Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE starting June 12 2026

अस्ट्रेलियामा बसोबास: के अस्ट्रेलियामा पौडी खेल्न सिक्नै पर्ने हो?

There are concerns that children who had their swimming lessons over winter cancelled due to COVID won't be prepared

There are concerns that children who had their swimming lessons over winter cancelled due to COVID won't be prepared Source: Image by zaini saari from Pixabay

अस्ट्रेलियामा बसाइसराइ गर्दा पौडी सिक्नु प्राथमिकतामा नपर्ला तर हरेक वर्ष सार्वजनिक हुने तथ्याङ्कले विदेशमा जन्मिएका मानिसको सङ्ख्या पौडी खेल्ने क्रममा डुबेर मृत्यु हुने घटनामा अग्रस्थानमा देखाउँछ। अस्ट्रेलियामामा पौडी सिक्नु महत्त्वपूर्ण सीप भित्र पर्दछ - जुनसुकै उमेरमा पौडी सिक्दा डुब्ने घटनाहरूबाट बचाउँछ भने अस्ट्रेलियाली जीवनको आनन्द पनि लिन सकिन्छ।


Published

Updated

By Melissa Compagnoni

Presented by SBS Nepali

Source: SBS




Share this with family and friends


अस्ट्रेलियामा बसाइसराइ गर्दा पौडी सिक्नु प्राथमिकतामा नपर्ला तर हरेक वर्ष सार्वजनिक हुने तथ्याङ्कले विदेशमा जन्मिएका मानिसको सङ्ख्या पौडी खेल्ने क्रममा डुबेर मृत्यु हुने घटनामा अग्रस्थानमा देखाउँछ। अस्ट्रेलियामामा पौडी सिक्नु महत्त्वपूर्ण सीप भित्र पर्दछ - जुनसुकै उमेरमा पौडी सिक्दा डुब्ने घटनाहरूबाट बचाउँछ भने अस्ट्रेलियाली जीवनको आनन्द पनि लिन सकिन्छ।


प्रत्येक बर्ष रोयल लाइफ सेभिङ्ग सोसाइटीले राष्ट्रिय रूपमा डुबेका घटनाहरूको रिर्पोट सार्वजनिक गर्छ। 

अनुसन्धानले पनि बहुसांस्कृतिक समुदायका मानिसको डुब्ने सङ्ख्या असामान्य रूपमा बढी देखाउँछ भने पानी सुरक्षा सम्बन्धी ज्ञानको पनि कमी रहेको देखाउँछ। 

उनी थिए माइकल मासेनी जो, लाइफ सेभिङ्ग भिक्टोरिया अन्तर्गत विविध पृष्ठभूमिका समूहमा पौडी खेल्न सिकाउने,  विविधता र समावेशी विभागका प्रबन्धक हुन्। 

राष्ट्रिय रिर्पोटलाई हेर्ने हो भने पौडी खेल्दा डुब्ने ८० प्रतिशत पुरुषहरू हुने गर्दछन्। धेरै अनौठा कारणहरूले बहुसांस्कृतिक समुदायहरू बीच डरलाग्दो डुब्ने दरमा योगदान पुर्‍याउने देखाउँछ।

रिपोर्ट सुन्नुहोस्: अस्ट्रेलियामा बसोबास: के अस्ट्रेलियामा पौडी खेल्न सिक्नै पर्ने हो? हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवाप्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

अस्ट्रेलियाका धेरै बालबालिकाहरूमा विद्यालयमै पौडी सम्बन्धी कार्यक्रम र सार्वजनिक पानी सुरक्षा कार्यक्रमहरूमा पहुँच हुन्छ। 

अधिकांश अस्ट्रेलियालीहरू तटीय क्षेत्रमा बस्छन् या त पौडी पोखरीहरूमा पहुँच राख्छन् 

पानीको उपयोगिता र मनोरन्जनका बारेमा जानकार हुन्छन्, तर बहुसांस्कृतिक समुदायका हकमा भने सधैँ यो लागु हुँदैन।

2 asian chinese coaches instructors teaching their young student floating on water in swimming pool
A representative picture of learning swimming. Source: Getty Images/Edwin Tan

सोफिया इरिट्रियाामा हुर्कन र पछि शरणार्थीका रूपमा केन्यामा सरिन् अस्ट्रेलिया आउँदा उनलाई पौडीका बारेमा खासै ज्ञान थिएन। 

