई तिहाइ हिस्सा घरेलु बजारबाट थियो जुन छिट्टै पुनः प्राप्त गर्न सम्भव छ।”

चाँडै कोभिड-१९ विरुद्धको खोप उपलब्ध नभए, आगामी एक वर्षसम्म अन्तर्राष्ट्रिय उडानहरू वास्तविक हिसाबले सञ्चालनमा नआउने पनि क्वान्टस प्रमुख एलन जोयसले चेतावनी दिएका छन्।

“हामी यस बारे यथार्थपरक हुनुपर्दछ र बाँकी विश्वमा के हुँदै छ भनेर हेर्दा अवश्य पनि ती सीमाहरू खोल्न सम्भवतः लामो समयावधि लाग्नेछ,” उनले भने।

“हामी आफूलाई तयार राख्दैछौं। हामी जहिले ७८७ र ए३३० हवाईजहाजहरू सक्रिय गर्न सक्दछौँ, यदि बजार पहिले नै खुल्यो भने। तर अन्तर्राष्ट्रिय उडानहरू वास्तविक रूपमा अर्को वर्षको जुलाईसम्म सुरु हुँदैन भनेर हामीले काम गरिरहेका हौ।"

क्वान्टसद्वारा बिहीबार गरिएको घोषणाबाट सर्वाधिक पीडित हुनेमा ए३८० विमानहरूमा कार्यरत कर्मचारी परेका छन्।

जोयसले ती विमानहरू आगामी तीन वर्षसम्म नचाहिने सङ्केत दिएका छन्।

उनका अनुसार ती ठुला विमानहरूको आवश्यकता नपरेसम्म तिनलाई क्यालिफोर्निया स्थित मोजेभ मर भूमिमा भण्डारण गरिनेछ।

Jobseeker Jobkeeper Jobmaker Nepali Infographics
Source: SBS Nepali

अस्ट्रेलियामा बसोबास गर्ने मानिसहरू घर बाहिर हिँड्दा, अरू मानिसहरूबाट कम्तीमा १.५ मिटर टाढा रहनुपर्दछ र हाललाई एकै घरमा बस्ने मानिस बाहेकका भेलाहरू दुई व्यक्तिमा सीमित गरिएका छन्। 

कोरोनाभाइरसद्वारा सङ्क्रमित भएको आशङ्का लागेमा मानिसहरूले सर्वप्रथम आफ्नो डाक्टर (जीपी)लाई वा राष्ट्रिय कोरोनाभाइरस स्वास्थ्य जानकारी हटलाइन - १८०० ०२० ०८० मा फोन गर्नुपर्छ। यदि तपाईँलाई सास फेर्न गाह्रो महसुस भयो वा आपतकालिन स्वास्थ्य समस्या उत्पन्न भएको खण्डमा ००० (ट्रिपल जिरो)मा कल गर्नुहोस्।

नेपाली भाषामा कोरोनाभाइरस सम्बन्धी पछिल्ला अपडेट, समाचार र अन्य जानकारीका लागि: 

covid-19.png

Share

3 min read

Published




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now