SKIP TO MAIN CONTENT

कोभिड-१९ विरुद्ध खोप लगाउने सबै भन्दा धेरै मानिसहरु सिड्नीको एडमन्ड्सन पार्कमा बस्ने राज्य सरकारको भनाइ

Akriti Sherchan spoke to SBS Nepali
Akriti Sherchan shared her experiences with SBS Nepali about getting vaccinated. Source: Akriti Sherchan

सिड्नीका १२ सबैभन्दा बढी कोरोना सङ्क्रमणको जोखिम रहेका स्थानीय सरकार क्षेत्र अन्तर्गतको एउटा सबर्ब एडमन्ड्सन पार्कमा बसोबास गर्ने ९० प्रतिशत भन्दा बढीले कोभिड-१९ विरुद्धको खोप लगाएका छन्। त्यसरी खोप लगाउनेहरुमा आकृति शेरचन पनि एक हुन्।


Published

Updated

By SBS Nepali

Source: SBS



Skip to podcast episode content

सिड्नीका १२ सबैभन्दा बढी कोरोना सङ्क्रमणको जोखिम रहेका स्थानीय सरकार क्षेत्र अन्तर्गतको एउटा सबर्ब एडमन्ड्सन पार्कमा बसोबास गर्ने ९० प्रतिशत भन्दा बढीले कोभिड-१९ विरुद्धको खोप लगाएका छन्। त्यसरी खोप लगाउनेहरुमा आकृति शेरचन पनि एक हुन्।


न्यु साउथ वेल्सले साठी लाख मानिसहरूलाई खोप लगाउने लक्ष पुरा गरेपछि अधिकारीहरूले राज्यमा खोपको दुवै डोज लगाउने बासिन्दाहरूका लागी प्रतिबन्धहरूमा केही लचकता अपनाउने भएको छ। 

 

तर उक्त व्यवस्था जोखिमयुक्त स्थानहरू अन्तर्गत पर्ने १२ स्थानीय सरकार क्षेत्रका बासिन्दाहरूमा लागू हुन्छ या हुँदैन भन्ने सम्बन्धमा भने केही निर्णय भएको छैन। 

 

यसरी उच्च सङ्ख्यामा खोप लगाउनेहरू बसोबास गर्ने क्षेत्रमा एडमन्ड्सन पार्क अग्रपङ्क्ति रहेको छ, जुन जोखिमयुक्त लिभरपुल स्थानीय सरकार क्षेत्र भित्र पर्दछ। 

 

एडमन्ड्सन पार्कमा धेरै बहुसांस्कृतिक पृष्ठभूमिका मानिसहरू बसोबास गर्ने गर्दछन् र पछिल्लो समयमा नेपाली पृष्ठभूमिका बासिन्दाहरूको सङ्ख्या सो स्थानमा निकै बढेको छ। 

 

सोही स्थानमा बसोबास गर्ने आकृति शेरचन गर्भवती छिन र उनले खोपको एक डोज लगाइसकेकी छन्।

Map
Edmondson Park has more people vaccinated than any suburb around it. Source: NSW Health

उनलाई केही समय हिँड्न पाउने छुटका साथ केही समय पार्कमा बस्न पाए आफूलाई  शारीरिक र मानसिक रूपमा निकै फलदायी हुने बिचार राख्छिन् र यसै बिच न्यु साउथ वेल्स सरकारले पुरा खोप लगाएकाहरूलाई केही स्वतन्त्रता प्रदान गर्ने भनेको सुन्दा आफूलाई खुसी लागेको बताउने शेरचन आफू बस्ने सबर्बको सफलताले खुसी बनाएको भन्छिन्।

 

न्यु साउथ वेल्स स्वास्थ्य विभागका अनुसार उक्त सबर्बमा ३,१०० मानिस खोप लगाउन योग्यहरूको सूचिमा पर्दछन् जसमध्ये ९० प्रतिशतले खोपको पहिलो डोज लिइसकेका छन्। 

 

एडमन्ड्सन पार्क राज्यमै सबैभन्दा बढी खोप लगाएका मानिसहरू बस्ने स्थानहरू अन्तर्गत पनि परेको छ र यस्तै जोखिमयुक्त स्थानीय सरकार क्षेत्रमै पर्ने  ब्लाकटाउन अन्तर्गतका  पोंड्स र स्कोफिल्डमा ९० प्रतिशत मानिसहरूले खोपको पहिलो डोज लगाइसकेका छन्।

Edmondson Park
Edmondson Park Source: SBS

त्यस्तै सङ्ख्यामा खोप लगाउनेमा उत्तरी सिड्नीका धेरै स्थानहरूका साथै  दक्षिण तर्फ बंग बंग, बोरल र बर्रान्डू र पूर्वतर्फ कलिंगा र वालेण्डबीन सबर्बहरू रहेका छन्।

 

लिभरपुल कि मेयर वेन्डी वालरले  एडमन्ड्सन पार्कको उच्च खोप लगाउने दर "सफलताको कथा" भएको बताएकी छन्। 

 

यसरी ठुलो सङ्ख्यामा खोप लगाउनुमा खोपमा सहज पहुँच हुनु पनि महत्त्व पूर्ण हुने मेयर वालरको भनाइ छ।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now