सर्वोच्च अदालतले उनको नागरिकताको विषयमा परेको रिट निवेदनमा फैसला गर्दै लामिछाने सांसद एवं उपप्रधान र गृहमन्त्री रहन अयोग्य रहेको फैसला सुनाएको हो ।
उनले असारमा खोलेको राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रत्यक्ष र समानुपातिक गरी २० सांसद छन् ।
उक्त दलको नेतृत्व गर्दै लामिछाने पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकारमा उपप्रधान एवं गृहमन्त्री बन्न थिए ।
सर्वोच्चको फैसलापछि उनी सरकारबाट बाहिरिन बाध्य भएका छन् ।

मन्त्रालयबाट बाहिरिँदै गर्दा लामिछानेले अदालतको फैसलाको सम्मान गर्ने बताए र सँगै उनले आफू अनागरिक भएको भन्दै प्रश्न नगर्न व्यङ्ग्य पनि गरे ।
सुरुमा नेपाल टेलिभिजन र रेडियोमा कार्यक्रम र कमेडी सोमा काम गरेका लामिछाने करिब एक दशक अमेरिका बसेका थिए ।
त्यसपछि उनले नेपाल फर्किएर टेलिभिजनमा सिधा कुरा जनतासँग भन्ने कार्यक्रम सञ्चालन गरे ।
जनताका समस्यामा न्यायाधीश जस्तै फैसला गर्ने हदसम्मको टेलिभिजन कार्यक्रम सञ्चालन गरेका कारण उनी लोकप्रिय मिडियाकर्मीका रूपमा अगाडी आउन सफल बनेका थिए ।
मूलतः वैदेशिक रोजगारीमा रहेका युवाहरू उनका समर्थक भए ।
मुलुकको बेथिति, रोजगार अभाव र बिदेसिनुका पिडाबारे उनले कार्यक्रम गर्ने हुँदा विदेशमा उनका धेरै समर्थक छन् ।
तर अमेरिकी नागरिकता र पासपोर्ट लिइसकेको लामिछाने नेपाल आइसकेर पनि लामो समय नेपाली नागरिकता लिने प्रक्रियामा लागेनन् ।
पछि प्रेस काउन्सिलले यसबारे प्रश्न उठाएपछि उनले अमेरिकी राहदानी र नागरिकता त्याग गरेको घोषणा गर्दै त्यसको निस्सा लिएको दाबी गरेका छन् ।
तर कानुन अनुसार नागरिकता त्याग गरेपछि पुनः प्राप्तिका लागि प्रक्रिया सुरु गर्नुपर्नेमा लामिछानेले सो काम नगरेको अदालतले आफ्नो फैसला सुनाउने क्रममा बताएको थियो।
यसै कारण नै उनले वैधानिक नागरिकता नभईकन पार्टी खोलेको, सांसद र मन्त्री भएको भन्दै सर्वोच्चमा रिट परेको थियो र सोही मुद्दाको छिनफान सुनुवाइ गर्दै सर्वोच्च अदालत र सांसद र मन्त्री नरहने निर्णय गरेको हो।