तर स्पेक्ट्रम ,भिक्टोरिया विश्वविद्यालय र लाइफ सेभिङ्ग भिक्टोरियाको सामुदायिक कार्यक्रम अन्तर्गत उनले पौडी खेल्न सिकिन्। 

अस्ट्रेलियामाअधिकांश मानिसहरू प्राय खुला पानीको खतरालाई चिन्न असमर्थ हुन्छन्। जस्तै रिप्स भनिने समुन्द्रका छालहरू अस्ट्रेलियाली तटहरूका लागि सबैभन्दा खतरनाक मानिन्छन्। 

अस्टस्विमका मार्केटीङ्ग म्यानेजर जेड ह्यान्सन भन्छिन् कि नदी र तालहरूमा खतरा बढ्दै गएको छ।

Rivers can be remote and are unsupervised
Rivers can be remote and are unsupervised Source: Mark Kolbe/Getty Images

अस्ट्रेलिया तट र जलमार्गले घेरिएको छ। त्यसैले पनि पौडी सिक्नु आवश्यक छ। यो संगै पानी सम्बन्धी ज्ञान लिनु पनि आवश्यक छ। 

सुरक्षित रूपमा पौडी खेल्ने, माछा मार्ने, ढुङ्गा चलाउने जस्ता सीपहरू महत्त्वपूर्ण जीवन कौशलहरू हुन्। 

पानी सुरक्षा कार्यक्रमहरूले समुन्द्री पौडी खेल्न सुरक्षित स्थानहरूको पहिचान गर्ने, एक्लै पौडी नखेल्ने, र पानीमा आउन सक्ने अप्रत्याशित वाहवहरूका बारेमा ज्ञान दिन्छ। 

लाइफ सेभिङ्ग भिक्टोरियाका माइकल मसानी यी ज्ञानले आफ्नो जीवन बचाउने भन्दा पनि माथिका काम गर्ने बताउँछन्।

Adult swimming classes
Adult swimming classes Source: Getty Images/kali9

अस्टस्विमका जेड ह्यान्सन भन्छिन् कि पौडी सिक्ने कार्यक्रम पत्ता लगाउन आफ्नो स्थानीय अस्टस्विम मान्यता प्राप्त पौडी केन्द्र खोज्न सक्नुहुन्छ। 

पौडी सिक्दा लाग्ने औसत खर्च १९ देखि २६ डलर हो, यो स्थान, सामूहिक वा व्यक्तिगत सिकाइ आदीमा भर पर्दछ। 

तपाईँले साझेदारीमा संचालिन कार्यक्रम पनि फेला पार्न सक्नुहुन्छ, जुन निःशुल्क वा थोरै शुल्कमा सञ्चालित हुन्छन्।  

त्यसका लागि नजिकको प्रवासी श्रोत केन्द्र वा काउन्सिल वा तपाईँको विश्वविद्यालय सम्पर्क गर्न सक्नुहुन्छ।

Australian lifeguards supervise swimmers between the flags
Australian lifeguards supervise swimmers between the flags Source: Getty Images/Laurie Noble

रोयल लाइफ सेभिङ्गले पौडी र पानीको सुरक्षा बारे जोखिममा रहेका बहु सांस्कृतिक समुदायलाई कक्षाहरू सञ्चालन गर्छ। 

इङ्लिस फर स्विमिङ त्यस्तै अर्को कार्यक्रम हो, जुन वयस्कका लागि डिजाइन गरिएको हो। 

सिड्नीको व्यान्सटाउन स्थित नभिटास स्किल्ड फिउचरले सुरुवात गरेको यो कार्यक्रम डिफरेन्ट स्ट्रोक स्विमिङसँगको सहकार्यमा वयस्कहरूका लागि  मात्र पौडी खेल्न सिकाउने एक मात्र स्थान हो। 

यो कार्यक्रमले धेरै आप्रवासी र शरणार्थीहरूलाई नयाँ सिप हासिल गर्न, आत्मविश्वास बढाउन र सशक्त महसुस गराउन मद्दत गरेको छ। 

सोफियाले जीवनमा नयाँ कदम चाल्दै आत्मविश्वास बढाएकी छन्। 


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now