बृद्धास्याहारको क्षेत्रमा काम गरिरहेका अन्तर्राष्ट्रिय विद्यार्थीलाई अतिरिक्त घण्टा काम गर्न दिने पहलको निरन्तरता सँगै सो क्षेत्रमा जारी कामदारको अभाव केही हद सम्म भए पनि कम हुने सरकारले आशा गरेको छ ।
सोमबार सरकारले विद्यार्थी भिसामा रहेकाहरूलाई बृद्धास्याहारको क्षेत्रमा काम गर्दा पाक्षिक रूपमा ४० घण्टा बाहेकको अतिरिक्त समय काम गर्न पाउने अधिकारलाई बिस्तार गरेको जानकारी गराएको हो ।
सामान्य समयमा हप्ताको २० घण्टा मात्र काम गर्ने अधिकार रहने गरेकोमा कोभिड–१९ महामारीलाई मध्यनजर गदै विभिन्न क्षेत्रका लागि यो नियममा परिमार्जन गरिएको थियो ।

सोमबार स्वास्थ्य मन्त्री ग्रेग हन्टले विद्यार्थीको काम गर्ने अधिकारको बिस्तारले बृद्धास्याहारको क्षेत्रमा “महत्त्वपूर्ण अतिरीत्त कार्यबल”लाई लामो समय सम्म जारी राख्न सक्ने बताए ।
“खोप कार्यक्रमले अस्पतालमा भर्ना हुनेको सङ्ख्या र मानिसको मृत्युलाई कम गदै गर्दा,कोभिड–१९ का कारण हाम्रो कार्यबल निरन्तर दबाबमा पदै आइरहेको छ” सोमबार एक वक्तव्य मार्फत उनले भने ।
“एज्ड केयरमा काम गर्ने धेरै कामदार,नर्स र अन्य क्षेत्रका कामदारहरूले महामारीको समयमा तीव्र दबाबमा काम गरिरहेका छन् ।”
जुन सुकै समयमा काम गर्न सुरु गरेको भएता पनि यो नियम बृद्धास्याहारको क्षेत्रमा काम गर्ने सबै कामदारमा लागु हुने बताइएको छ ।
यस अघि सेप्टेम्बर ८ पछि एज्ड केयर क्षेत्रमा काम गर्न आएकाहरूका हकमा यो नियम लागु नहुने बताइएको थियो ।
“हामी चाहन्छौ कि विद्यार्थी भिषाधारकहरु बृद्धा स्याहार प्रदायकहरू सँग अतिरिक्त कामका लागि लचकदार बनुन् जसको परिणाम रोजगारदाता र सहकर्मीहरूलाई महामारीलाई प्रतिक्रिया दिने क्षमतामा बढावा मिलोस् ” अध्यागमन मन्त्री एलेक्स हकले भने ।
बृद्धास्याहार केन्दमा कार्यरत सबै कामदारले आउँदो सेप्टेम्बर १७ तारिख सम्म कोरोना विरुद्धको कम्तीमा पनि पहिलो खोप लगाइसक्नु पर्ने नियम बनाइएको छ ।
कोभिड–१९ विरुद्धको लडाइँमा सहकार्य गर्न नर्सिङ विषयमा भर्ना भएका अन्तर्राष्ट्रिय बिद्यार्थीहरुले पनि स्वास्थ्य अधिकारीहरूको अनुरोधमा काम गर्न सक्ने सरकारले जनाएको छ ।
