क्यानबेरा स्थित एक विश्वविद्यालय अध्ययनरत चार विद्यार्थीले शरणार्थी र आप्रवासी लक्षित पौडी सम्बन्धी एक नाफा रहित परियोजना सुरु गदै गर्दा प्रहरीले सडक सुरक्षामा पनि ध्यान दिन अनुरोध गरेको छ।
चाडबाडका बेला डुबेर मृत्यु हुनेको सङ्ख्या बढे सँगै सुरक्षा सम्बन्धी सूचना अभियान अन्तर्गत प्रहरीले पानीमा सुरक्षित रहनका लागि सर्वसाधारणलाई स्मरण गराएको छ।
न्यु साउथ वेल्सको मरिन रेस्क्युका अनुसार सन् २०२१ को डिसेम्बर महिनामा मात्रै ५ सय ६० वटा उद्धार कार्य गरिएका छन्।
यो सङ्ख्या अघिल्लो वर्षको तुलनामा २९ प्रतिशतले बढी हो।
बिदामा जानेहरूले लाईफज्याकेट लगाउने, पौडी खेल्न नजान्दा पानीमा नजाने, तोकिएको स्थानमा मात्र पौडी खेल्ने जस्ता कुरामा ध्यान दिनका लागि पनि अधिकारीहरूले आग्रह गरेका छन्।
न्यु साउथ वेल्सका मरिन एरिया कन्ट्रोल कमान्डर, सुपरिटेन्डेन्ट मर्री रेनोल्ड्स भन्छन् कि डुबेर हुने मृत्युका घटनालाई रोक्न सकिन्छ।
"समुन्द्री तट र पानीमा जाँदा अत्यन्तै सावधानी अपनाउन मानिसहरूलाई हामी आग्रह गर्छौ," उनले भने।
हालै मात्र राज्यमा ९ जनाको डुबेर मृत्यु भएको छ, ती मध्ये ६ जनाको नयाँ वर्षको पहिलो तिन दिनमा मृत्यु भएको हो।

गर्मी महिना सुरु हुँदै गर्दा डिसेम्बर १ यता – २० जनाको डुबेर मृत्यु भइसकेको छ।
गत वर्षको यही समयको तुलनामा यो चार जनाले बढी हो, १० वर्षको औसत मृत्युदर जुन १६ रहेको छ, त्यो पनि यस वर्ष उछिनिएको छ।
मेलबर्नको एक पार्कमा डुबेर मृत्यु भएकी दुई बर्सिया बालिका र लेक मक्वरीमा डुबेर ज्यान गुमाएका एक बालकको सङ्ख्या त यसमा जोडिएकै छैन।
पूरा रिपोर्ट यहाँ सुन्नुहोस्:
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
विज्ञहरूले यो पनि चेतावनी दिएका छन् कि क्वीन्सल्याण्ड र न्यु साउथ वेल्सका धेरै तटीय क्षेत्रहरूमा यस वर्ष मौसमी प्रभाव पर्नेछ।
मौसम विज्ञान विभागकी अगाटा इमीलीस्का चेतावनी दिन्छीन कि असामान्य रूपमा उच्च ज्वारभाटा, विनाशकारी हावा र सर्फीङ्गमा खतरनाक अवस्थाले न्यु साउथ वेल्सदेखि क्वीन्सल्याण्डको सनसाईन कोस्टसम्म असर गर्नेछ र छाल १० मिटर माथि सम्म आउने सम्भावना छ।

यो चेतावनीका बिच राज्य, प्रदेश र सङ्घीय सरकारले “लर्न टु स्विम” कार्यक्रममा बढावा दिइरहेका छन्।
रोयल लाइफ सेभिङ सोसाइटीका अनुसार जुलाई १, २००९ देखि जुन ३०, २०१९ सम्म ५७२ जना आप्रवासीको पानीमा डुबेर मृत्यु भइसकेको छ।
रिपोर्टमा, प्रत्येक वर्ष सरदर ५७ जना आप्रवासीले पानीमा डुबेर ज्यान गुमाउने गरेको घटना हुने उल्लेख छ।
भर्खरै अस्टस्विम नामक जल र पौडी सुरक्षा सम्बन्धी एक राष्ट्रिय संस्थाले सङ्घीय सरकारबाट २ लाख ५० हजार बराबरको आर्थिक सहयोग पाएको छ।
पौडी र जल सुरक्षा सम्बन्धी सिकाउने मानिसहरूको कमी रहेको भन्दै सरकारले उक्त सहयोग गरेको हो।
विज्ञहरू भन्छन् कि बालबालिकालाई मात्र नभएर वयस्कहरूले पनि पौडीका कक्षा लिनु आवश्यक छ।
यता प्रहरीले पनि चाडबाडको समयमा राज्यमा अनियन्त्रित रूपमा सवारी चलाउने घटना बढेसँगै सडक सुरक्षा र अन्य सडक प्रयोगकर्ताका बारेमा सोच्नका लागि समुदाय सँग आग्रह गरेको छ।

१० दिने बिदाको समयमा सडक दुर्घटनामा परि ५ जनाको ज्यान गएको भन्दै सिट बेल्ट, द्रुत गतिमा सवारी चलाउने, मोबाइल फोनको प्रयोग, मोटरसाइकलमा हेलमेट जस्ता कानुन पालना नभएका घटनामा ८ हजार ४ सय १४ जनालाई कारबाही गरेको प्रहरीको भनाई छ ।
तीव्र गतिमा सवारी चलाई कानुन उल्लङ्घनका घटनाका साथ ५ सय ८० मादक पर्दाथ सेवन गरी सवारी चलाएका घटना, ६ सय २४ सडक दुर्घटना र २ लाख ३० हजार लागु औषधि एवम् मादक पर्दाथ सेवन सम्बन्धी जाँच गरिएको पनि बताइएको छ।
ट्राफिक एवम् हाइवे पेट्रोल कमान्डरका सह कमिस्नर स्टेफेन हेगर्टीका अनुसार सडक दुर्घटनामा मृत्यु र घाइते हुनेको सङ्ख्यालाई कम गर्नु मुख्य प्राथमिकता हो।


![[JPG]_How-Australia-Works_Ep1.jpg](https://assets.sbs.com.au/dims4/default/d1d4da1/2147483647/strip/true/crop/3200x1800+0+0/resize/1280x720!/quality/90/?url=https%3A%2F%2Fsbs-au-brightspot.s3.ap-southeast-2.amazonaws.com%2Fe9%2F46%2F56cf4ff54074a36476e0bcb73e13%2Fjpg-how-australia-works-ep1.jpg&imwidth=1280)
![[JPG]_How-Australia-Works_Ep0.jpg](https://assets.sbs.com.au/dims4/default/9a0f61e/2147483647/strip/true/crop/3200x1800+0+0/resize/1280x720!/quality/90/?url=https%3A%2F%2Fsbs-au-brightspot.s3.ap-southeast-2.amazonaws.com%2F8f%2F15%2F83a000db458f9fc153fde8cde907%2Fjpg-how-australia-works-ep0.jpg&imwidth=1280)

