SKIP TO MAIN CONTENT

बहुसांस्कृतिक समुदाय लक्षित 'लर्न टु स्विम' अभियानको सुरुवात

न्यु साउथ वेल्स सरकारसँगको सहकार्यमा रोयल लाइफ सेभिङ्गले बहुसांस्कृतिक समुदायलाई लक्षित गरी नयाँ 'लर्न टु स्विम अभियान' सुरुवात गरेको छ।

Swimming Classes
Source: SBS

2 min read

Published

Updated



Skip to article content

'एभ्रिवान क्यान लर्न हाउ टु स्विम' अभियान विविध पृष्ठभूमिका ६ जना मानिसहरूको भोगाइमा केन्द्रित छ जहाँ उनीहरूले पौडी खेल्नुका स्वास्थ्य र सामाजिक फाइदाहरूका बारेमा आफ्नो व्यक्तिगत अनुभव साझा गरेका छन्।

 

उक्त अनुभवहरूलाई भिडियोका माध्यमबाट सार्वजनिक गरिएको छ।

 

अभियानको सुरुवातसँगै रोयल लाईभ सेभिङ्ग अर्न्तगतको न्यु साउथ वेल्सको रिपोर्ट पनि सार्वजनिक गरिएको छ।

 

उक्त रिर्पोटमा सन २००९ देखि २०१९ सम्मको १० वर्षको समयमा विदेशमा जन्मिएका ५७२ जना पानीमा डुबेर मारिएको बताइएको छ।

 

अस्ट्रेलियामा भएका डुब्ने घटनामा यसले २९ प्रतिशतको प्रतिनिधित्व गरेको पनि रिर्पोटमा देखाइएको छ।

 

यसै गरी रिर्पोटमा ९८ प्रतिशत पानीमा डुब्ने घटनामा १८ वर्ष माथिका मानिस पर्ने गरेको र उनीहरूमा पौडी सम्बन्धी ज्ञानको कमी हुने गरेको पनि बताइएको छ।

यसरी पानीमा डुब्नेमा ८० प्रतिशत पुरुष हुने गरेका छन्।

 

६९ प्रतिशत यस्ता घटनामा पारेकाहरूमा पौडी सम्बन्धी ज्ञानको कमी हुने पनि रिर्पोट बताउँछन्।

 

रोयल लाइफ सेभिङ्ग अर्न्तगतको ड्रनिङ्ग प्रिभेन्सन र एजुकेसनका महाप्रबन्धक क्रेग रोर्बट्सले पौडी खेल्ने र पानी सुरक्षा पाठहरूमा सकारात्मक संलग्नतालाई यसले बढवा दिने बताउँछन्।

 

“पौडी सम्बन्धी अनुभवहरूलाई साझा गर्दा बहुसांस्कृतिक  पुष्ठभुमीका मानिसहरूमा पौडीका बारेमा जनचेतनामा अभिवृद्धि हुने, यसमा प्रतिनिधित्व भएको अनुभव हुने र फाइदाहरूका बारेमा ज्ञान हासिल गर्ने हामीले अपेक्षा राखेका छौ,” उनले भने।

पर्यटन तथा खेल मन्त्री स्टुआर्ट आइरेसले पनि बहुसांस्कृतिक समुदायलाई पानी सम्बन्धी सुरक्षामा विशेष ध्यान दिन अनुरोध गरेका छन्।

 

“पौडी अस्ट्रेलियाली जीवनचर्याको एउटा अभिन्न अङ्ग हो र तपाईँको शरीर र दिमागका लागि गरिने सबैभन्दा राम्रो गतिविधि पनि हो,” मन्त्री आइरेसले भने।

 

न्यु साउथ वेल्सको फर्स्ट ल्याप कार्यक्रमले तीन देखि ६ वर्षका बालबालिकाका लागि बर्सेनि एक सय डलरको भाउचर प्रदान गर्दछ भने एक्टीभ किड्स कार्यक्रम अर्न्तगतको अर्को एक सय डलरको भाउचर पनि पौडी सिक्नमा प्रयोग गर्न सकिन्छ।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now